राजेशमान मानन्धर, भक्तपुर । भक्तपुर जिल्लालाई शहरी बिकास मन्त्रालयबाट १ अर्ब बढी बजेट बिनियोजन भएको छ । अन्य मन्त्रालयको तुलनामा शहरी बिकास मन्त्रालयबाट भक्तपुरमा सर्वाधिक बजेट आएको हो । सो मध्ये पनि भक्तपुर क्षेत्र नं २ मा करिब ७३ करोड २५ लाख बजेट शहरी विकास मन्त्रालयले बिनियोजन गरिदिएको सो क्षेत्रका प्रतिनिधि सभा सदस्य दुर्लभ थापाका […]
Tag: चाँगुनारायण नगरपालिका
चाँगुनारायणमा भक्तपुर नगरपालिकाको चासो
भक्तपुर । विश्व वातावरण दिवसको अवसरमा भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाको संयुक्त आयोजनामा चाँगुनारायण नपा–६ स्थित खानेपानीको मुख्य श्रोत मुहानपोखरीमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। खानेपानीका मुहानहरू सुक्दै जानु र प्रदूषण बढ्नुको मुख्य कारण मानवीय गतिविधि रहेको भन्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले खानेपानी आपूर्तिमा समस्या तीव्र बन्दै गएको बताए। उनले वन विनासका कारण पनि […]
अमेरिकी डलर भन्दै कागज दिएर ३० लाख ठगी गर्ने ताराबहादुर भक्तपुरबाट पक्राउ
भक्तपुर । अमेरिकी डलर सस्तोमा मिलाइदिने भन्दै कागज भिडाएर रकम ठगी गरेको अभियोगमा भक्तपुरबाट एक युवक पक्राउ परेका छन् । पक्राउ पर्ने ब्यक्ति सिन्धुपाल्चोक बाह्रबिसे-३ घर भई भक्तपुरको चाँगुनारायण–३ दुवाकोट बस्ने ३९ वर्षीय तारा बहादुर तामाङ हुन् । ताराबहादुरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर चाँगुनारायण नगरपालिका-३ दुवाकोटबाट पक्राउ गरेको हो । […]
चाँगुनारायणमा विपद् अभ्यास
भक्तपुर । चाँगुनारायण नगरपालिकाको आयोजनामा, आईसेट नेपाल/डिसिए नेपालको आर्थिक तथा प्राविधिक सहयोग र नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको सहकार्यमा, भूकम्पीय सुरक्षा तथा आगलागी नियन्त्रणसम्बन्धी कृतिम घटना अभ्यास सम्पन्न भएको छ। खरिपाटीमा सो अभ्यास सम्पन्न भएको हो । अभ्यासको उद्देश्य आपतकालीन कार्यसञ्चालन केन्द्रबारे समान बुझाइ विकास गर्नु, विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाको प्रभावकारिता परीक्षण गर्नु, […]
माओवादी केन्द्रको चाँगुनारायण अध्यक्षमा दोहोरिए खड्का, ५५ सदस्यीय नगर समिति निर्विरोध
भक्तपुर । नेकपा (माओवादी केन्द्र) चाँगुनारायण नगर समितिको दोस्रो सम्मेलनले नयाँ नेतृत्व निर्वाचित गरेको छ । शनिबार सम्पन्न दोश्रो अधिवेशनबाट पनि अध्यक्षमा नरेश खड्का दोहोरिएका छन् । नरेश खड्काको अध्यक्षतामा ५५ सदस्यीय नयाँ चाँगुनारायण नगर समिति निर्वाचित भएको निर्वाचन समितिका संयोजक एवं संविधान सभा सदस्य सत्यलाल मूलले जानकारी गराए । निर्वाचन समितिका संयोजक मूलले दिएको […]
सवारी ज्यानमा जेल सजाय पाएका चाँगुनारायणका सुदिप ५ वर्षपछि पक्राउ
भक्तपुर । सवारी दुर्घटनासम्बन्धी ज्यान मुद्दामा फरार रहेका भक्तपुर चाँगुनारायण नगरपालिका–५ का ३८ वर्षीय सुदिप बनलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं जिल्ला अदालतले २०७६ साल चैत २ गते उनलाई ६ महिनाको जेल सजाय र २ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। फैसला भएपछिकाे समयदेखि फरार रहेका बनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले खटाएको प्रहरी […]
सेवाघरमा आश्रितसंग दु:ख साट्दै दिपशिखाले मनाए जन्मदिन
भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा वाइसीएल इन्चार्ज रामप्रसाद सापकोटा ‘दिपशिखा’ले मानव कल्याण समाज (सेवाघर)मा आश्रितहरुसंग दु:ख साट्दै आफ्नो जन्मदिन मनाएका छन् । उनीहरूलाई खाद्यान्न सहयोगसहित बेलुकाको भोजन स-प्रेम अर्पण गर्दै उनले सोमबार आफ्नो जन्मदिन मनाएका हुन् । भक्तपुरको मध्यपुर थिमि-३ का स्थायीबासी बनिसकेका दिपशिखा र उनकी पत्नी गाेमा आलेले भक्तपुरकै चाँगुनारायण-३ […]
चाँगुनारायणमा स्वच्छ हावा सञ्जालको साधारणसभा सम्पन्न
भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकामा सक्रिय नगरस्तरीय स्वच्छ हावा प्रवर्द्धन सञ्जालले आफ्नो पहिलो साधारणसभा सफलतापूर्वक सम्पन्न गरेको छ। सञ्जालले वार्षिक समीक्षा सहित वातावरणीय क्षेत्रमा गरिएको गतिविधिको विस्तृत विवरण सार्वजनिक गर्दै साधारण सभा सम्पन्न गरेको हो। सञ्जालकी सचिव सोनु खड्काले नगर क्षेत्रभित्रको वातावरणलाई स्वस्थ र स्वच्छ बनाउने उद्देश्यले सञ्जालले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिइन्। […]
छिमेकी पालिकाले मेसिन दिएपछि अब चाँगुनारायण अस्पतालमै थाइराइड जाँच हुने
भक्तपुर । स्वास्थ्य सेवा क्षेत्रमा स्थानीय सरकारबीचको सहकार्य र समन्वयको राम्रो उदाहरण प्रस्तुत गर्दै कागेश्वरी मनोहरा नगर अस्पताल, काठमाडौंले चाँगुनारायण नगर अस्पताल, भक्तपुरलाई एक थान CLIA मेशिन हस्तान्तरण गरेको छ। उक्त मेशिन हस्तान्तरणपछि चाँगुनारायण अस्पतालबाट थाइराइड, भिटामिन लगायतका परिक्षणहरू सहज रूपमा उपलब्ध हुने भएका छन् । यसले भक्तपुर क्षेत्रका नागरिकहरूलाई स्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने […]
दुवाकोटमा पहिलोपटक फैटोका गणेशको खटजात्रा, सबै समुदायको सहभागिता
भक्तपुर । भक्तपुरको चाँगुनारायण-२ दुवाकोटमा बिस्काः जात्राको अवसरमा पहिलोपटक गणेशको खट जात्रा गरिएको छ । पहिलोपटक गरिएको भएपनि श्री फैटोका गणेशको खट जात्रा भब्यरुपले सम्पन्न भएको छ । “खटजात्रा” भन्नाले खट अर्थात काठले बनाइएको खटमा देवताको मूर्ति राखेर नगर परिक्रमा गरिने यात्रा हो। यसो गर्दा देवताले रक्षा गर्ने नेवा: समुदायमा जनविश्वास रहीआएको छ । फैटोका […]