शिशु र आमाको सुरक्षाका लागि पाँचवर्षे परियोजना

इलाम, ४ मंसिर । नवजात शिशु र आमाको जीवन सुरक्षाका लागि इलाममा यसै वर्षदेखि पाँचवर्षे नयाँ परियोजना शुरु भएको छ । ‘वन हार्ट वल्ड वाइड’ नामक अमेरिकी संस्थाले पाँचवर्षे परियोजना सञ्चालन गरेको हो । परियोजनाले पहिलो वर्ष स्वास्थ्यसम्बन्धी सेवाको माग बढाउन चेतना विस्तार, व्यवहार परिवर्तन, स्वास्थ्य सेवाको गुणस्तर वृद्धि, सेवा प्रदायकको क्षमता विकास र सेवा […]

सुप विश्वविद्यालय र भिनपाबीच सहकार्यका लागि सम्झौता

कञ्चनपुर, ४ मंसिर । भीमदत्त नगरपालिका र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले एकापसमा सहकार्यका लागि सम्झौता गरेका छन् । विश्वविद्यालय केन्द्रीय कार्यालयमा आइतबार नगरपालिका र विश्वविद्यालयबीच दक्ष जनशक्तिको सेवा उपलब्ध गराउने तथा विद्यार्थीलाई शैक्षिक अनुसन्धान र इन्टर्नसिपका लागि एकापसमा सहकार्य गर्न सम्झौता गरिएको छ । भीमदत्तका प्रमुख सुरेन्द्र विष्ट र विश्वविद्यालयका उपकुलपति प्राध्यापक भूषण श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका […]

नेपालमा अाउने पर्यटक ह्वात्तै बढे, १० महिनामा साढे ७ लाख

काठमाडाैं, ४ मंसिर । नेपालमा अाउने पर्यटककाे सङ्ख्यामा उल्लेख्य बृद्धि भएकाे छ । पछिल्लो १० महिना मात्र नेपाल आउने पर्यटकको संख्यामा ७ लाख ५७ हजार ४ सय ४८ पुगेको छ । यो तथ्याङ्क अघिल्लो वर्षभन्दा एक तिहाइले बढी हो । अध्यागमन विभागले जारी गरेको सन् २०१७ को पहिले १० महिनामा नेपाल घुम्न आउने विदेशी पर्यटकको […]

अपहरित सपनाहरु

थुन सरकार एउटा बन्द कोठामा थुन अँध्यारो खोपीमा कैद गर र कैदी बनाएकै पनि छौ अाज हामीलाई र हाम्रा सपनाहरुलाई अझै पक्राउ अादेश जारी गर तिम्रो कालो रुपलाई कालो देख्ने साँचो मान्छेहरुलाई बन्द कोठामा राख्न अादेश जारी गर !   तिम्रै हातमा छन् सत्ताहरु छन् बन्दुक र वर्दिवालाहरु पनि सक्छौ हुकुम बक्सिस गर साँचो अर्थको […]

लाङ्टाङमा जापानी पर्यटकको मृत्यु

रसुवा, ३ मंसिर । लाङटाङ क्षेत्रको पदयात्रामा गएका एक जापानी पर्यटकको आज रिम्चे क्षेत्रमा निधन भएको छ । मृत्यु हुनेमा ७० वर्षीय इवाता ताकासी रहेको र उनी आज बिहान शेर्पागाउँबाट लाङटाङतर्फ जाँदै गर्दा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, रसुवाका प्रहरी निरीक्षक ध्रुव सिलवालले जानकारी दिए । उनको शव लिन प्रहरीसहित गएको हेलिकप्टर उक्त गाउँमा […]

श्रीमतीको हातबाट खुकुरी खोसेर श्रीमतीकै हत्या

खोटाङ, ३ मंसिर । खुकुरी प्रहार गरेर खोटाङका एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । रूपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका राजकुमार राईले धारिलो हतियार खुकुरी प्रहार गरी ४२ वर्षीया श्रीमती राजमायाँ राईको हत्या गरेका हुन् । घरायसी कुरामा भनाभन हुँदा राईले श्रीमतीलाई खुकुरी प्रहार गर्दा उनको आइतबार दिउँसो घटनास्थलमै ज्यान गएको स्थानीयवासीले बताएका छन् । श्रीमतीको […]

लालबाबुका लागि अस्ट्रेलियाबाट पाँच लाख चन्दा सहयोग

मोरङ, ३ मंसिर । मोरङ क्षेत्र नं ६ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार लालबाबु पण्डितलाई अष्ट्रेलियामा रहेकी एक नेपाली महिलाले निर्वाचन खर्चका लागि पाँच लाख सहयोग हस्तान्तरण गरेका छन् । अस्ट्रेलियामा बस्दै आएकी तेह्रथुमकी राधिका पोखरेलले नेकपा (एमाले)का पोलिट्ब्युरो सदस्य समेत रहेका पण्डितलाई पाँच लाख १११ हस्तान्तरण गरेकी हुन् । विराटनगरमा भएको सहयोग हस्तान्तरण कार्यक्रममा राधिकाका […]

सिटी एक्स्प्रेसद्वारा उत्सव एक्स्प्रेस योजनाका दसौं हप्ताका बिजेताहरु घोषणा

मंसिर ३, काठमाडौं । सिटी एक्स्प्रेस मनी ट्रान्सफरले उत्सव एक्स्प्रेस योजनाको दसौं हप्ताको बिजेताहरु घोषणा गरेको छ । कम्पनीले इलेक्ट्रोनिक लक्की ड्र मार्फत चाँदीका सिक्का, ओप्पो फोन विजेता तथा एलजी रेफ्रिजिरेटर विजेता को घोषणा गरेको हो । सिता कुमारी माया, सुनावती राजवंशी, कुमारी मग्राती, मोहन कुमारी गुरुङ्, दिल बहादुर गुरुङ्, शारदा दुलाल र पार्वती थापा […]

प्रकाश दाहालको निधन हृदयघात कि आत्महत्याबाट !

काठमाडौं, ३ मंसिर । माअाेवादी केन्द्रका अध्यक्ष प्रच्ण्ड पुत्रकाे निधन रहस्यमय बन्दै गएकाे छ । सुरुमा उनकाे अस्पतालमा उपचार भइरहेकाे खबर अाएकाे भए पनि अस्पताल स्राेतले भने उनलार्इ अस्पतालमा पुर्याउनु अघि नै मृत्यु भइसकेकाे जानकारी गराएकाे छ । उनलार्इ हृदयघात भएकाे समाचार अाउँदा सुरुमा कसैलार्इ पत्यार लागेकाे थिएन । केही सञ्चारमाध्यममा उनकाे निधन भएकाे समाचार […]

नर्भिक अस्पतालमा प्रचण्ड पुत्र प्रकाश दाहालकाे निधन

काठमाडौं, ३ मंसिर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालको निधन भएको छ । हर्ट अट्याक भएर अाज बिहान ४ बजे बेहाेस अवस्थामा थापाथलीस्थित नर्भिक अस्पतालमा ल्याइएका प्रकाशकाे अस्पतालमा पुगेपछि निधन भएकाे बताइएकाे छ । नर्भिक अस्पतालका एक चिकित्सकले प्रकाशको निधन भएको जानकारी दिएका छन् । पूर्व पर्धानमन्त्री समेत रहेका पिता प्रचण्ड […]