प्रहरीले भेट्टायो झाडीमा लुकाएको तीन किलो यार्सा

गुलरिया, १९ साउन । प्रहरीले बेवारिसे अवस्थामा हिमाली जडीबुटी यार्सागुम्बा बरामद गरेको छ। प्रहरी निरीक्षक बसन्त गौतमको कमाण्डमा रहेको गस्ती टोलीले बर्दियाको बाँसगढी नगरपालिक- ५ बाट झाँडीमा राखिएको ३ हजार ५० ग्राम यार्सागुम्बा बरामद गरेको हो। पूर्वपश्चिम राजमार्गअन्र्तगत पक्की सडकको उत्तरतर्फ झाडीमा सेतो प्लाष्टिकको बोराभित्र रातो प्लाष्टिकमा सिंगो तथा टुक्रा पारी राखिएको ३ किलो ५० […]

विद्युत् बक्यौता रकम ४० करोड उठन सकेन

वीरगञ्ज, १९ साउन । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जले ग्राहकसँग रहेको रु ४० करोड बक्यौता रकम उठाउन सकेको छैन । प्राधिकरणले आफ्ना ४६ हजार ग्राहकलाई विद्युत् सेवा उपलब्ध गराउँदै आएकामा ग्राकहसँग बाँकी रहेको अझै रु ४० करोड उठाउन बाँकी रहेको केन्द्रका प्रमुख मुनीन्द्र ठाकुरले बताए । बाँकी रहेका सो बक्यौता रकम उठाउन प्राधिकरणले विद्युत् […]

आपतकालिन् कोषले आयआर्जनमा टेवा पु¥याउँदै

कञ्चनपुर, १९ साउन । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ तिलकीका मङ्गलप्रसाद चौधरीलाई ऋण खोज्नका लागि बैंक र सहकारी संस्था चहार्दै हिँडनु पर्दैन ।ऋण लिनका लागि सिफारिश र अन्य कागजात बनाउने झन्झटसमेत छैन । चाहेको बेला बिनाझन्झट ऋण पाइने गरेको छ । गाउँमै गठन गरिएको इटाहा सामुदायिक विपद् व्यवस्थापन समितिमा चौधरी आबद्ध भएपछि उनले सहजरूपमा ऋण पाउन थालेका […]

एघार वर्षपछि फर्किएको खुशी : माथिल्लो त्रिशूली थ्री ए

काठमाडौँ, १८ साउन । नेपालमा काम गर्नेभन्दा बढी गफ गर्ने र हल्ला गर्नेलाई बढी राम्रो मान्ने प्रचलन छ । यस्तो प्रवृत्तिले आम नेपालीलाई नराम्ररी गाँजेको छ । अप्ठ्यारो परेका बेला भाग्ने र सहज भएका बेला आफैले सबैभन्दा राम्रो काम गरेको भन्दै प्रचार गराउने तथा जश लिने प्रवृत्ति पनि उत्तिकै व्याप्त छ । त्यसकाविपरीत पछिल्ला दिनमा […]

पूर्वस्वीकृति नलिइ अन्तरवार्ता लिँदै गरेका बेला नै छापा मारिएपछि यस्तो वेजोग

काठमाडौँ, १८ साउन । वैदेशिक रोजगार विभागले पूर्वस्वीकृति नलिई विदेश पठाउने भन्दै अन्तरवार्ता लिइरहेको गौशालास्थित क्लासिक ओभरसिज म्यानपावर कम्पनीमा छापा मारेको छ । पूर्वस्वीकृतिबिना मलेशियाको एउटा कम्पनीमा कामदार पठाउन छनोट गरिरहेको भन्ने सूचनाका आधारमा विभागको अनुगमन टोलीले आज सो म्यानपावरमा छापा मारेको हो । सो म्यानपावर कम्पनीले विभागबाट पूर्वस्वीकृति नलिई मलेसियाको वावा सन प्याकेजिङ इन्टरप्राइजेज […]

पूँजी बजारमा चासो

Share Market

खस्यौली, १८ साउन । रुपन्देहीस्थित बुटवलमा पूँजी बजारका विषयमा चिकित्सकले पनि चासो देखाउन थालेका छन् । सफल नेपाल इन्भेष्टमेण्ट कम्पनी र लगानी स्कुलको संयुक्त आयोजनामा आज भएको शेयर बजार अभिमुखीकरणमा मेडिटेक अस्पताल बुटवलका बालरोग विशेषज्ञ डा विकास भण्डारी सहभागी भएका छन् । “मैले मेरो पेशाबाट आम्दानी गरेको रकम शेयर बजारमा लगानी गर्न चाहन्छु” उनले भने […]

नर्सरी व्यवसायबाट लाखौको नाफा र रोजगारीको अवसर

विराटनगर, १८ साउन । परिश्रम र लगनशील भएर काम गर्ने हो भने आफ्नो परिवारसहित अन्यलाई पनि रोजगार दिन सकिने उदाहरण यहाँका नर्सरी व्यवसायीले दिएका छन् । विगत ३० वर्षदेखि सञ्चालनमा आएको विराटनगर–१० स्थित ‘न्यू वाटिका नर्सरी’ का सञ्चालक शम्भुप्रसाद सिंह र उनकी धर्मपत्नी रितादेवी सिंहले आफ्नो जीवनको लामो समय नर्सरीको बोटबिरुवा हुर्काउँदै बिताएका छन् । […]

अब सहकारीले आफू खुसी ब्याज दर कायम गर्न नपाउने, तोकियो ब्याजको सीमारेखा

काठमाडौं, १७ साउन । सहकारीमा बेलगाम बनेको ब्याजदरमा लगाम लाग्ने भएको छ । अब सहकारीले आफू खुसी ब्याज दर कायम गर्न नपाउने भएका हुन् । यसअघि आफूखुसी ब्याजदर निर्धारण गर्दै आएका सहकारीलाई सरकारले पहिलोपटक निक्षेप र कर्जा दुवैको ब्याजदरको सिमा तोकिदिएको हो । बैंक तथा वित्तीय सस्थाहरुमा जस्तै अब सहकारीमा पनि ब्याजको सीमा लागू गरिएको […]

सगरमाथा राष्ट्रिय निकुञ्जमा उठ्यो १६ करोड राजश्व

सोलुखुम्बु, १७ साउन । सगरमाथा राष्ट्रिय निकुञ्जले आर्थिक वर्ष २०७५÷७६ मा १६ करोड १० लाख ६६ हजार ७२ राजस्व सङ्कलन गरेको छ । सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा आउने विदेशी तथा स्वदेशी पर्यटकबाट सो राजस्व सङ्कलन भएको हो । निकुञ्जले विदेशी पर्यटकबाट १३ करोड ७३ लाख ४३ हजार ९०६, सार्क राष्ट्रको पर्यटकबाट ३३ लाख २३ हजार […]

सुनको मूल्य अहिलेसम्मकै महङ्गो

काठमाडौँ, १७ साउन । सुनको मूल्य बढेर अहिलेसम्मकै महँगो भएको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार छापावाला सुनको मुल्य शुक्रबार आठ सय रुपैयाँले बढेर ६५ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ। यो सुनको अहिलेसम्मकै महँगो मूल्य हो । बिहीबार छापावाला सुन तोलामा ६५ हजार रुपैयाँमा कारोबार भएको थियो। यस्तै तेजाबी सुनको मूल्य तोलामा […]