भाटभटेनीमै भेटियो प्याकेजिङ नगरिएको खाद्यवस्तु

ललितपुर । संयुक्त जिल्ला बजार अनुगमन समिति ललितपुरले चापागाउँ दोबाटोस्थित भाटभटेनीलाई १० हजार रुपैयाँ जरिवाना गरेको छ। ललितपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी गिता घिमिरेको नेतृत्वमा खटिएको संयुक्त बजार अनुगमन समितिले सोमबार अनुगमन गर्दा भाटभटेनीमा म्याद उल्लेख नगरिएको तथा मापदण्डअनुसार प्याकेजिङसमेत नगरिएको इम्लीको अचार फेला परेको थियो। ‘म्याद उल्लेख नगरिएको इम्लीको आचार भेटिएपछि एउटा प्याकेज […]

काभ्रेमा भेटिए भक्तपुरका नक्कली बजार अनुगमनकर्ता

आकाश गजुरेल,  भक्तपुर । बजारमा नक्कली सामान न सुन्नु भएकै होला तर बजार अनुगमन गर्ने व्यक्ति नै नक्कली भएको कुरा नौलो लाग्नसक्छ । काभ्रेमा त्यस्तै भएको छ । बजार अनुगमनकर्ता भन्दै पसल सिल गराउने धम्की दिने दुई व्यक्ति नक्कली सावित भएपछि प्रहरीको फन्दामा परेका छन् । बुधवार दिउँसो काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं. ०५ घसिलामार्गमा […]

बजार अनुगमनमा पाँच लाखको अखाद्य वस्तु फेला

डोटी, १२ असोज । जिल्लामा दशैँ, तिहारलगायतका चाडपर्वमा अखाद्य वस्तु बिक्री वितरण नहोस् भन्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय डोटीको अगुवाइमा शनिबार बजार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय, दिपायल सिलगढी नगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, उद्योग वाणिज्य सङ्घ, नेपाल प्रहरी, सशस्त्र प्रहरी, उपभोक्ता अधिकार मञ्च, पत्रकारसहितको टोलीले शनिबार दिपायलको प्रमुख व्यापारी […]