महोत्तरी । प्रादेशिक अस्पताल जलेश्वरले कन्सलटेन्ट गाइनोकोलोजिष्ट तथा एमडीजीपी चिकित्सक माग गरेपनि पाउन सकेको छैन । सूचना गर्दा पनि चिकित्सक सम्पर्कमा नआएपछि पुन सूचना प्रकाशित गरिएको छ । अस्पतालले एक सूचना प्रकाशित गर्दै उक्त पदमा पुन: दरखास्त माग गरेको हो । दरखास्त नपरेकोले पुनः सूचना जारी गरेको निमित्त अस्पताल प्रमुखले जनाएका छन् । करारमा […]
Tag: महोत्तरी
धानखेतमा नवजात शिशु फेला
महित्तरी । जलेश्वर नगरपालिका–४ स्थित एक धानखेतमा एक जीवित नवजात शिशु फेला पारिएको छ। भार्गेश्वर पोखरी नजिक रहेको धानखेतमा १५ दिनको जस्तो देखिने केटो शिशु भेटिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी शैलेन्द्र भट्टले बताएका छन् । शिशु हल्का निलो रङको लुगा लगाएको र गुलाबी कपडामा बेरिएको अवस्थामा भेटिएको भट्टको भनाइ छ घाँस काट्न गएका स्थानीयले […]
महोत्तरी र सर्लाही सम्पर्क समितिका पदाधिकारीलाई प्रमाणपत्र, प्रचण्ड भन्छन्- अर्को अभियान’
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को सर्लाही–-काठमाडौं एवं महोत्तरी–काठमाडौ सम्पर्क समन्वय समितिको अधिवेशनबाट नव निर्वाचित पदाधिकारीहरूलाई बुधबार प्रमाणपत्र वितरण गरिएको छ। प्रमुख अतिथिका रूपमा उपस्थित नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारीहरूलाई प्रमाणपत्र वितरण गरेका छन् । सो अवसरमा अध्यक्ष प्रचण्डले मधेसमा पार्टीको बलियो जनाधार भएपनि जनाधारलाई मतमा […]
दुर्घटनामा ज्यान गुमाएका भनिएका थापा परिवारले गुहारे मानव अधिकार आयोग
महोत्तरी । गत असार २२ गते काठमाडौको जडिबुटीमा दुर्घटना परेर घाईते भएका महोत्तरीका अरुण थापाको प्रहरीको लापरबाहीको कारण ज्यान गएको आफन्तले आरोप लगाएका छन् । घाईते थापालाई उद्दार गरेर अस्पताल लैजाने क्रममा ट्याक्सीको पछाडी डिकीमा राखेको सिसिटिभी फुटेज बाहिरिए पछि परिवारले मृत्युको कारण लापरबाही भएको निष्कर्ष निकालेका हुन् । तर प्रहरीले भने घाईतेलाई उपचारको लागि […]
माओवादी केन्द्रको महोत्तरी–काठमाडौं सम्पर्क समिति अध्यक्षमा मिश्र, ३५ सदस्यीय कार्यसमिति
काठमाडौं । नेकपा (माओवादी केन्द्र) महोत्तरी–काठमाडौं सम्पर्क समितिको तेस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ। काठमाडौको अनामनगरमा सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ। अधिवेशनबाट चन्द्रमोहन मिश्रको अध्यक्षमा ३५ सदस्यीय कार्यसमिति निर्वाचित भएको माओवादी केन्द्रका नेता घनश्यामप्रसाद रजकले जनाएका छन् । उपाध्यक्षमा क्रमशः चन्द्रप्रभा यादव, गणेश अधिकारी र बिमल देवकोटा निर्वाचित भएका छन् । त्यसैगरी सचिवमा […]
पत्रकार दिवाकरको पक्षमा उभियो पत्रकार महासंघ
जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेशले एचटीपी खबरका पत्रकार दिवाकर साहमाथि भएको दुव्र्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। गत असार २३ गते राति अनुचित गतिविधि भइरहेको सूचना पाएपछि पत्रकार साह पूर्वाधार विकास कार्यालय महोत्तरी पुगेका थिए। समाचार संकलनका क्रममा त्यहाँ उपस्थित केही व्यक्तिहरुले पत्रकार साहसँग दुव्र्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। महासंघको […]
भ्यानभित्र ५ सय केजी भन्दा बढी गाजा
विशाल बस्नेत, महोत्तरी । लागुऔषध नियन्त्रण व्युरो शाखा बर्दीवासले ५ सय केजी भन्दा बढी गाँजा नियन्त्रणमा लिएको छ । सिन्धुली हुँदै बर्दिवास तर्फ आउदै गरेको बा ३ ख ५८३२ नंम्बरको भ्यानभित्र राखेको ५४७ केजी गाँजा बर्दीवासस्थित गौरिडाँडावाट बरामद गरेको हो । बिशेष सुचनाको आधारमा व्युरो शाखाले उक्त भ्यानमा खोजतलास गर्दा ठुलो मात्रामा गाँजा फेला पारेको […]
स्थानीयको दबाबपछि सशस्त्रका एसपी आफैंले लिए सईलाई नियन्त्रणमा
न्यूजकारखाना, महोत्तरी । महोत्तरीको लोहारपट्टी नगरपालिका-४ खुट्टापिपराढीस्थित रेल्वे ट्रयाक सुरक्षा पोस्टमा कार्यरत् सशस्त्र प्रहरीका नायब निरीक्षक (सई) धर्मेन्द्र महतो पक्राउ परेका छन्। महतोलाई सशस्त्रको महोत्तरीस्थित ९ नम्बर गणका एसपीले पक्राउ गरी गणमा ल्याएर राखेका हुन्। त्यहाँकी स्थानीय ९ वर्षीया बालिकामाथि शुक्रबार यौन दुर्व्यवहार गरेको आरोप लागेपछि महतोलाई नियन्त्रणमा लिइएको हो। महोत्तरी प्रहरी प्रवक्ता प्रहरी नायब […]
बर्दीवासमा १२ करोड गुमेपछि ६६ लाखको चर्चा
बिशाल बस्नेत, महोत्तरी । महोत्तरीको बर्दिवासमा १२ करोड राजस्व सम्बन्धि मुद्दाको चर्चा सेलाउन नपाउँदै ६६ लाखको चर्चा सुरु भएको छ। आर्थिक बर्ष २०७७/७८ मा सम्झौता भन्दा बढी नदीजन्यपदार्थ उत्त्खनन गरेवापत तीन ठेक्केदार कम्पनीले तिर्नुपर्ने उक्त रकमलाई जनकपुर उच्च अदालतले २२ गते ठेक्केदारको पक्षमा नै फैसला गरेपछि अर्को मुद्दाको चर्चा सुरु भएको हो। अचम्म त काँहानिर […]
त्रुटिरहित सिकाइ केन्द्रित पठनपाठन पद्धति अपनाउन शिक्षामन्त्रीको आग्रह
गौशाला, १८ असोज । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले धार्मिक, भूगोल एवं सांस्कृतिक कारणले विद्यालय बाहिर रहेको बालबालिकालाई विद्यालयमा टिकाउनका लागि त्रुटिरहित सिकाइ केन्द्रित पठनपाठन पद्धति अपनाउनका लागि शिक्षासँग सरोकारवाला निकायसमक्ष आग्रह गरेका छन् । शनिबार महोत्तरीको गौशालामा आयोजित पढाइका निरन्तरताका लागि शैक्षिक सामग्री वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले बालबालिकालाई विद्यालयमा भर्ना गरेर […]











