सिटिइभिटीका आङ्गिक शिक्षालयहरू निःशुल्क गर्न अखिल क्रान्तिकारीको माग

भक्तपुर । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गत सञ्चालनमा रहेका सबै ६७ आङ्गिक शिक्षालयहरूमा यसै वर्षदेखि निःशुल्क शिक्षा लागू गर्न माग गरेको छ। संयोजक पारस राहादी मगरको नेतृत्वमा अखिल क्रान्तिकारीले सिटिइभिटीका सदस्य सचिव महेश भट्टराईलाई सो सम्बन्धि मागपत्र बुझाएको संगठनका नेता डिबी शाहीले […]

सानोठिमी क्याम्पसको मतगणना जारी : अखिल क्रान्तिकारी र नेविसंघको अग्रता

भक्तपुर । शिक्षाशास्त्र पढाई हुने देशकै प्रख्यात सानोठिमी क्याम्पसको २ सय मत गणना हुँदा अध्यक्षमा नरेन्द्र सिंह ठगुन्नाले अग्रता हासिल गरेका छन् । ठगुन्ना अखिल क्रान्तिकारीका उम्मेदवार हुन् ।  ठगुन्नाले १ सय ८ मत हासिल गर्दा उनका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका निराजन थापाले उनलाई ४२ मतसहित पछ्याइरहेका छन् । सचिवमा नेविसंघका दिक्पाल कार्कीले  १ सय ७ […]

अखिल(क्रान्तिकारी) को महासचिवमा एक्ली महिला उम्मेदवार तिर्सना हमाल : इतिहास रच्ने दावी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को २३ औं राष्ट्रिय सम्मेलनमा ठूलो संख्यामा उम्मेदवारहरु मैदानमा उत्रिएका छन् । सकेसम्म कम उम्मेदवार बनाउने पार्टी नेताहरुको भरमग्दुर प्रयासका बाबजुत आकांक्षीहरुको संख्या ठूलो देखिएको छ । संगठनको अध्यक्ष पदमा ५ जना र महासचिव पदमा ८ जना उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन् । सबैभन्दा महत्वपूर्ण मानिएको […]

अखिल(क्रान्तिकारी)का महासचिव उम्मेदवार प्रतिक, जसको बुबाआमा नै जनयुद्धमा शहीद बने

खोटाङ, १० माघ २०८१ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को केन्द्रीय महासचिवमा खोटाङका प्रतिक कार्कीले उम्मेदवारी दर्ता गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका प्रतिकले अखिल क्रान्तिकारीको यही माघ–१२ गते देशभर एकैसाथ हुने राष्ट्रिय निर्वाचनका लागि महासचिव पदमा उम्मेदवारी दिएका हुन् । बुबा शहीद दिलकाजी […]

अखिल क्रान्तिकारीमा नेतृत्वको रोचक भिडन्त

काठमाडौं । नेकपा (माओवादी केन्द्र)निकट विद्यार्थी  संगठन अखिल (क्रान्तिकारी)मा ३२ वर्षे उमेर हद कायम हुने भएपछि अध्यक्षमा दाबी गरिरहेका डेढ दर्जन उम्मेदवार बाहिरिएका छन् । यससँगै संगठनमा उपमहासचिवभन्दा माथिल्लो तहमा रहेका कोही पनि उम्मेदवार बन्न नपाउने भएका छन् । अखिल क्रान्तिकारीमा अब उपमहासचिव तह र त्यसभन्दा तल्लो वरीयतामा रहेका विद्यार्थी नेताहरू मात्र अध्यक्ष तथा अन्य […]