चाँगुनारायण देशकै पहिलो ‘योग नगर’ घोषणा 

चाँगुनारायण

भक्तपुर । भक्तपुरकै कान्छो नगरपालिका चाँगुनारायण नगरपालिकालाई देशकै पहिलो ‘योग नगर’ घोषणा गरिएको छ । चाँगुनारायण नगरपालिकाद्वारा आइतबार आयोजित विशेष समारोहका बीच बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले चाँगुनारायणलाई योग नगर घोषणा गरेका हुन्।   चाँगुनारायण-७  खरीपाटीमा आयोजित योगनगर घोषणा समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले शारीरिक र मानसिक स्वास्थ्यको लागि योग महत्वपूर्ण रहेको बताए । योग […]

आरक्षण स्कूलमा बृहत् शैक्षिक प्रदर्शनी

Aarakshan National school

भक्तपुर । चाँगुनारायण नगरपालिका–८, सुडालस्थित आरक्षण नेसनल स्कूलले विषयगत बृहत् शैक्षिक प्रदर्शनी सम्पन्न गरेको छ । विद्यार्थीहरूलाई रचनात्मक विकास र व्यवहारिक सिकाइतर्फ प्रेरित गर्ने उदेश्यले प्रदर्शनी गरिएको हो । प्रदर्शनीमा विभिन्न कक्षाका विद्यार्थीहरूले विज्ञान, गणित, सामाजिक अध्ययन र वातावरणसम्बन्धी परियोजना, मोडेल तथा प्रयोगहरू प्रस्तुत गरेका थिए।  उक्त प्रदर्शनीमा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । उनीहरूले […]

दुवाकोटमा ३३ जनाले गरे रक्तदान

भक्तपुर । लियो क्लब अफ भक्तपुर केएमसी, नेपाल रेडक्रस सोसाइटी दुवाकोट उपशाखा र चाँगुनारायण नगरपालिका–२ को संयुक्त आयोजनामा दुवाकोटस्थित केएमसी अस्पताल परिसरमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । सो रक्तदान कार्यक्रममा ३३ जनाले रक्तदान गरेका छन् । लियो क्लब अफ भक्तपुर केएमसीका अध्यक्ष डा. आकाश झाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडाध्यक्ष सोमप्रसाद प्रधानले नियमित रक्तदान अभियानले […]

चाँगुनारायणका प्रहरी चौकीहरुलाई वर्षादी र बुट हस्तान्तरण

भक्तपुर । चाँगुनारायण नगरपालिकाले नगर क्षेत्र भित्रका प्रहरी चौकीहरुलाई मनसुनजन्य सुरक्षा सामग्रीहरु वर्षादी र बुट प्रदान गरेको छ । विपद्को अवस्थामा तत्काल प्रतिकार्यको लागि खटिने नेपाल प्रहरीका दुवाकोट, चाँगु, ब्यासी, खरीपाटी, नगरकोट, सुडाल, झाप्रो र ताथलीका प्रहरी चौकीहरुलाई उक्त सामग्रीहरु दिइएको नगरपालिकाको विपद ब्यवस्थापन सहजकर्ता दिनेश थापाले जानकारी दिए । चाँगुनारायण नगरपालिकामा नगर प्रमुख जीबन […]

चाँगुनारायणमा चितुवाको आक्रमणबाट युवक घाइते

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका–७, गुरुङटारस्थित बाल्मिकेश्वर सडक खण्डमा बिहीबार राति चितुवाको आक्रमणमा परी एक युवक घाइते भएका छन्। राति साढे १० बजेतिर आफ्नो व्यवसायबाट मोटरसाइकलमा घर फर्कँदै गरेका स्थानीय सुमन काफ्लेमाथि अकस्मात् चितुवाले आक्रमण गरेको वडाध्यक्ष श्यामकाजी नयाँजूले ननस्टपखबरलाई बताए । “चितुवासँग जम्काभेट हुँदा आक्रमण भएको हो। घाइते काफ्लेलाई तत्काल भक्तपुर अस्पताल पुर्याइएको छ। […]

दास बन्न बिदेश जानेहरु देशलाई दोष दिन्छन् : सांंसद थापा(भिडियोसहित)

भक्तपुर । प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले देशलाई दोष दिएर युवाहरू नयाँ दास बन्न बिदेशीने गरेका बताएका छन् । देशमा केही भएन भन्नू भ्रम र आरोप मात्र भएको उनको भनाइ छ । “हामी उभिएको धरातलमा आज साहसिलो पाइला चालौं” बोलको राष्ट्रप्रेम र प्रेरणा भावयुक्त गीति-भिडियोको शुभमुहुर्त समारोहलाई चाँगुनारायणमा सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य थापाले भने, […]

मेयरलाई सचेत गराउँदै भक्तपुरका पाँच पत्रकार संगठनको संयुक्त विज्ञप्ति सार्वजनिक

भक्तपुर । चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले पत्रकारप्रति सार्वजनिक गरेको अभिव्यक्तिप्रति भक्तपुरमा क्रियाशील पाँच पत्रकार संगठनहरूले संयुक्त विज्ञप्ति जारी गर्दै गम्भीर आपत्ति जनाएका छन्। चाँगुनारायण नगरपालिकाले आफैं सञ्चालन गर्ने अनलाइन न्यूज पोर्टल चाँगुनारायण समाचार डटकमको आधिकारिक इमेलबाट बिहीबार विभिन्न मिडियामा पठाइएको समाचार सम्प्रेषण भएपछि नगरप्रमुखले पत्रकारमाथि सामाजिक सञ्जालमार्फत आपत्तिजनक टिप्पणी गरेको भन्दै भक्तपुरका पाँच […]

नगरपालिकाले पठाएको समाचारमै मेयरको असन्तुष्टि, पत्रकारलाई आक्षेप लगाउँदा महासंघ मौन

भक्तपुर । “चाँगुनारायण मन्दिर सुनको कचौरा हो, तर स्थानीयले पित्तल बनाए” भन्ने शिर्षकमा चाँगुनारायण नगरपालिकाको आधिकारिक इमेलबाट आएको समाचारको विषयलाई लिएर मेयर जीवन खत्री पत्रकार माथि खनिएका छन् । नगरपालिकाको आधिकारिक वेबसाइट चाँगुनारायण समाचार डटकमको इमेलबाट प्राप्त समाचारलाई स्थानीय पत्रकारले हुबहु प्रयोग गर्दा पनि नगर प्रमुख खत्रीले पत्रकारलाई दोष दिएर आफ्नो आङको छारो उडाए । […]

चाँगुनारायणको दुवाकोटस्थित गोल्डेन सुनगाभामा शैक्षिक प्रदर्शनी, ढिकीदेखि रोबोटसम्म

भक्तपुर । चाँगुनारायण नगरपालिका–२ दुवाकोटस्थित गोल्डेन सुनगाभा स्कुलका विद्यार्थीहरूले शुक्रबार शैक्षिक प्रदर्शनीमार्फत आफ्ना विविध प्रतिभा प्रस्तुत गरेका छन्। विद्यालयमा भएको ‘शैक्षिक प्रदर्शनी’मा कक्षा ४ देखि ९ सम्मका विद्यार्थीहरूले गणित, सामाजिक अध्ययन, कम्प्युटर, विज्ञान र पोषण (न्यूट्रिसन) जस्ता विषयसँग सम्बन्धित सिर्जनात्मक सामग्रीहरू प्रस्तुत गरेका हुन् । प्रदर्शनीमा ढिकी, जाँतो, ठेकी, मदानी, खुकुरीजस्ता परम्परागत प्रविधिदेखि लिएर चालकविहीन […]

हनुमन्ते खोलामा नेपाली सेनाका हवल्दारको शव फेला

भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे १ बजेको समयमा शव फेला परेको हो ।   जिल्ला प्रहरी परिसर भक्तपुरबाट प्रहरी निरीक्षक दत्ताराम अधिकारीको कमान्डमा खटिएको प्रहरीले घटनास्थलको मुचुल्का तयार पारी करिब ३ बजेको समयमा शवलाई पोस्टमार्टमका लागि दुवाकोट स्थित काठमाडौं मेडिकल कलेज अस्पतालमा पठाइएको जिल्ला प्रहरी […]