काठमाडौ । महान्यायाधिवक्ता अग्नि खरेलले आफ्नो राजीनामा दिएका छन । उनले प्रधानमन्त्रीको कानुनी सल्लाहकारको रूपमा मानिएको पदमा आफनो असन्तुष्टि दर्शाउदै राजिनामा दिएका हुन्।

पछिल्लो पटक प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बिघटन पक्षको वचाउलाइ सन्तुस्ट ढङले सर्वोच्च अदालतमा राम्ररी प्रस्तुत हुन नसकेको भन्दै खरेल प्रति असन्तुस्ट बक्त गरेका कारण उनले पदबाट राजीनामा दिएको विशेष सूत्रले जनाएको छ ।
प्रतिनिधिसभा विघटनको सन्दर्भमा उनले प्रधानमन्त्रीको निर्देश अनुसार काम गर्न नसकेको भन्दै ओली पक्षका व्यक्तिहरूबाट खरेलको आलोचना हुँदै आएको र आफ्नो अन्तरआत्मको आवाजको दबाबका कारण उनले राजीनामा दिएको खरेल निकटको भनाइ रहेको छ ।
तर उनको राजीनामा स्वीकृत गरिएको छैन । संविधानमा प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्न नपाउने उनले यस अगाडिनै बताइसकेका छन् ।

Loading...