विकल्प बन्न सकेनन् साना दल, आउने दिनमा यिनै ठूला दलहरूको वर्चस्व कायम रहने विश्लेषण

काठमाडौं,१९ मंसिर। मङ्सिर १४ गते सम्पन्न उपनिर्वाचनमा पनि विगतकै प्रवृत्ति देखियो । ठूला दलहरूकै उम्मेदवार विजय भए भने विकल्पका रूपमा अन्य दल आउन सकेनन् । दुई वर्षअघि २०७४ मा भएको तीनवटै तहको चुनावमा नेपाल कम्युनिस्ट पार्टी नेकपा, नेपाली काँग्रेस, समाजवादी पार्टी, राष्ट्रिय जनता पार्टी राजपा नेपालले पाएको मतको अनुपात लगभग सम्पन्न उपनिर्वाचनमा पनि देखियो । […]

पूर्व राजा ज्ञानेन्द्र शाह धार्मिक भ्रमण गर्न आज तानसेनमा जादैँ

पाल्पा १९ मंसिर । पूर्व राजा ज्ञानेन्द्र शाह पाल्पाको तानसेनमा धार्मिक भ्रमण गर्न आउनुहुने तयारी छ । रणउजिश्वरी भगवती मन्दिरमा पूजा र दर्शनका लागि पूर्व राजा शाह आज बिहीबार दिउँशो तानसेन आउने कार्यक्रम रहेको स्रोतले जनाएको छ । ५ नं प्रदेशका विभिन्न ल्लाहरुको भ्रमण गर्ने कार्यक्रम अनुसार शाह तानसेन आउन लाग्नुभएको हो । पूर्व राजा […]

जहाजसँग ठोक्किँदा जंगली बँदेल मर्‍यो, यात्रु सकुशल

काठमाडौं,१९ मंसिर। नेपालगन्ज विमानस्थलमा जहाजसँग जंगली जनावर बँदेल ठोक्किएको छ । काठमाडौंबाट नेपालगन्ज ल्यान्ड हुँदै गरेको बुद्ध एयरको जहाजसँग बँदेल ठोक्किएको हो। जहाज ल्यान्ड हुने क्रममा पछाडिको चक्कामा बँदेल ठोक्किएको बुद्ध एयरका नेपालगन्ज प्रमुख विनित शाहले बताए । जहाजमा ठोक्किएको बँदेलको मृत्यु भएको छ। जहाज र यात्रुलाई कुनै क्षति नभएको शाहले जानकारी दिए । मंगलबार […]

सैनिक मुख्यालय पुगेर प्रमुख प्रजापतिको प्रष्टोक्ति स् जनताको सेवा बाहेक अर्को स्वार्थ छैन

भक्तपुर, १९ मङ्सिर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति आफै भद्रकालीस्थित सैनिक मुख्यालय पुगेका छन् । उनी नेपाली सेनालाई नगरपालिकाको तर्फबाट उपाहार दिन सैनिक मुख्यालय पुगेका हुन् । बुधवार नेपाली सेनाका सेनापति पूर्णचन्द्र थापालाई प्रमुख प्रजापतिले मयुरको झ्याल उपहार दिएका थिए । उक्त अवसरमा भक्तपुर नगरपालिकाका वडा अध्यक्षहरु र कर्मचारीहरु उपस्थित रहेका थिए भने सेनाका […]

के हाे एकीकृत जनक्रान्तिको अर्थराजनीतिक प्रक्षेपण

नेपाली जनताले प्रत्येक दिन सुन्ने र हेर्ने समाचारका अधिकांश हिस्सा भ्रष्टाचारका काण्डले भरिएका हुन्छन् । वाइडबडी काण्ड, बालुवाटार जग्गा काण्ड, एनसेल काण्ड यी पछिल्ला केही चर्चित भ्रष्टाचार काण्डहरु हुन् । यस्ता ठूला सबै काण्डहरुमा प्रायः ठूलै पार्टी र ठूलै नेताहरुको नाम जोडिएको हुने गर्छ । न्यायालयका ‘न्यायमूर्ति’हरु, ‘राष्ट्रसेवक’ कर्मचारी, सुरक्षा क्षेत्रका ‘बफादार’ कमान्डरहरुको नामसमेत भ्रष्टाचारका […]

नागरिक समाजले बुझायो सरकारलाई लिम्पियाधुरासहितको नक्सा

काठमाडौं । नागरिक समाजका तर्फबाट गठित ‘सीमा बचाऔं अभियान नेपाल’ ले भारतले मिचेको सीमासहितको नेपालको नयाँ ‘राजनीतिक नक्सा’ परराष्ट्रमन्त्री प्रदिप ज्ञवाललीलाई बुझाएको छ । अभियानले पश्चिमोत्तर सीमा क्षेत्र लिम्पियाधुरा, कालापानी, लिपुलेकसमेत समेटिएको नक्सासहित ज्ञापनपत्र बुधबार मन्त्री ज्ञवालीलाई हस्तान्तरण गरेको हो । अभियानका संयोजक स्वनाम साथी, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, पूर्वसचिव द्वारिकानाथ ढुंगेल, भूगोलविद् नरेन्द्रराज खनाल, परराष्ट्रविद् […]

नेपालका दुई एयरलाइन्स विश्वकै ‘खतरानाक एयरलाइन्सको सूचीमा

काठमाडौं । नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र निजी क्षेत्रको तारा एयरलाइन्स विश्वका सबैभन्दा ‘खतरायुक्त’ एयरलाइन्सको सूचीमा परेका छन् । एयरलाइनरेटिङडट्कमको रिपोर्टलाई अधार बनाएर फोर्ब्स पत्रिकाको अनलाइन संस्करणमा लेखिएको समाचारमा नेपाल एयरलाइन्स र तारा एयरलाई विश्वकै सबैभन्दा खतरायुक्त एयरलाईन्सको सूचीमा राखिएको हो । नेपाल एयरलाइन्सबारे लेख्दै फोर्ब्सले भनेको छ– यसको सेफ्टी (सुरक्षा) […]

आज मंसिर १९ गते बिहीबार, तपाईंका लागि आजको राशिफल विशेष रहनेछ

वि.सं. २०७६ मंसिर १९ गते बिहीबार । इ.स. २०१९ डिसेम्बर ५ । नेपाल संवत ११४० थिंलाथ्व । मार्ग शुक्लपक्ष । नवमी, २७:२९ उप्रान्त दशमी । उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुन सक्छ। स्रोत–साधन जुट्नाले […]

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ४३८ जनाका लागि रोजगारी (सूचना सहित)

काठमाडौं, १८ मंसिर । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका लागि कर्मचारीको माग गरेको छ । प्राधिकरणको प्रशासन महाशाखाले सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि ४३८ जना कर्मचारी माग गरेको हो । सूचनाअनुसार कम्युटर अपरेटर १५ जना , सहायक कम्युटर अपरेटर १२, उद्घोषक–उद्घोषिका ७ जना, टेलिफोन अपरेटर ८ जना, हेल्पर ४ जना, हेभि सवारी […]

भक्तपुरको पाँचतले मन्दिरको जीर्णोद्धार सुरू, शुभसाईत शनिबार

भक्तपुर, १८ मङ्सिर । विश्व सम्पदा सुचिमा रहेको भक्तपुरको पाँचतले मन्दिरको जीर्णोद्धार सुरू गरिएको छ । टौमढी क्षेत्रमा रहेको उक्त मन्दिरमा २०७२ बैशाख १२ गते आएको भूकम्पले मन्दिरको पाँचौं तल्लमा मात्र क्षेति पुगेको भक्तपुर नगरपालिका वडा नम्बर ५ का अध्यक्ष्य प्रेमगोपल कर्माचार्यले जानकारी दिएका छन् । केहि दिनको अन्तरलमा आईरहेको परकम्पनले मन्दिरको क्षेतिलाई बढावा दिईरहेको […]