इम्सनमा नयाँ कार्यसमिति, अध्यक्षमा दोहोरिए श्रेष्ठ

काठमाडौ । आर्थिक मिडिया सञ्चालकहरूको संस्था इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले नयाँ नेतृत्व निर्वाचित गरेको छ । काभ्रेको थुमकी रिसोर्टमा सम्पन्न सातौं वार्षिक साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमितिको अध्यक्षमा रामराजा श्रेष्ठ दोहोरिएका छन् । उनी बिजखबर डटकमबाट प्रतिनिधित्व गर्दै संस्थाको अध्यक्ष भएका हुन्। यसैगरी संस्थाको उपाध्यक्षमा इक्वीटी नेपाल डटकमका लोचन खतिवडा […]