रामेछापमा चट्याङ लागेर आमा छोरी गम्भीर घाइते

बैशाख ८ ,रामेछापको मन्थली नगरपालिका-३ मा चट्याङ लागेर आमा छोरी गम्भीर घाइते ।  रामेछापको मन्थली नगरपालिका-३ कठजोरमा शुक्रबार चट्याङ लागेर आमा छोरी गम्भीर घाइते भएका छन् । शुक्रबार साझ चट्याङ लागेर मन्थली नगरपालिका-३ कठजोरकी ४० वर्षकि सुमित्रा कार्की र उनकी ९ वर्षकि छोरी अनिता कार्की गम्भीर घाइते भएकी हुन । घाइते आमा छोरीको मन्थली अस्पतालमा उपचार गरि थप उपचारका लागि काठमाडौ पठाइएको छ । स्थानीयका अनुसार घाइते आमा छोरी लुगा धुन खोलामा गएका थिए । लुगा धुने क्रममा पानी परेपछि नजिकैको गोठमा ओत लाग्नेक्रमा चट्याङमा परेका थिए ।

Loading...