काठमाडौं महानगर किन घटाउँदैछ फोहरमैला व्यवस्थापनका कर्मचारी

काठमाडौँ, २१ साउन । काठमाडौँ महानगरपालिकाले फोहरमैला व्यवस्थापनमा काम गर्ने कर्मचारीको सङ्ख्या घटाउने भएको छ । यान्त्रिक कुचो (बु्रमर) को प्रयोग बढाउने र फोहर व्यवस्थापनमा निजी क्षेत्रको सहभागिता बढाएर फोहरका कर्मचारी घटाउने लक्ष्य लिइएको हो । महानगरको काम नीति बनाउने भए पनि सधैँ फोहरमैला व्यवस्थापनमा नै रुमलिएको भन्दै निजी क्षेत्रको सहभागिता बढाउने योजना बनाइएको कामपाले […]