भक्तपुर । मध्यपुर थिमिको बोडेमा मनाइने ऐतिहासिक जिब्रो छेड्ने जात्रामा यस वर्ष पनि परम्परालाई निरन्तरता दिँदै सुजन बाग श्रेष्ठले चौथोपटक जिब्रो छेडाएका छन्। नयाँ वर्षको अवसर पारेर बिस्का जात्रा अन्तर्गत आयोजना हुने यो सांस्कृतिक परम्परामा सुजनको साहस र समर्पणप्रति बागमती प्रदेश सरकारले विशेष सम्मान जनाएको छ। प्रदेश सरकारको मन्त्रिपरिषद्को निर्णयअनुसार सुजनलाई नगद दुई लाख रुपैयाँसहित […]
Tag: मध्यपुर थिमि
पानी पटाउने क्रममा गयो किसानको ज्यान
भक्तपुर । भक्तपुरको मध्यपुर थिमिमा एक किसानको ज्यान गएको छ।पानी पटाउने क्रममा उनको ज्यान गएको हो। ज्यान गुमाउने व्यक्ति मध्यपुर थिमि वडा नम्बर १ का ६८ वर्षीय लाजु प्रजापति रहेका छन्। पारिवारिक स्रोतका अनुसार वडा नम्बर ३ स्थित तरकारी बारीमा पानी पटाउने क्रममा सोमबार बिहान साढ़े ७ बजे उनको निधन भएको हो। हनुमन्ते खोलामा रहेको […]
कुभिण्डो काट्ने जात्राको लागि आवश्यक सामाग्री हस्तान्तरण
भक्तपुर । मध्यपुर थिमि नगरपालिकाले बिजयादशमीको भोलिपल्ट पापांकुश एकादशीको दिन मनाइने खाँ पिहाँवइगु जात्राका लागि आवश्यक सामग्री हस्तान्तरण गरेको छ। यो जात्रा परम्परागत रूपमा मल्लकालीन सेनाको झल्को दिने खालको हो, जहाँ सहभागीहरू फलामको टोपी, तलवार, खड्ग र ढाल बोकेर युद्धमा उत्रन लागेको सिपाही झैं देखिन्छन्। जात्राको अन्त्यमा भुईफसी (कुभिण्डो) काट्ने परम्परा भएकाले यसलाई भुईफसी पाल्यु […]
बिज फुटसल प्रतियोगिताका बिजेतालाई १ लाख, उपबिजेताले पाए ५० हजार
भक्तपुर । भक्तपुरस्थित रोयल फुटसलमा सम्पन्न पहिलो बिज खुला फुटसल प्रतियोगिता-२०२५ मा म्यान्टेन एफसीले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि हात पारेको छ। फाइनल खेलमा म्यान्टेन एफसीले प्रतिस्पर्धी एनपिएमएफलाई २-० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो। विजेता म्यान्टेन एफसीले रु. १लाखका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेता एनपिएमएफले रु. ५० हजार, ट्रफी र प्रमाणपत्रमा […]
समाजवादी जीवनशैलीतर्फ नगई हुँदैन- प्रचण्ड
पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो जीवनलाई अरुकालागि प्रेरणादायी बनाउन प्रेरित गरेका छन् । शनिवार पार्टीका केन्द्रीय सल्लाहकार कृष्णलाल गोजा श्रेष्ठको श्रद्धाञ्जली सभालाई मध्यपुर थिमिमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जीवन कस्तो बनाउने आफ्नै हातमा भएको प्रष्ट पारे । “मृत्यु हाम्रो हातमा छैन तर, जीवन कसरी बाच्ने हाम्रै हातमा छ ।” उनले […]
जन आदर्शमा पहिलो क्याम्पस सभा, जोशीको अध्यक्षतामा ब्यवस्थापन समिति
दीपक श्रेष्ठ, भक्तपुर । भक्तपुरको मध्यपुर थिमि-४ मा जनस्तरबाट स्थापित जन आदर्श क्याम्पसको पहिलो क्याम्पस सभाबाट ९ सदस्यीय नयाँ व्यवस्थापन समिति गठन गरिएको छ । समितिको अध्यक्षतामा तारामान जोशी चयन भएका छन् । जोशीको अध्यक्षतामा ९ सदस्यीय ब्यवस्थापन समिति सर्वसम्मत चयन भएको हो । समिति सदस्यहरूमा बुद्धि कुमार घो श्रेष्ठ, रमेश प्रजापति, रत्नकृष्ण श्रेष्ठ र […]
मध्यपुर महोत्सव २०८१’ शुक्रबारदेखि सुरु हुने
भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको आयोजनामा तीनदिने ‘मध्यपुर महोत्सव २०८१’ शुक्रबारदेखि सुरु हुने भएको छ। महोत्सवको उद्घाटन शुक्रबार बिहान साढे ९ बजे उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले बालकुमारी चोकमा गर्ने कार्यक्रम छ। नगर प्रमुख तथा महोत्सव मूल समारोह समितिका संयोजक सुरेन्द्र श्रेष्ठका अनुसार महोत्सवको तयारी पूरा भइसकेको छ। यस महोत्सवले […]
आज भक्तपुरको मध्यपुर थिमिमा हात्ती माथि नाँच
मंगलबार मध्यपुर थिमिका विभिन्न स्थानमा पुलु किसि नाच देखाइने भएको छ। करिव चार वर्षपछि आज मध्यपुर थिमिमा पुलु किसि नाच पुन: देखाइने भएको हो । मध्यपुर थिमिमा देखाउने पुलु किसी नाच अन्तको भन्दा अलिक भिन्नै रहेको व्यवस्थापन समितिका तुलसीराम कुटुले बताएका छन्। उनका अनुसार यहाँको पुलु किसी जात्रा इन्द्र जात्रासंग सम्बन्धित नभई माधवनारायणको कथासंग सम्बन्धित […]
रेडक्रसकर्मीलाई सहुलियत देखि निःशुल्क उपचारसम्मको सेवा
भक्तपुरको मध्यपुर थिमि वडा नं. ३ कौशल्टारस्थित भक्तपुर इन्टरनेशनल अस्पताल र नेपाल रेडक्रस सोसाइटी मध्यपुर थिमि उपशाखाबीच सहुलियतपूर्ण स्वास्थ्य उपचार सेवाको सम्झौता भएको छ । अस्पतालका अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठ र रेडक्रसको तर्फबाट उपशाखाका सभापति बाबुकाजी श्रेष्ठले सम्झौता पत्रामा हस्ताक्षर गर्दै भक्तपुर इन्टरनेशनल अस्पतालबाट रेडक्रसकर्मीलाई सहुलियत देखि निःशुल्क उपचारसम्मको सेवा प्रवाह हुने सार्वजनिक गरेका हुन् । […]










