काठमाडौं । आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता बताउने ज्ञानेन्द्र शाहीलाई प्रहरीले थुनामुक्त गरेको छ । नेपालगञ्ज विमानस्थलमा पर्यटनमन्त्री योगेश भट्टराईमाथि भएको दुव्र्यवहारको विषयमा स्पष्टिकरण दिन शाहीले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा घम्साघम्सी भएपछि उनलाई नियन्त्रणमा लिइएको थियो । ललितपुर प्रहरी परिसरका एसपी दुर्गा सिंहले शाहीलाई हिरासतबाट मुक्त गरिएको बताइन् । उनले भनिन्, ‘आइन्दा अभद्र व्यवहार नगर्ने सर्त […]
Tag: योगेश भट्टराई
पत्रकारले नै गरे ज्ञानेन्द्रमाथि हातपात ! योगेश विरुद्ध बोल्दा पक्रिए फेरि ज्ञानेन्द्र शाही
काठमाडौं, २९ भदौ । पर्यटनमन्त्री योगेश भट्टराईलाई जहाजभित्रै थर्काउने ज्ञानेन्द्र शाही पुनः पक्राउ परेका छन् । कुपण्डोलस्थित नेपालीका लागि नेपाली अभियानको कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनबाटै उनलाई प्रहरीले गिरफ्तार गरेको बताइएको छ । शनिवार नेपालगञ्ज एयरपोर्टमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका कारण १ घण्टा प्लेन डिले भएको भन्दै शाहीले जहाजभित्रै मन्त्रीलाई झपारेको भिडियो […]
योगेश भट्टराईका १४१ बुँदे छुट्टै प्राथमिकताका कार्यक्रम घोषणा
काठमाडौं, ९ भदौ । नेपालको एकमात्र अन्तराष्टिय विमानस्थल अब २४सै घन्टा सञ्चालनमा आउने भएको छ । मन्त्रालय सम्हालेपछि पहिलो पटक आफ्नो प्राथमिकताका कार्ययोजनाहरु सार्वजनिक गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले यस्तो घोषणा गरेका हुन् । सोमवार सिंहदरवारभित्र मन्त्रालयमै पत्रकार सम्मेलनको आयोजना गरी मन्त्री भट्टराईले आफ्ना १४१ बुँदे प्राथमिकताका कार्यक्रमहरु सार्वजनिक गर्दै अब हवाई […]
पत्रकारसँग मन्त्री भट्टराईका रोचक–घोचक ठट्टा, ‘मैले क्याम्प चेन्ज गरे तपाईलाई घाटा त भएन नि !
बुटवल, २३ साउन । योगेश भट्टराई नेपाली राजनीतिमा संघर्षशील र स्पष्ट विचार राख्ने युवा नेताका रुपमा चिनिन्छन् । पार्टीमा लामो समय प्रचार विभागमा काम गरेकाले उनी मिडिया मैत्री छन् । उनको मिडिया मैत्री शैली बेलाबेलामा मिडियामा देखा पर्छ । त्यही मिडियामैत्री स्वभावका कारण उनी कहिलेकाही औपचारिक कार्यक्रममा पनि मिडियाकर्मीसामु अनौपचारिक शैलीमा प्रस्तुत हुन्छन् । यस्तै […]
धेरै चर्चापछि बल्ल भए योगेश पर्यटनमन्त्रीमा नियुक्त
काठमाडौं, १५ साउन । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री भएका छन् । दिउसो ४ बजे भट्टराईले राष्ट्रपति कार्यालय शीतल निवासमा मन्त्रीको सपथ लिएका हुन् । गत फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीको मृत्यु भएपछि पर्यटन मन्त्रालय मन्त्रीविहीन रहेको थियो […]





