देशभर ३५५६ जना नयाँ संक्रमित थपिदा, २१३९काठमाडौंका

काठमाडौं, २७ असोज । मंगलबार नेपालमा ३५५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका प्रयोगशालामा १५५७७ नमूना परीक्षण गरिएको जानकारी दिएको छ । मंगलबार संक्रमित भएका ३५५६ संक्रमितमध्ये २१३९ जना काठमाडौंका रहेको मन्त्रालयले जानकारी दिएको छ । यससँगै नेपालमा कूल संक्रमितको संख्या १ लाख १५ हजार ३५८ पुगेको छ […]

पौडी खेल्ने क्रममा फेवातालमा बेपत्ता भएका युवाको शव भेटियो

काठमाडौं, २७ असोज । कास्कीको पोखरास्थित फेवातालमा पौडी खेल्ने क्रममा बेपत्ता एक युवाको शव भेटिएको छ। सोमबार पौडी खेल्ने क्रममा बेपत्ता भएका धादिङका २२ वर्षीय युवाको शव मंगलबार सशस्त्र प्रहरीको टोलीले फेला पारेको हो। युवक डुबेर बेपत्ता भएको घटनाबारे जानकारी पाउना साथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २४ गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक गणेश आचार्यको […]

अन्तरप्रदेश चल्ने सवारी साधनको जाँच पास अब भिएफटिसीबाट

काठमाडौँ । विगतमा यातायात व्यवस्था कार्यालयबाट हुँदै आएकामा अन्तरप्रदेश चल्ने सवरी साधनको जाँच पास, रुट इजाजतको काम भेहिकल फिटनेस टेस्ट सेन्टर (भिएफटिसी) बाट गरिने भएको छ । कार्यालय हाल प्रदेश सरकारअन्तर्गत छ भने केन्द्र सङ्घीय सरकारअन्तर्गत छ। सरकारले प्रदेश सरकारलाई यातायात व्यवस्था कार्यालय हस्तान्तरण गरेको झण्डै दुई वर्षपछि आफ्नो कार्यक्षेत्रको काम गर्न लागेको हो। संविधानअनुसार […]

खेतका गह्रा सम्याउने क्रममा विवाद हुँदा दुई घाइते

बझाङ । बझाङको बित्थडचिर गाउँपालिका– ६, भाडिकामा खेतका गह्रा सम्याउने क्रममा स्थानीयवासीबीच भएकाे विवादले झडपकाे रुप लिँदा दुईजना गम्भीर घाइते भएका छन्। घाइते हुनेमा बित्थडचिर –६ का चन्द्रसिंह स्याँडा र लालु स्याँडा छन्। उनीहरु दुवैलाई सोमबार अपराह्न स्थानीयवासी राम नाथले खेत निर्माणका क्रममा आफ्नो जमिनमा माटो फालेको भनी हँसिया प्रहार गरी गम्भीर घाइते बनाएका हुन्। […]

सोमवार फेरि बढे संक्रमित, ४ हजार ४७ जनामा संक्रमण पुष्टि

काठमाडौं, २६ असोज । नेपालमा कोरोना संक्रमणको दर फेरि बढेको छ । सोमवार २४ घण्टामा ४०४७ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शनिवार पाँच हजार नाघेको संक्रमण आइतबार भने २ हजारा झरेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार देशभरका प्रयोगशालामा १४५३० नमूना परीक्षण गर्दा १५६५ महिला र २४८२ पुरुषमा संक्रमण पुष्टि भएको […]

बेलायतबाट छोराको मृत्यु संस्कारमा भाग लिन आएका बुवाको पनि कोरोना संक्रमणले मृत्यु

धरान । धरान उपमहानगरपालिका वडा नं १५ मा होम आइसोलेशनमा बसेका एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । झण्डै ७० वर्षीय उनको सोमबार बिहान घरमा नै मृत्यु भएको हो । उपमहानगर स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बेलायत जानका लागि एक साताअघि बिपी प्रतिष्ठानमा शुल्क तिरेर पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको जानकारी दिए । […]

लिमीमा पुग्ने भयो तीन सय क्वीन्टल चामल

हुम्ला । हिमालपारीको गाउँ हुम्लाको नाम्खा गाउँपालिका वडा नं ६ लिमीको तीन गाउँमा नेपाल खाद्य तथा ब्यापार कम्पनी लिमिटेड, हुम्लाले तत्काल तीन सय क्वीन्टल चामल दिने भएको छ । यसबाट डेलिगेसनमा आएका लिमी गाउँका बासिन्दाहरू खुशी भएका छन् । कोरोना महामारीले उत्तरी नाका हिल्छा र लाप्चाबाट लिमी गाउँमा बन्दोबस्तीमा सामानहरू आपूर्ति गर्न गराउन समस्या भएपछि […]

आइतबार २४ घन्टामा थपिए २०७१ जना कोरोना संक्रमित, उपत्यकामा मात्र १४१६

काठमाडौं, २५ असोज । शनिवार संक्रमणले उच्च अंक लिएको नेपालमा आइतबार भने कम संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा आइतबार २०७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आइतबार संक्रमितको संख्या पाँच हजार नाघेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका प्रयोगशालामा १२,४२७ नमूना परीक्षण गर्दा ७०२ महिला र १२६९ पुरुषमा संक्रमण देखिएको […]

कोरोना संक्रमणबाट नेपालमा एकै दिन २९ जनाको मृत्यु

काठमाडौं, २५ असोज । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट २९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अस्पतालहरुबाट प्राप्त विवरणअनुसार काठमाडौंका ५, सुनसरी र रुपन्देहीका ४/४, चितवनका ३, भक्तपुर र बाँकेका २/२ जना तथा ललितपुर, काभ्रे सिन्धुपाल्चोक, नुवाकोट, सप्तरी,सुर्खेत, कैलाली र धनकुटाका एककक जनाको मृत्यु भएको हो । यस्तै चितवनको भरतपुरमा ठेगाना […]

शनिवार हालसम्मकै धेरै ५००८ जना संक्रमित भेटिए

काठमाडौं, २४ असोज । नेपालमा कोरोनाको संक्रमण झन्पछि झन उकालो लाग्ने थालेको छ । केही दिन अघिसम्म २ हजार वरिपरिका दरले बढ्ने संक्रमण शनिवार ह्वात्तै बढेर पाँच हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुशार शनिवार ५००८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १९३२० नमूना परीक्षण […]