तस्बिर : सांकेतिक काभ्रे । संघीय संसदमा बादर नियन्त्रणका लागि मार्न पाउने वा नपाउने विषयमा बहस चलिरहेकै बेला काभ्रेपलाञ्चोकमा बाँदरबाट बाली जोगाउने प्रयासका क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। काभ्रेको पनौती नगरपालिका–१२, महभीरमा स्थानीय रामशरण मुल्मीकी ६८ वर्षीया श्रीमती कमला मुल्मीको आफ्नै काक्रो बारीमा जडान गरिएको करेन्ट लागेर शुक्रबार दिउँसो मृत्यु भएको हो। […]
Tag: काभ्रेपलान्चोक
एक महिनादेखि सम्पर्कविहीन असई युवतीसहित मृत भेटिए
काभ्रेपलाञ्चोक । करिब एक महिनादेखि सम्पर्कविहीन रहेका सशस्त्र प्रहरी बलका एक असई पाँचखालस्थित सामुदायिक वनमा युवतीसहित झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सशस्त्र प्रहरी बलको १५ नम्बर गण, पाँचखालमा कार्यरत असई शक्ति राम र कैलालीको घोडाघोडी नगरपालिका–१ निवासी २६ वर्षीया शर्मिला चौधरीको शव पाँचखाल नगरपालिका–३ को ठुली सामुदायिक वनभित्र रहेको […]
बनेपामा विशेष साहित्यिक गोष्ठी तथा अन्तर्क्रिया
काभ्रेपलान्चोक । प्रगतिशील लेखक सङ्घ काभ्रेले आयोजना गरेको विशेष साहित्यिक गोष्ठी तथा अन्तर्क्रिया कार्यक्रम शनिबार बनेपामा उत्साहपूर्वक सम्पन्न भयो। सङ्घका अध्यक्ष कान्छामान लामा ‘रक्तिम’को अध्यक्षता र प्रलेसका केन्द्रीय सदस्य तथा इन्चार्ज गोविन्द श्रृङ्खलाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमले स्थानीय साहित्यिक वातावरणलाई थप जीवन्त बनाएको सहभागीहरूले बताएका छन्। बनेपा–८ स्थित शिक्षक सङ्गठनको सभाहलमा प्रत्येक महिनाको अन्तिम शनिबार […]
मण्डनदेउपुरमा ट्रिपर दुर्घटना : चालकको जलेर गयो ज्यान, सहचालक गम्भीर घाइते
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–६ कोदारी भिरमा ट्रिपर दुर्घटना हुँदा चालकको ज्यान गएको छ भने सहचालक गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बा ५ ख ४०७२ नम्बरको ट्रिपर शनिबार बिहान करिब ४ः३० बजे सडकबाट करिब ६० मिटर तल खस्दा आगलागी भएको थियो। ट्रिपर भिरमा अड्किएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। दुर्घटनामा मण्डनदेउपुर–७ […]
जेनजी प्रदर्शनमा क्षति पुर्याउने काभ्रेका सातजना समातिए, अधिकांशको आपराधिक पृष्ठभुमि
काभ्रे । जेनजी प्रदर्शनमा प्रहरी र सरकारी कार्यालयमा आगजनी, तोडफोड र लुटपाटको आरोपमा काभ्रे प्रहरीले सातजनालाई नियन्त्रणमा लिएको छ । उनीहरू उपर सात दिनको म्याद लिएर थप अनुसन्धान भैरहेक प्रहरीको भनाइ छ । पक्राउ पर्नेमा तीनजनाको पृष्ठभुमि आपराधिक देखिएको डिएसपी रविन बिष्टले बताएका छन् । चोरीमा तीनपटक मुद्दा चलेका पनौती-२ का सुवास तामाङ र अभद्र […]
काभ्रेमा सवारी दुर्घटना, सात घाइते
काभ्रे । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–६ दुलालथोकमा आज दिउँसो बस र मिनि आइचर ठोक्किँदा सातजना घाइते भएका छन्। प्रहरीका अनुसार काठमाण्डौबाट बाह्रबिसेतर्फ जाँदै गरेको बा २ ख ६५७९ नम्बरको बसले सोही दिशातर्फ गइरहेको बा ५ ख ६८३ नम्बरको मिनि आइचरलाई ठक्कर दिँदा आइचर अनियन्त्रित भई सडकबाट करिब १ सय मिटर तल खसेको हो। दुर्घटनामा मिनि आइचरमा […]
अग्नी साकोस पीडितलाई उजुरी गर्न ७ दिने सूचना सार्वजनिक
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित मुद्दामा जिल्ला प्रहरी कार्यालय धुलिखेलले ७ दिने सार्वजनिक सूचना जारी गरेको छ। जारी सूचनामा उल्लेख गरिएअनुसार, सहकारीका बचतकर्ताहरूले विभिन्न मितिमा नगद रकम जम्मा गरेपश्चात संस्थाका पदाधिकारीहरूमाथि ठगी अभियोगमा अनुसन्धान अगाडि बढाइएको छ। यस सम्बन्धमा जाहेरी समेत दर्ता भइसकेको र केही […]
प्रेमिका अर्कैसंग लागेको आशंकामा ज्यान लिने युवक पक्राउ
धुलिखेल । काभ्रेपलाञ्चोकको चौरीदेउराली घर भइ बनेपामा बस्दै आएकी ३३ वर्षीया युवतीको ज्यान लिएको आरोपमा एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेले शर्मिला उप्रेतीको हत्या अभियोगमा रामेछापको मन्थली-१३ घर भई बनेपा बस्ने सन्तोष सुनारलाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । असार ३२ गतेदेखि हराइरहेकी शर्मिलाको शव आइतबार बनेपा-१३ स्थित भगवान थुम्की […]
काभ्रेमा स्कूल बस र मोटरसाइकल ठोक्किदाँ गयो दुईजनाको ज्यान
काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिका–२, सेल्फी डाँडा नजिकै बिपी राजमार्गमा स्कूल बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ । दुर्घटना आज मंगलबार साँझ करिब साढे ७ बजे भएको हो। नमोबुद्धबाट भकुण्डेबेशीतर्फ जाँदै गरेको सगुन विद्या मन्दिरको विद्यार्थी बोकेको बा.४ ख ७१ नम्बरको स्कुल बस र विपरित दिशाबाट आइरहेको बा.७१ प ६८८० नम्बरको […]
बनेपा–नाला–ताथली सडकखण्ड अवरुद्ध
बनेपा । बनेपा–नाला–ताथली-च्यामासिंह सडकखण्ड अन्तर्गत बनेपा नगरपालिका–४ र १ को सीमाना नजिक रहेको एक पुल भाँचिएपछि उक्त सडकमार्ग अवरुद्ध भएको छ। सडक भासिँदै गएको सूचनाका बीच बनेपा नाला मार्गको उक्त खण्डमा रहेको पुल भाँचिएको हो। घटनापछि सो रूटमा सवारीसाधन आवतजावत रोकिएको छ। स्थानीय प्रशासनले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ। भक्तपुर हुँदै काठमाडौं […]










