कानुन थाहा भएन भन्न पाइदैन : पूर्वमन्त्री चित्रकार

ललितपुर । बागमती प्रदेशका पूर्व मन्त्री एवं प्रदेशसभा सदस्य रामकृष्ण चित्रकारले कानूनी राज्यमा कसैले पनि “कानून थाहा छैन” भनेर बेवास्ता गर्न नपाइने बताएका छन्। ललितपुर उद्योग वाणिज्य संघको पोलिसी एण्ड एडभोकेसी समितिको संयोजनमा शुक्रबार आयोजित उद्योग व्यवसायीका लागि कानूनी साक्षरता तथा अन्तरक्रियामा बोल्दै चित्रकारले उद्योग सञ्चालनका क्रममा आइपर्ने विभिन्न झमेलाबाट जोगिन कानूनी जानकारी आवश्यक रहेको […]

सुर्तीजन्य पदार्थको प्रयोग रोक्न जनचेतनामा मन्त्री थापाको जोड

हेटौँडा । बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयले सुर्तीजन्य पदार्थको सेवनलाई रोकथाम एवं नियमनका लागि ठोस कार्यक्रम आवश्यकताको बोध गरेको छ । हरेक वर्षको मे ३१ तारिखमा मनाइने ‘विश्व सुर्तीजन्य पदार्थ रहित दिवस’ मा एक सन्देश जारी गर्दै स्वास्थ्य मन्त्री किरण थापाले भनेका छन्, “हामीले सुर्तीजन्य पदार्थको सेवन रोकथाम एवं नियमनका लागि ठोस कार्यक्रम आवश्यक छ […]

बागमती प्रदेशका प्रत्येक स्थानीय तहमा एक नमूना स्वास्थ्य संस्था बनाइने, हेर्नुस् नीति तथा कार्यक्रम

हेटौंडा । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभामा सार्वजनिक गरेको नीति तथा कार्यक्रममा मुख्यतः कृषि, पर्यटन, रोजगार प्रवर्द्धन, शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधार बिकासमा जोड दिइएको छ । प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाले स्वास्थ्य क्षेत्रको नीति तथा कार्यक्रमले आम नागरिकलाई […]

भाषा ऐन विद्यालय तहमा पनि कार्यान्वयन गर्न बजेट विनियोजन गरिने मुख्यमन्त्री लामाको खुलासा

बुद्धशरण शाही, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले भाषा ऐन कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको बताएका छन्। शुक्रबार हेटौँडामा पद्यमरत्न लुमन्ति गुथीको आयोजनामा र संस्कृति तथा पर्यटन मन्त्रालयको सहयोगमा आयोजित “नेपालभाषाको प्रयोग, प्रचार र प्रवर्द्धन” विषयक विचार गोष्ठीमा बोल्दै उनले विद्यालय तहमा पनि ऐन कार्यान्वयन गर्न आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरिने जानकारी दिए। […]

आज बागमती प्रदेशमा सार्वजनिक बिदा

काठमाडौं । आज बागमती प्रदेशमा सार्बजनिक बिदा रहेको छ। प्रदेश सरकारको सरकारी कामकाजको भाषा सबन्धी दिवसको अवसरमा बागमती प्रदेशभर सार्बजनिक बिदा दिने निर्णय भएको हो । प्रदेश सभाले सरकारी कामकाजको भाषामा नेपाल भाषा(नेवारी) र तामाङ भाषालाई मान्यता दिने निर्णय गरेपछि आजकै दिन अघिल्लो मुख्यमन्त्री शालिकराम जमकट्टेल नेतृत्वको प्रदेश सरकारले सोको कार्यान्वयन गर्ने निर्णय गर्नुका साथै […]

टोखा चण्डेश्वरी अस्पतालमा सिटिजी सेवा शुरु, हाडजोर्नीको अपरेसन पनि हुने

बागमती प्रदेश सरकार मातहत संचालित काठमाडौको टोखास्थित टोखा चण्डेश्वरी अस्पतालले सिटिजी सेवा सञ्चालनमा ल्याएको छ । अस्पतालका अध्यक्ष प्रकाश खड्गीले सो सेवाको उद्घाटन गरेका छन् । CTG (Cardiotocography) सेवा सञ्चालन भएसंगै गर्भवती महिलाको स्वास्थ्य सेवामा सुविधा थपिएको छ । पेटभित्र रहेको बच्चाको मुटुको धड्कनको चाल जाँच तथा बच्चा चले नचलेको अध्ययन गरी बच्चाको खतराको स्थिति […]

चैत १८ मा एमालेको मोटरसाइकल र्याली र जागरण सभा

काठमाडौं । एमाले वाग्मती प्रदेशले सो प्रदेशका सबै वडा र जिल्लामा जागरण सभा गर्ने निर्णय गरेको छ ।  नेकपा एमाले वाग्मती प्रदेश कमिटीद्वारा बिहीबार आयोजित वाग्मती प्रदेश सभा सदस्य, पालिका प्रमुख, उपप्रमुख र जिल्ला समन्वय समितिका प्रमुखहरूको भेलाले सो निर्णय गरेको हो ।   नेकपा एमाले वाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलको अध्यक्षतामा तथा नेकपा […]

एकीकृत जनस्वास्थ्य तथा पोषण प्रवर्द्धन अभियानको उद्घाटन

ललितपुर । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले एकीकृत जनस्वास्थ्य तथा पोषण प्रवर्द्धन अभियानको शुरूवात गरेका छन् । प्रत्येक नागरिकमा स्वास्थ्य सेवाको पहुँच पुगोस् भन्ने मुख्य उद्देश्यका साथ अभियान सञ्चानन गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरको आयोजना तथा बागमती गाउँपालिकासहित विभिन्न अस्पतालको समन्वय र सहकार्यमा शुक्रवार बागमती-४ प्युटारम आयोजित शुभारम्भ कार्यक्रममा प्रदेश स्वास्थ्यमन्त्री थापाले शिक्षा […]

बानियाँलाई परास्त गरेका बहादुरसिंह बने काँग्रेसबाट बागमतीमा पहिलो मुख्यमन्त्री

बागमती प्रदेश सरकारको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्त भएका छन् । मंगलबार प्रदेश प्रमुख यादव चन्द्र शर्माले लामालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ जना सांसदको समर्थन देखाउदै उनले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।नुवाकोटबाट २०७४ सालमा प्रतिनिधिसभा सदस्य समेत रही सकेका लामा २०७९ सालमा वागमती प्रदेश सभा सदस्य उम्मेदवार […]

राजनीतिक स्थायित्वको नाममा प्रतिगमन स्वीकार्य हुँदैन : मन्त्री श्रेष्ठ

२० असार, चितवन । बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले राजनीतिक स्थायित्वको नाममा प्रतिगमन स्वीकार्य नहुने बताएका छन् । बिहीबार सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारमा संचालित सि.सं. ५ गोताखोर तालिमको समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राजनीतिक स्थायित्वको नाममा प्रतिगमन स्वीकार्य नहुने […]