कर्णाली एजुकेसन एक्स्पो सुरु, पाठ्यक्रममाथि उठे गम्भीर प्रश्न

सुर्खेत । सुर्खेतको बिरेन्द्रनगरमा कर्णाली एजुकेसन एक्स्पो सिजन वान सुरु भएको छ । कर्णालीमा शैक्षिक गुणस्तर विकास गर्न र सीमान्तकृत तथा अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच बढाउने उद्देश्यका साथ यो एक्स्पो आयोजना गरिएको हो ।  कर्णाली प्रदेसका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले एक्स्पोको उद्घाटन गर्दै कर्णालीमा अझै पनि शिक्षाको गुणस्तर सन्तोषजनक नभएको बताए । एक्स्पोका […]

तीन स्थानीय तहमा बाल विकास कार्यक्रम

सुर्खेत, १२ असोज । कर्णाली प्रदेशका तीन स्थानीय तहमा पोषण तथा बाल विकास कार्यक्रम लागू हुने भएको छ । पोषण तथा प्रारम्भिक बाल विकाससम्बन्धी रणनीति कार्ययोजना र बजेट तयार गर्न सहजीकरण गर्ने उद्देश्यले मुगुको मुगुमकार्मारोङ गाउँपालिका, दैलेखको भैरवी गाउँपालिका र सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा कार्यक्रम लागू हुने भएको हो । विश्व बैङ्कको सहयोगमा स्थानीय तहसँग मिलेर […]

सुर्खेतमा एक एक हजार केजी ब्राउन सुगर भेटियो, २ पक्राउ

सुर्खेत, १० भदौ । सुर्खेतमा ठूलो मात्रामा ब्राउनसुगरसहित एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ पिपिरा बस्ने २२ वर्षीय राकेश थापा क्षेत्री छन् । उनलाई प्रहरीले ११० किलो ब्राउन सुगरसहित पक्राउ गरेको जनाएको छ । सोमबार दिउँसो ब्राउन सुगरजस्तो देखिने धूलो पदार्थ १ सय १० केजीसहित थापालाई प्रहरीले पक्राउ गरेको हो […]

गाउँगाउँमा सुरु भयो ‘एक घर, एक रोजगार’ कार्यक्रम

वीरेन्द्रनगर, २७ साउन । सुर्खेतको गुर्भाकोट नगरपालिकाले बेरोजगार युवालाई गाउँमै रोजगारीको अवसर जुटाउने भएको छ । जसअन्तर्गत नगरपालिकाले वार्षिक न्यूनतम १०० दिनको रोजगारी दिने कार्यक्रम तय गरेको छ । नगरपालिकाले गरीब, विपन्न तथा पिछडिएका भूगोलका समुदाय र परिवारका बेरोजगार युवालाई ‘एक घर, एक रोजगार’ कार्यक्रमअन्तगत रोजगार दिने नीति लिएको हो । “कामका लागि विदेशमा जाने […]

सिसी क्यामेराको एउटा फुटेजले पक्राउ परे गगन

सुर्खेत, १७ साउन । जिल्ला प्रहरी कार्यालय सुर्खेतले सिसी क्यामेराको फुटेजको साहयताले अपराधी पक्राउ गर्न सफल भएको छ । बुधबार मध्याह्न १२ः३० बजे वीरेन्द्रनगर नगरपालिका–६ मङ्गलगढी सुर्खेतस्थित पुरानो बसपार्क सडकखण्डमा एक वृद्धा महिलालाई ठक्कर दिएर फरार भएका युवकलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा गुँरास गाउँपालिका–१ दैलख स्थायी घर भई हाल वीरेन्दनगर नगरपालिका–५ चिसापानी सुर्खेत […]