भौगर्भिक समाजको अध्यक्षमा घिमिरे

काठमाडौँ, ७ भदौ । नेपाल भौगर्भिक समाजको अध्यक्षमा रामप्रसाद घिमिरे निर्वाचित हुनुभएको छ । समाजको १९औँ कार्यकारीणी समितिको शुक्रबार भएको निर्वाचनबाट घिमिरेको अध्यक्षतामा आठ सदस्यीय समिति चयन भएको हो । समाजको उपाध्यक्षमा नारायणगोपाल घिमिरे, महासचिव कुमार खड्का, उपमहासचिव उमेशचन्द्र भुसाल, कोषाध्यक्ष जयलक्ष्मी सिंह निर्वाचित भएको भूगर्भविद् डा कृष्ण देवकोटाले जानकारी दिए । यसैबीच, सदस्यमा दीपक […]