पर्सामा थप २१ जना कोरोनामुक्त, अस्पतालबाट फर्किए घर

काठमाडौं । पर्साको वीरगन्ज महानगरपालिकाका २१ संक्रमित कोरोना जितेर घर फर्किएका छन् । नारायणी अस्थायी कोभिड अस्पतालबाट गएराती साढे १० बजे २१ जना कोरोना संक्रमित निको भएर घर फर्किएका हुन् । नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायका अनुसार पछिल्लो दुईवटा पीसीआर रिर्पोट नेगेटिभ आएपछि २१ जनालाई डिस्चार्ज गरिएको हो । डिस्चार्ज हुनेमा ४ […]

थप १३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १३४ पुग्यो

काठमाडौं । नेपालमा थप १३ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टि भएको छ । राष्ट्रिय प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । थप १३ जनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा संक्रमितको संख्या १ सय ३४ पुगेको हो । सोमबार मात्रै नेपालमा २४ जना कोरोना संक्रमित थपिएका छन् । यसअघि […]

ओजोनमा परेको अहिलेसम्मकै ठूलो प्वाल आफैं टालियो

काठमाडौं । वायुमण्डलको ओजन तहमा रहेको सबैभन्दा ठूलो प्वाल आफैं टालिएको छ । पृथ्वीको ध्रुवीय क्षेत्र माथिको आकाशमा रहेको ओजन तहको प्वाल बन्द भएको हो । मार्चको अन्त्यतिर कोपर्निकस एटमस्फेयर मनिटरिंग सर्भिसका वैज्ञानिकहरुले उत्तरी गोलार्ध माथिको वायुमण्डलको ओजन तहमा अहिलेसम्मकै ठूलो प्वाल देखेका थिए । ओजन तहको उक्त प्वालको आकार लगभग ग्रिनल्याण्डको क्षेत्रफल जत्रै थियो […]

ब्लुटूथ सिग्नल प्रयोग गरी एप्पल र गुगलले संयुक्त रुपमा कोरोना कन्ट्याक–ट्रेसिङ्ग एप्लिकेशन बनाउँदै

काठमाडाैं । एप्पल र गुगलले संयुक्त रुपमा कोरोना भाइरस ट्रेस सम्बन्धी प्रविधि बनाउने भएका छन्। कोरोना भाइरसको संक्रमण भएका व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान गर्नका लागि गुगल र एप्पल मिलेर ट्रेस प्रविधि बनाउने भएका हुन् । उनीहरुले कन्ट्याक–ट्रेसिङ एप्लिकेशन बनाउने भएका हुन् । स्मार्टफोनको ब्लुटुथ सिग्नलका आधारमा पहिचान गरी हालै कोरोना भाइरस संक्रमितको सम्पर्कमा आएका […]

अमेरिकामा ५०० नेपालीमा कोरोनाको सङ्क्रमण, एकै दिन चार जनाको मृत्यु

न्युयोर्क । अमेरिकाको न्युयोर्कमा रहेका चारजना नेपालीको शनिबार कोरोनाका कारण निधन भएको छ। यस अगाडि ५० वर्षीय अनिल लिम्बूको निधन भएको थियो। योसँगै अमेरिकामा कोरोनाका कारण निधन हुनेको सङ्ख्या पाँच पुगेको छ। शनिबार अरू चारजनाको निधन भएको हो। यसरी निधन हुनेमा ४० वर्षीय सोनाम लामा, ४८ वर्षीय थोक्मे बिष्ट, निमा टेम्बा शेर्पा र अजयमान छोचु […]

कोभिड–१९ः अस्पताल जान नहत्तारिऔँ, घरमै बसि यी नम्बरबाट परामर्श लिन डाक्टरहरुको अनुरोध

चितवन, १० चैत । यदि स्वास्थ्यमा कुनै समस्या आएमा अस्पताल जान नहतारिनुहोला । अब विशेषज्ञ चिकित्सकसँग मोबाइलमा फोनमा कुराकानी गरेर उचित परामर्श र सल्लाह लिन सकिन्छ । यसका लागि जिल्लाका १० विशेषज्ञ चिकित्सकले आफ्नो सेवा प्रदान गर्न शुरुआत समेत गरेका छन् । नेपाल चिकित्सक सङ्घ चितवनका अध्यक्ष डा प्रकाश खतिवडाका अनुसार विशेषज्ञ चिकित्सक मध्ये जुन […]

स्मार्टफोनको बिक्री हुनै छाड्यो, बिक्रीमा इतिहासकै उच्च गिरावट

कोरोना भाइरसको महामारीका कारण स्मार्टफोन बजारमा देखिएको मन्दीले रेकर्ड कायम गरेको छ । विश्व बजारमा स्मार्टफोनको बिक्रीमा अहिले देखिएको गिरावट स्मार्टफोनको आविष्कार भएयताकै सबैभन्दा उच्च गिरावट हो । अनुसन्धान संस्था स्ट्राटेजी एनालिटिक्सका अनुसार गत फेब्रुअरी महिनामा विश्व बजारमा स्मार्टफोनको बिक्रिमा गत वर्षको सोही महिनाको तुलनामा ३८ प्रतिशतले गिरावट आएको छ । स्मार्टफोनको सबैभन्दा ठूलो बजारको […]

स्पेनबाट फर्किने नेपाली अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने

काठमाडौं, ३० फागुन । स्पेनबाट फर्किने नेपालीहरूले अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड–१९)  स्पेनमा पनि तीव्र फैलिरहेकाले त्यहाँबाट फर्किने नेपालीले अनिवार्य क्वारेन्टाइनमा रहनुपर्ने भएको हो । म्याड्रिडस्थित नेपाली दूतावसले एक सूचना जारी गर्दै स्पेनमा रहेका नेपाली घर फर्किए क्वारेन्टाइनमा बस्नु पर्ने व्यवस्था गरिएको जनाएको छ । साथै दूतावासले नेपाल फर्किने भिसा […]

निगमद्धारा जारी सूचना, ग्याँसको अभाव हुँदैन

काठमाण्डौं, २६ फागुन । बजारमा खाद्यान्न तथा ग्यासको कृतिम अभाव देखिएपछि नेपाल आयलनिगमले सूचना जारी गरेरै ग्याँसको अभाव नहुने बताएको छ । निगमले एल।पि ग्याँस उपभोगको औषत मासिक खपत परिणाम ३८,००० मेट्रिक टन रहेकोमा बजारको बढ्दो मागलाई ध्यानमा राखी यसै महिनादेखि निगमले ४५,००० मेट्रिक टनका दरले आपूर्ति हुने व्यवस्था मिलाइएको निगमले जनाएको छ । बजारको […]

कोरोना त्रास: ‘भक्तपुर महोत्सव’ स्थगित

भक्तपुर, २३ फागुन । भक्तपुर नगरपालिकाले घोषणा गरेको ‘भक्तपुर महोत्सव’ स्थगित भएको छ । नोभेल कोरोना भाइरस ९कोभेड १९० का कारण महोत्सव स्थगित भएको हो । चैत ४ देखि ८ गते सम्म ‘भक्तपुर महोत्सव’ गर्ने निर्णय गरेको भक्तपुर नगरपालिकाले छुट्टै सचिवालय समेत बनाइ तयारी तीब्र बनाएको थियो । गौतम लासिवाको नेतृत्वमा बनाइएको सचिवालयले महोत्सवको आधा […]