भक्तपुर । प्रतिनिधिसभा निर्वाचन–२०८२ अन्तर्गत भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट वरिष्ठ अधिवक्ता हरिराम लवजु उम्मेदवार रहेका छन् । आफ्नो लामो संघर्षपूर्ण जीवन, व्यावसायिक क्षमता र स्पष्ट विकास दृष्टिकोणका आधारमा तारा चुनाव चिह्नमा मत माग्दै उनले चुनावी अभियान पनि तीव्र पारेका छन्। लवजुले १७ वर्षकै कलिलो उमेरमा जनअधिकार र निरंकुशताविरुद्धको आन्दोलनमा […]
Tag: Bhaktapuronline
ख्वप अस्पतालमा सिटी स्क्यान सेवा शुरु
भक्तपुर । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालले बिहीबारबाट सिटी स्क्यान सेवा शुरु गरेको छ । सार्वजनिक खरिद प्रक्रिया पूरा गरी जडान भएको सिमेन्स कम्पनीको सिटी स्क्यान मेसिन बिहीबार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ वामपन्थी नेता नारायणमान बिजुक्छें ‘रोहित’ ले उद्घाटन गरेका छन् । अध्यक्ष बिजुक्छेंले काठमाडौबाट सिटी स्क्यान सेवा भक्तपुर आउन […]
भक्तपुर पढ्दै नवप्रवेशी शाखा अधिकृत
भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको छ महिनाको आधारभूत प्रशासन प्रशिक्षणमा सहभागी नवप्रवेशी शाखा अधिकृतहरूको टोलीले भक्तपुरका पुरातात्विक तथा सांस्कृतिक सम्पदासहित भक्तपुर नगरको विकास मोडल अवलोकन गरेको छ। अवलोकनका क्रममा विघटित प्रतिनिधि सभा सदस्य एवं नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य र संस्कृति संरक्षणलाई प्राथमिकतामा राखेकै कारण नगर ज्ञान–विज्ञानको केन्द्रका […]
किशोरीलाई भारत लगेर बेचेको आरोपमा २८ वर्षपछि पक्राउ
भक्तपुर । करिब २८ वर्षअघि मनकामना मन्दिर घुमाउने बहानामा १७ वर्षीया किशोरीलाई भारत पुर्याइ बेचेको आरोपमा ५५ वर्षिय कमल खतिवडा पक्राउ परेका छन्। २०५४ साल मंसिरमा सांकेतिक पहिचान भक्तपुर–२७ (छ८६) भएकी किसोरीलाई त्यतिबेला ललितपुरको बालकुमारीमा बस्दै आएका ताप्लेजुङ जिल्लाको साविक थुम्बेदिन गाउँ विकास समिति वडा नं. २ (हाल पाथिभरा याङवरक गाउँपालिका) स्थायी घर भएका […]
भक्तपुर अस्पतालमा डायलासिस सेवा उद्घाटन
भक्तपुर । भक्तपुर-१ दुधपाटीस्थित प्रादेशिक अस्पताल भक्तपुर अस्पतालमा डायलासिस सेवा उद्घाटन भएको छ । मिर्गौलाले काम नगर्ने बिरामीका लागि अत्यावश्यक यो डायलासिस सेवा बुधबार बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापामगरले उद्घाटन गरेका छन् । बागमती प्रदेश सरकारको स्वास्थ्य निर्देशनालयले खरिद गरी पाँच थान डायलासिस मसिन भक्तपुर अस्पताललाई उपलब्ध गराएको हो । संघीय सरकारको स्वास्थ्य […]
भक्तपुरमा शिक्षकलाई आगलागी सम्बन्धी विपद् व्यवस्थापन तालिम
भक्तपुर । भक्तपुर नगरपालिका–१ मा विद्यालयस्तरीय आगलागी सम्बन्धी विपद् व्यवस्थापन तालिम सम्पन्न भएको छ। शुक्रबार सम्पन्न तालिममा वडा नं १ भित्रका सामुदायिक तथा संस्थागत विद्यालयका ३० शिक्षक र कर्मचारी सहभागी थिए। तालिममा आगलागीका प्रकार, नियन्त्रण विधि, तथा ‘DCMP’ र ‘PASS’ विधिको व्यवहारिक प्रयोगबारे सैद्धान्तिक र प्रयोगात्मक ज्ञान दिइएको थियो। वडाध्यक्ष श्यामकृष्ण खत्रीले विद्यालयका शिक्षक तथा […]
भक्तपुरका सबै पालिका पूर्ण खोप सुनिश्चित, जिल्ला घोषणा असारभित्रै
भक्तपुर । भक्तपुरका चारैवटा नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ। बिहीबार भक्तपुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगर घोषणा गरेसंगै जिल्लाका सबै नगरपालिका पूर्ण खोप सुनिश्चित भएका जनस्वास्थ्य कार्यालय भक्तपुरकी प्रमुख अन्जना खड्काले जनाएकी छन् । भक्तपुरमा सूर्यविनायक नगरपालिकालाई सबैभन्दा पहिला गत जेठमा पूर्ण खोप सुनिश्चित पालिका घोषणा थियो भने त्यसयता क्रमशः चाँगुनारायण र […]
भक्तपुरमा १० युवामध्ये २ दुर्ब्यसनीको शिकार, एड्सको पनि उच्च जोखिम
भक्तपुर । भक्तपुर जिल्लामा कलेज जाने उमेरका १० युवामध्ये २ जना लागुपदार्थ दुर्व्यसनमा फसेका एक तथ्यांकले देखाएको छ । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र (NCASC) को सन् २०२४ को तथ्यांकले दिएको चेतावनी गम्भीर छ — कलेज उमेरका हरेक १० युवामध्ये २ जना लागूऔषध दुर्व्यसनी छन् । यिनमा गाँजादेखि सुईमार्फत लागुपदार्थ सेवन गर्ने सम्मको प्रवृत्ति […]
भक्तपुरमा आयुर्वेदप्रति आकर्षण बढ्दै, निःशुल्क सेवा विस्तारमा आयुर्वेद चिकित्सालय
भक्तपुर । भक्तपुरको कमलविनायकस्थित जिल्ला आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले सेवा प्रभावकारिता, निःशुल्क सेवा र जनमैत्री उपचार प्रणालीका कारण जनविश्वास आर्जन गर्दै गएको जनाएको छ। चिकित्सालयले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै बिरामी संख्यामा वृद्धि, सेवा विस्तार र संस्थागत सुधारबारे जानकारी गराइएको हो। चिकित्सालयका प्रमुख डा. नदन कँडेलका अनुसार भक्तपुरबासीमा आयुर्वेदिक चिकित्सा […]
भक्तपुर नगरपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा
भक्तपुर । भक्तपुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ। नगर प्रमुख सुनिल प्रजापतिले बिहीबार आयोजित कार्यक्रममा औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितताको घोषणा गरे। घोषणा कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीको भूमिकामा थप जिम्मेवारी बढेको उल्लेख गर्दै सरकारले प्रमाणित गरेका खोप सबै नागरिकको पहुँचमा पु-याउन जोड दिनुपर्ने बताए। उनले कोभिड महामारीले खोपको […]











