जम्मू कश्मिरको आतंकवादी हमलामा ज्यान गुमाउने न्यौपाने परिवारका एक्लो छोरा

बुटवल । भारतको जम्मु काश्मिरस्थित पहलगाम पर्यटकीय क्षेत्रमा भएको आतंकवादी हमलामा पर्ने नेपालीको पहिचान खुलेको छ। हमलामा मारिने २६ वर्षिय सुंदिप न्यौपाने रुपन्देही, बुटवलका भएको पहिचान खुलेको हो । न्यौपाने वुटवल–११, कालिकानगरका भएको पारिवारिक श्रोतले बताएको छ ।  न्यौपाने धरानमा पब्लिक हेल्थ पढ्दै गरेका विद्यार्थी भएका परिवारको भनाइ छ । उनी आमा र बहिनी ज्वाइँ […]

बुटवलमा युवतीमाथि गोली प्रहार

बुटवल । बुटवल उपमहानगरपालिका -११, बुद्धनगरमा एक युवतीमाथि गोली प्रहार भएको छ । गोली लागेर उनी गम्भीर घाईते भएकी छन् । पाल्पा रैनादेवी छहरा घर भई बुटवल बुद्धनगरमा बस्दै आएकी युवती टिका बिष्ट क्षेत्रीलाई गोली लागेको प्रहरीले पुष्टि गरेको छ । उनको कम्मर माथि ढाडमा गोली लागेको प्रहरीले जनाएको छ।  घाईते युवतीको लुम्बिनी प्रादेशिक अस्पतालमा […]

श्रीमतीलाई सुराकी बनाएर लाखौ झ्वाम पार्ने सशस्त्रका डिएसपीको यस्तो काइदा

वुटवल । सशस्त्र प्रहरीका एक डिएसपीले आफ्नै श्रीमतीलाइ सुराकी राखेर ठूलाे रकम कुम्लाउने गरेकाे खुलासा भएकाे छ । सीमा सुरक्षाका लागि खटाइएकाे सशस्त्र प्रहरीका जिम्मेवार अफिसरले यसरी उक्त क्षेत्रमा हुँदै नभएकी श्रीमतीलाइ सुराकी राखेर आफ्नाे टिमले गरेकाे काममा कमिसन आफै कुम्ल्याउने गरेपछि सशस्त्रभित्रै खैलावैला भएकाे छ । अझ त सुराकीकाे कमिसन रकमका विषयमा सीमा सुरक्षामा […]

अब यस्तो बनाउँदैछ चिनियाँ कम्पनीले बुटवल–नारायणगढ सडक

कावासोती, ९ कात्तिक । पूर्व पश्चिम राजमार्गअन्र्तगत नारायणगढ–बुटवल सडकखण्डको विस्तारको काम शुरु गरिएको छ । निर्माणको जिम्मापाएको चाइना स्टेट कन्सट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले पूर्वी खण्ड नवलपरासीपूर्वको लोकाहा र गैँडाकोटको थुम्सिबाट सडक विस्तारको काम शुरु गरेको हो । नारायणगढ–बुटवल सडक विस्तारको काम शुरु हुन नसकेको भनेर गुनासो बढ्न थालेपछि निर्माणको जिम्मा पाएको कम्पनीले काम शुरु गरेको हो […]

बैंकबाट निस्केका कुर्मीलाई गोली हानेर हत्या गरी लुटियो पाँच लाख

बुटवल, २९ भदौ । रुपन्देहीको रोहणी गाउँपालिकामा एक व्यक्तिलाई गोली हानेर बिभत्स हत्या गरिएको छ । अज्ञात समूहले उनलाई हत्या गरी उनको साथमा रहेको नगद लुटपाट गरेको छ । यसरी हत्या गरिने व्यक्ति रुपन्देहीको ओमसतिया गाउँपालिका वार्ड नं. ५ का महेन्द्र कुर्मी हुन । उनलाई रुपन्देहीकै रोहणी गाउँपालिका वार्ड नं. ३ मा हत्या भएको हो […]