पत्रकार दिवाकरको पक्षमा उभियो पत्रकार महासंघ

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेशले एचटीपी खबरका पत्रकार दिवाकर साहमाथि भएको दुव्र्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। गत असार २३ गते राति अनुचित गतिविधि भइरहेको सूचना पाएपछि पत्रकार साह पूर्वाधार विकास कार्यालय महोत्तरी पुगेका थिए। समाचार संकलनका क्रममा त्यहाँ उपस्थित केही व्यक्तिहरुले पत्रकार साहसँग दुव्र्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। महासंघको […]

भ्यानभित्र ५ सय केजी भन्दा बढी गाजा

विशाल बस्नेत, महोत्तरी । लागुऔषध नियन्त्रण व्युरो शाखा बर्दीवासले ५ सय केजी भन्दा बढी गाँजा नियन्त्रणमा लिएको छ । सिन्धुली हुँदै बर्दिवास तर्फ आउदै गरेको बा ३ ख ५८३२ नंम्बरको भ्यानभित्र राखेको ५४७ केजी गाँजा बर्दीवासस्थित गौरिडाँडावाट बरामद गरेको हो । बिशेष सुचनाको आधारमा व्युरो शाखाले उक्त भ्यानमा खोजतलास गर्दा ठुलो मात्रामा गाँजा फेला पारेको […]

स्थानीयको दबाबपछि सशस्त्रका एसपी आफैंले लिए सईलाई नियन्त्रणमा

न्यूजकारखाना, महोत्तरी । महोत्तरीको लोहारपट्टी नगरपालिका-४ खुट्टापिपराढीस्थित रेल्वे ट्रयाक सुरक्षा पोस्टमा कार्यरत् सशस्त्र प्रहरीका नायब निरीक्षक (सई) धर्मेन्द्र महतो पक्राउ परेका छन्। महतोलाई सशस्त्रको महोत्तरीस्थित ९ नम्बर गणका एसपीले पक्राउ गरी गणमा ल्याएर राखेका हुन्। त्यहाँकी स्थानीय ९ वर्षीया बालिकामाथि शुक्रबार यौन दुर्व्यवहार गरेको आरोप लागेपछि महतोलाई नियन्त्रणमा लिइएको हो। महोत्तरी प्रहरी प्रवक्ता प्रहरी नायब […]

बर्दीवासमा १२ करोड गुमेपछि ६६ लाखको चर्चा

बिशाल बस्नेत, महोत्तरी । महोत्तरीको बर्दिवासमा १२ करोड राजस्व सम्बन्धि मुद्दाको चर्चा सेलाउन नपाउँदै ६६ लाखको चर्चा सुरु भएको छ। आर्थिक बर्ष २०७७/७८ मा सम्झौता भन्दा बढी नदीजन्यपदार्थ उत्त्खनन गरेवापत तीन  ठेक्केदार कम्पनीले तिर्नुपर्ने उक्त रकमलाई जनकपुर उच्च अदालतले २२ गते ठेक्केदारको पक्षमा नै फैसला गरेपछि अर्को मुद्दाको चर्चा सुरु भएको हो। अचम्म त काँहानिर […]

त्रुटिरहित सिकाइ केन्द्रित पठनपाठन पद्धति अपनाउन शिक्षामन्त्रीको आग्रह

गौशाला, १८ असोज । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले धार्मिक, भूगोल एवं सांस्कृतिक कारणले विद्यालय बाहिर रहेको बालबालिकालाई विद्यालयमा टिकाउनका लागि त्रुटिरहित सिकाइ केन्द्रित पठनपाठन पद्धति अपनाउनका लागि शिक्षासँग सरोकारवाला निकायसमक्ष आग्रह गरेका छन् । शनिबार महोत्तरीको गौशालामा आयोजित पढाइका निरन्तरताका लागि शैक्षिक सामग्री वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले बालबालिकालाई विद्यालयमा भर्ना गरेर […]

वर्षाले जनजीवन अस्तव्यस्त

जलेश्वर, १२ असोज । महोत्तरीमा सात दिनदेखि लगातार वर्षा हुँदै आएको छ । बिहान, बेलुका वा राति कुनै पनि समयमा नरोकी अविरलरुपमा जिल्लामा वर्षा भइरहेको हुनाले यहाँको जनजीवन अस्तव्यस्त बनेको छ । दैनिक अविरलरुपमा पानी पर्दा लाखौँ मूल्यका तरकारीबाली नष्ट हुनाका साथै धानखेतीलाई पनि अत्यधिक पानी भएपछि नोक्सानी भइरहेको किसान बताउँछन् । त्यस्तै पानी पर्दा […]

सहरको व्यस्त चोक लाखौँको धनमाल चोरी

बर्दिवास, २२ साउन । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–१४ को अतिब्यस्त चोकमै लाखौँको धनमाल चोरी भएको छ । पूर्वपश्चिम राजमार्गबाट ५० मिटर दूरी र बर्दिवास–जलेश्वर सडकको मुखमै रहेको बर्दिवास–१४ स्थित विवेक ज्वेलर्सबाट मङ्गलबार राति चाँदी र नगदसहित पाँच लाखको धनमाल चोरी भएको हो । राति सुन चाँदी पसल विवेक ज्वेलर्सको मुख्य सटर फोडेर चोरी भएको पाइएको […]