प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघको बागमती प्रदेश समितिमा नयाँ नेतृत्व निर्वाचित भएको छ । प्रदेश राजधानी हेटौंडामा सम्पन्न दाेश्राे सम्मेलनबाट नयाँ कार्यसमिति निर्वाचित भएको हो । नयाँ कार्यसमितिको अध्यक्षमा अमर तामाङ स्याङ्तान निर्वाचित भएका छन् भने उपाध्यक्षमा केदार दुलाल (रुपक) र शिव प्रसाद बसेल निर्वाचित भएका छन् । सचिवमा तिलक खड्का निर्वाचित हुँदा सह सचिवमा मोहन बैँजु […]