काठमाडाैं । इस्टवेस्ट सेक्युरिटिका सुरक्षा गार्ड तुलबहादुर तामाङको गएराति हत्या भएको छ । ड्युटीमै रहेका बेला धारिलो हतियार प्रयोग गरि उनको हत्या भएको हो । दोलखा मावापौवा-२ घर भएका ५३ वर्षीय तामाङलाइ गएराति करीब १ बजेतिर असननजिकै मच्छिन्द्रबहालमा अचेत अवस्थामा फेला पारेपछि प्रहरीले ट्रमा सेन्टर पुर्याएको थियो । प्रहरीका अनुसार उनको टाउकोमा गहिरो चोट देखिएको […]
मुख्य समाचार
मोटरसाइकलमा सवार श्रीमान श्रीमतीको ट्रकमा ठक्कर खाँदा मृत्यु
सल्यान, १५ माघ । पश्चिम रुकुमबाट दाङ जाँदै गरेको मोटर साइकल सल्यान कपुरकोटमा रोकिराखेको ट्रकमासँग ठक्कर खाँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। आइतबार साँझ रा ३ प ८५९६ नम्बरको मोटर साइकल रा १ ख ९३९ नम्बरको मिनि ट्रक संग ठोक्किएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। मृत्यु हुनेमा पूर्व रुकुमका अन्दाजी ३२ वर्षीय […]
सन्दिप बने क्लब क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता आइपिएलमा खेल्ने पहिलो नेपाली
काठमाडौं, १५ माघ । नेपालका युवा क्रिकेटर सन्दिप लामिछानेले महत्वपूर्ण फड्काे मारेका छन् । सन्दिपले क्लब क्रिकेटकाे सबैभन्दा ठूलाे प्रतियाेगिता अाइपिएलमा खेल्न पाउने भएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य रहेका लामिछानेलाई दिल्लीडेयर डेभिल्सले अाइपिएलका लागि अनुबन्धीत गरेको हाे । भारतको बेङलोरमा जारी आइपिएलको अक्सनमा सन्दिपलाई दिल्ली डेभिल्सले २० लाखमा किनेको थाहा भएकाे छ […]
४ वटा मुख्यमन्त्री र सभामुख एमालेलाई र २ वटा माकेलाई बाडँफाड गर्नेगरी कुरा मिल्यो
२ नम्बर प्रदेश बाहेकमा बहुमत पाएको बाम गठबन्धनले प्रदेश सरकार बनाउन सहमती गरेको छ । ६ प्रदेश मध्य ४ वटाको मुख्यमन्त्री र सभामुख एमालेलाई र २ वटाको माओबादी केन्द्रलाई बाडँफाड गर्नेगरी कुरा मिलेपछि सहमती भएको हो । पार्टी प्रभावको आधारमा प्रदेश नम्बर १ , ३ ,४ र ५ एमालेलाई परेको छ । यसमा मुख्यमन्त्री र […]
सम्पदा बिरोधि प्रचारप्रति महर्जन बिजनेश एशोसियट्स’को आपत्ति
काठमाडौं, १४ माघ । विश्व सम्पदा क्षेत्र काठमाडौँको हनुमानढोका दरवार नजिक रहेको निर्माणाधिन ‘महर्जन बिजनेश एशोसियट््स’को भवनको विषयमा कसैले पनि विरोध गर्नुपर्ने नदेखिएको बताइएको छ । आफुहरुलाई दुख्ख दिने उदेश्यले केहि ब्यक्तिले अनर्गल प्रचार गर्दै भ्रम छर्दै गरेको भन्दै आइतबार इन्द्रेणी कम्प्लेक्समा पत्रकार सम्मेलन गर्दै सञ्चालक कृष्णलाल महर्जनले करिब ५० वर्षअघि बुबाले उक्त भवन खरिद […]
जिप्रकाका कम्प्युटर अपरेटर सरोज कुमार गोलीसहित समातिए
जिल्ला प्रशासन कार्यालय सिरहामा कार्यरत एक कर्मचारी नै पेस्तोलमा लाग्ने गोली र लागूऔषधसहित पक्राउ परेका छन् । जिप्रकाका कम्प्युटर अपरेटरसहित दुई जना गोली र लागूऔषधसहित पक्राउ परेका हुन् । जिप्रकाका कम्प्युटर अपरेटर सरोज कुमार पासवान समातिएको प्रहरीले पुष्टि गरेको छ । उनी संगै अर्का ब्यापारी शितल झा पनि समातिएका छन । उनीहरुको साथबाट कटुवा पेस्तोलमा […]
रोल्पामा ५० किलो चरेशसहित दुई पक्राउ
रोल्पा । माडीगाउँपालिका– २ घर्तीगाउँबाट आज बिहान प्रहरीले ठूलो मात्रामा चरेशसहित दुई जनालाई पक्राउ गरेको छ । क्षेत्रीय प्रहरी ब्यूरो टोलीका प्रहरी निरीक्षक अरुणकुमार सिंह, जिल्ला प्रहरी कार्यालय रोल्पाको सादा पोशाकका प्रहरी र इलाका प्रहरी कार्यालय घर्तीगाउँको प्रहरी टोलीले संयुक्त रुपमा लागुऔषध बरामद गरेको बताइएको छ । चरेश भेटिएको ठाउँ इलाका प्रहरी कार्यालय घर्तीगाउँदेखि १० […]
जंगली हात्तीको आक्रान्त झापावासी
भद्रपुर, १४ माघ । खेती उठाउँदा जति खुशी हुन्छन् दक्षिण झापाका किसान घरमा राखेको अन्न बाली जोगाउन उति नै चिन्ता गर्न थालेका छन् । वर्षभरि खाने र परिवार पाल्ने आधारका रूपमा रहेको खेती बाली केही वर्षयता हात्तीको आहारा बन्न थालेपछि पूर्वी दक्षिण झापाका किसान अन्न बाली जोगाउन हात्तीको आक्रमणबाट जोगिन माग गर्दै आएका छन् । […]
महान सर्बहारा साँस्कृतिक क्रान्तिको आलोकमा साँस्कृतिक आन्दोलनलाई बुझ्ने प्रश्न
प्रारम्भिकीः नेपाली क्रान्तिकारी आन्दोलनभित्र साँस्कृतिक रुपान्तरणको प्रश्न बिगत लामो समयदेखि उठ्दै आएको छ । तर, यसलाई सही ढंगले उत्तरित गर्ने काम अपेक्षाकृत रुपमा हुन सकेको छैन । क्रान्तिकारी आन्दोलनको यो बिन्दुसम्म आइपुग्दा साँस्कृतिक रुपान्तरणको समस्या अरु जटिल बन्दै गएको छ । यो स्थितिले बिषयको गम्भीरतालाई आज कयौं गुणा बढाइदिएको छ । र, अब सबै सच्चा […]
अँध्यारोमा ब्रह्मलुटः भित्र डेढ सय निर्णय, बाहिर सात वटा सार्वजनिक
शेरबहादुर देउवा नेतृत्वको सरकार (मन्त्रिपरिषद बैठक) बाट केही लोकप्रिय देखिने खालका निर्णय सार्वजनिक गरिए पनि बाँकी सबै लुकाइएका छन् । आजको नेपाल साप्ताहिकमा खबर छ । मन्त्रिपरिषदबाट गरिएका निर्णयहरु सरुवा, बढुवा, राजनीतिक नियुक्ति, विदेश भ्रमण, सुरक्षा निकायहरुमा दरबन्दी सिर्जना, नीतिगत परिवर्तन, संसदद्धारा पारित बजेटमै नभएका शिर्षकमा कार्यक्रम स्वीकृति र खर्च, आर्थिक सहायता वितरण, विदेश भ्रमण […]










