वैशाख ३० गतेसम्म समय दिएर राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न आह्वान गरेकी छन्  ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभाको विश्वासको मत गुमाएलगत्तै राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम बहुमतको सरकार गठन गर्न आह्वान गरेकी हुन् । 

सोमबार राति राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतनिधिसभाको सदस्यलाई वैशाख ३० गते बिहीबारका दिन साँझ ९ बजेभित्र प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि राष्ट्रपतिसमक्ष आफ्नो दावी पेश गर्न आह्वान गर्नुभएको छ ।’
यसअघि राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गर्नुअघि कानुनविदुहरुसँग परामर्श गरेकी थिइन् । 

Loading...