बेरोजगारलाई अर्को अवसरः जनगणनाका लागि शिक्षकको सट्टा ५२हजार बेरोजगार भर्ना गर्दै तथ्यांक विभाग

काठमाडौं, ४ कात्तिक । राष्ट्रिय जनगणना २०७८ मा शिक्षक नखटाइने भएको छ । केन्द्रीय तथ्यांक विभागले आइतबार पत्रकार सम्मेलन गरी सबैको सुझावअनुसार जनगणनामा शिक्षकहरुलाई नखटाउने निर्णय गरिएको बताइएको हो । विभागका जनसंख्या निर्देशक डुण्डीराज लामिछानेले गणक, सुपरीवेक्षकमा बेरोजगार युवालाई भर्ना गरिने बताएका छन् । ४३ हजार २७७ गणक र ९ हजारभन्दा बढी सुपरभाइजर नयाँ भर्ना […]