चेकजाँच सरकारी अस्पतालमा, ‍‌औषधि किन्न मेडिकलमा पठाउँछन चिकित्सक

जाजरकोट । डोल्पाको ठूलिभेरी नगरपालिका ११ का पदम कार्की श्रीमती बिरामी भएर उपचारका लागि जिल्ला अस्पताल पुगे। जाँच त जिल्ला अस्पतालमै भयो तर औषधि भने नभएको बताइयो। कार्कीले मेडिकल पुगेर औषधी किने। औषधी छैन भन्दै सबै बिरामीलाई मेडिकलमा पठाएको देखेँ’, उनले भने, ‘जाँच मात्र हुने तर औषधl मेडिकलमा किन्नुपर्ने कस्तो अच्चम्म रहेछ!’ कार्की मात्र होइन […]

महानगरका लागि बसाइ सर्नेहरु पूर्ण खोपका चुनौती

काठमाडौँ, ९ माघ । काठमाडौँ महानगरपालिकाले बसाइ सरी आउने तथा जाने व्यक्तिको तथ्याङ्क अद्यावधिक हुन नसक्नुलाई पूर्ण खोप दिगोपनाको चुनौतीका रूपमा लिएको छ । काठमाडौँ महानगरपालिका खोप समन्वय समितिको मङ्गलबार बसेको बैठकले देशभित्रबाट राजधानीमा बसोेबास गर्ने न्यून आयस्रोत भएका अभिभावक तथा देश बाहिरबाट आएर बसोबास गर्ने अभिभावकका बालबालिकाको तथ्याङ्क लिन नसक्नु पूर्ण खोपका लागि चुनौती […]

सञ्चार सुविधा दिएर स्वास्थ्य स्वयंसेविका परिचालन गरिदै

काठमाडौँ, ७ माघ । तारकेश्वर नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई सञ्चार सुविधा दिने भएको छ । सूचनाहरु छिटोछरितो पु¥याउन सकियोस् भन्ने उद्देश्यले नगरपालिकाका ११ वटै वडाका १४२ स्वास्थ्य स्वयंसेविकालाई रिचार्ज कार्डका लागि दुई हजार ५०० का दरले रकम वितरण गरिएको नगर स्वास्थ्य प्रमुख अरुणकुमार गिरीले बताए । साथै प्रत्येक वडाका एक महिला स्वास्थ्य स्वयंसेविकालाई एक सेट […]

दुर्गम क्षेत्रमा निःशुल्क आँखा उपचार गर्न फत्तेबालको साझेदारी

बाँके, ८ माघ । बाँके र बर्दिया जिल्लालाई अन्धोपनमुक्त बनाउने उद्देश्यले फत्तेबाल आँखा अस्पताल, नेपालगञ्जले विभिन्न निकायसँग साझेदारी गरिहरहेको छ । अस्पतालले दुई जिल्लाका ग्रामीण तथा दुर्गम क्षेत्रमा निःशुल्क आँखा उपचार तथा सहुलियतसहितको मोतिविन्दु छनोट शिविर सञ्चालन गरिरहेको जनाएको छ । स्थानीय निकाय, विभिन्न सङ्घसंस्था, बंैक, सहकारी, प्रहरी, सेना, पेशागत सङ्गठन, समाजसेवी, उद्योगी, व्यवसायीलगायतसँग सहकार्य […]

स्वास्थ्य अवस्था निकै गम्भीर बनेपछि सेनाको नाइटभिजन हेलिकोप्टरबाट काठमाडौ ल्याइए डा. केसी

काठमाडाैं । इलाममा अनसन बसेका डा. गोविन्द केसीको स्वास्थ्यस्थिति गम्भीर बनेपछि नेपाली सेनाको नाइटभिजन हेलिकोप्टरबाट रातारात काठमाडौं ल्याइएको छ । निमोनियाबाट पीडित भएका डा केसीलाई राती नै गएको नेपाली सेनाको नाइटभिजन हेलिकोप्टरले आज बिहान ३ बजे काठमाडौं ल्याएको हो। डा. केसी संसदमा पेस भएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकप्रति असहमति जनाउँदै इलाममा गएर अनशन बसेका थिए […]

बेसार क्यान्सर लगायत धेरै रोगको औषधी

बेसार गाउँघरमा सजिलै पाइन्छ । धेरैले खानामा बेसार प्रयाेग गरे पनि याे एक राम्राे औषधी पनि हाे भन्ने थाहा छैन । एक अध्ययनबाट बेसार धेरै राेगकाे राम्राे औषधी हाे भन्ने पत्ता लागेकाे छ । औषधिको सूचिमा बेसार सबैभन्दा पहिला आउँछ । अध्ययनले बेसार अल्जाइमर, पार्किन्सन र साइक्लोरासिस, क्यान्सर जस्ता विभन्न रोगको प्रभावकारी उपचार हो भन्ने […]

आयातितभन्दा स्वदेशमा उत्पादित औषधिको मूल्य आठ गुणासम्म महँगो

काठमाडौं । सरकारले औषधि बजारमा प्रभावकारी अनुगमन नगर्दा उपभोक्ता चर्को मूल्य तिर्न बाध्य भएका छन्। औषधि व्यवस्था विभागले औषधिको उचित मूल्य निर्धारण नगर्दा विदेशबाट आयातितभन्दा स्वदेशमा उत्पादित औषधिको मूल्य आठ गुणासम्म महँगो पर्न गएको छ। विदेशबाट आयातित र स्वदेशमै उत्पादित १३ वटा एउटै ‘जेनेरिक’ नाम एवं ‘थेरापी’ भएको औषधिको मूल्यको तुलनात्मक अध्ययन गर्दा नेपाली औषधि […]

औषधिको प्रभावकारिता रगतमा मापन गरिने

काठमाडौं । औषधिको गुणस्तरमै प्रश्न उठ्न थालेपछि अब बजारमा आउने औषधिको प्रभावकारिता स्वस्थ मानिसको रगतमा मापन गरिने भएको छ । गुणस्तरीय भनिएका औषधिले शरीरभित्र प्रभावकारी काम नगरेपछि रगतमै प्रभावकारिता मापन गर्न लागिएको हो । ‘यसअघि औषधिको गुणस्तर मात्रै मापन हुँदै आएको थियो । अब औषधिले शरीरभित्र कति काम गर्छ भन्ने पुष्टि गर्न रगतमा प्रभावकारिता मापन गरिन्छ । राम्रो प्रभाव […]

पलाता आगलागी पीडितलाई फिल्डमै पुगेर उपचार गर्न जनस्वास्थ्यकर्मी महासंघको अाग्रह

काठमाडौं । कालिकोटको पलातामा भएको आगलागीप्रति अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघले दुख व्यक्त गरेको छ । साथै आगलागीपिडित जनतासँग आफ्नो सङ्गठन सँगसँगै रहेको र बिपत्तिमा सहयोग गर्न तयार रहेको बताएको छ । नेपाल कम्युनिष्ट पार्टीनिकट जनस्वास्थ्यकर्मी महासंघका केन्द्रीय अध्यक्ष चिरन्जीवीले बुधबार एक विज्ञप्ति सार्वजनिक गर्दै यस दुखद घडीमा पलाताका अग्नि पिडितसँग आफ्नो सङ्गठन सँगसँगै रहन र […]

तीन हजार आँखाका बिरामीको शल्यक्रिया

राजविराज । सप्तरीको कञ्चनरुप नगरपालिका– १२ स्थित रुपनगरमा छ दिनसम्म सञ्चालन भएको निःशुल्क आँखा शिविरबाट करीब तीन हजार १६६ जनाको आँखा परिक्षण गरिएको छ । कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्र कञ्चनरुपको आयोजना तथा तिलगङ्गा आँखा प्रतिष्ठानको सहयोगमा सञ्चालित उक्त शिविरमा एक हजार २५ जनामा मोतीयाबिन्दु भेटिएको र सबैको निःशुल्क शल्यक्रियासमेत गरिएको उपचार केन्द्रका प्रमुख डा […]