परालको भुसभित्र काजु

सर्लाही । सर्लाहीको बागमती नगरपालिका-१२ स्थित चेकपोष्टबाट प्रहरीले ठूलो मात्रामा काजु लुकाएर तस्करी गरिँदै गरेको मिनी ट्रक नियन्त्रणमा लिएको छ। विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय, कर्मैयाबाट खटिएको टोलीले आइतबार परालको भुस लोड गरिएको ग२ख १४१८ नम्बरको मिनी ट्रकमा लुकाएर ल्याइएको काजु बरामद गरेको हो। सर्लाही प्रहरी प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काका अनुसार ट्रकमा परालको […]

भोलि जनयुद्ध दिवस, बागमतीमा पनि सार्वजनिक बिदा

सर्लाही । भोलि फागुन १ अर्थात्, जनयुद्ध दिवस । तत्कालीन नेकपा(माओवादी) को नेतृत्वमा फागुन १, २०५२ बाट शुरु जनयुद्धले वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना भएको कुरा घाम जत्तिकै छर्लङ्ग छ । यो कुरा साचो भएपनि त्यो जस माओवादीलाई दिन बिपक्षी दलहरु भने हत्तपत्त तयार हुँदैनन् । नेकपा हुँदा जनयुद्ध  दिवस नै मनाएका वर्तमान प्रधानमन्त्री […]

बागमतीका मेयर उपमेयरलाई फसाउन सरकारले षडयन्त्र गरेको भन्दै माओवादी केन्द्रको आपत्ति

भक्ती रिजाल, सर्लाही । सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापा तथा उप-मेयर लिला कुमारी मोक्तानलाई फसाउन सरकारबाट विभिन्न षड्यन्त्र भइरहेको भन्दै नेकपा (माओवादी केन्द्र) सर्लाहीले बिज्ञप्ती मार्फत आपत्ति जनाएको छ । पार्टीका केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज अच्युतम प्रसाद काफ्लेद्वारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ ” भुमिहिन, सुकुम्बासी दलित तथा अव्यवस्थित बसोबासीलाई  बेघरबार बनाउने गम्भिर […]

देशमै केही गर्ने हुटहुटी बोकेका दिपक

भक्ती रिजाल, सर्लाही । पछिल्लो समय सर्लाहीमा स्वरोजगार हुने क्रम बढेको छ । विदेश जानु भन्दा आफ्नै गाउँ ठाउँमा रोजगार र स्वरोजगारका अवसर युवाहरु खोजिरहेका छन् । यसैक्रममा बागमती नगरपालिका वडा नम्बर १ मिलनचोकमा दिपक तामाङले संचालनमा ल्याएको एम.एफ कलेक्सनले ग्राहक मात्र होइन, उनी र उनको परिवार समेत सन्तुष्ट बनेको छ । विभिन्न ब्रान्ड र […]

प्रधानमन्त्री प्रचण्डलाई बागमती नगरपालिकाका ३ हजार विद्यार्थीले एकसाथ नृत्य देखाउने

प्रेमनाथ पौडेल, सर्लाही । सर्लाहीको बागमती नगरपालिकाले फागुन १२ गते शनिवार बृहत शैक्षिक तथा सांस्कृतिक महोत्सव शुरु गर्ने भएको छ । उक्त महोत्सवको उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउने नगरपालिकाले जनाएको छ । महोत्सवमा नगरका ३ हजार विद्यार्थीले प्रधानमन्त्रीलाई एकसाथ नृत्य प्रदर्शन गर्ने भएका छन् । बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाले मंगलवार पत्रकार सम्मेलन […]