तिलगङ्गा आँखा प्रतिष्ठानको फड्को, डब्लुएचओ समन्वय केन्द्र मान्यता पायो

काठमाडौँ, ६ साउन । नेपालको आँखा स्वास्थ्य सेवा, शिक्षा, तालीम, जनशक्ति उत्पादन तथा अनुसन्धानका क्षेत्रले अन्तरराष्ट्रियस्तरमा ऐतिहासिक फड्को मारेको छ । छोटो अवधिमा तिलगङ्गा आँखा प्रतिष्ठानले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) बाट ‘डब्लुएचओ समन्वय केन्द्र’को मान्यता प्राप्त गरेसँगै नेपालले आँखाका ती क्षेत्रमा ऐतिहासिक उपलब्धि हात पारेको छ । आँखाका क्षेत्रमा यसरी मान्यता पाउने प्रतिष्ठान पहिलो संस्था […]

बच्चालाई खुवाउने दुध सक्कली वा नक्कली हो भन्ने छुट्टयाउने सरल र प्रभावकारी तरिका

काठमाडाैं । हरेक अभिभावकले आफ्नो बालबच्चाको स्वास्थ्य निकै राम्रो होस भन्ने चाहन्छन् । आफ्ना साना बालबच्चालाई रोगबाट बचाउन, तन्दुरुस्त राख्न र स्वस्थ बनाइराख्नका लागि अभिभावकहरु निकै चिन्तित हुन्छन् । बच्चाले खाना खाएन भनेर अधिक चिन्ता अभिभावकको हुन्छ । हरेक अभिभावकले बच्चालाई सधै बिहान दुध खुवाउँछन । तर, अचेल दुध नै नक्कली र मिसावटयुक्त हुने गरेकाले […]

नेपाल विधि विज्ञान प्रयोगशालाका लागि भवन नै छैन

काठमाडौँ, ६ साउन । अपराधका घटनामा वैज्ञानिक परीक्षणका लागि स्थापना भएको नेपाल विधि विज्ञान प्रयोगशालाका लागि छुट्टै भवन छैन । यसअघि नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) अन्तर्गत रहेको प्रयोगशाला अहिले स्वायत्त संस्थाको रुपमा छ । सरकारले प्रयोगशालाका लागि आवश्यक दरबन्दीको व्यवस्था गरिसकेको प्रयोगशालाका निमित्त कार्यकारी निर्देशक वीरेन्द्रराज शाक्यले बताए । तर जनशक्तिलाई काम गर्नका […]

सुर्खेतमा पाँच स्वास्थ्य प्रयोगशालामा अबैध भन्दै शिलबन्दी

सुर्खेत, ६ साउन । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा अवैधरुपमा सञ्चालन हुँदै आएका पाँच प्रयोगशालामा शिलबन्दी गरिएको छ । जिल्ला प्रशासन कार्यालयको सहकार्यमा प्रदेश जनस्वास्थ्य प्रयोगशालाको नेतृत्वमा गएको संयुक्त टोलीले आइतबार पाँच प्रयोगशालामा शिलबन्दी गरेको थियो । गत असार १९ र २० गते केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा रुणा झा नेतृत्वको टोलीले सुर्खेतमा सञ्चालित प्रयोगशालाको […]

महीनामा एक पटक कलेजो प्रत्यारोपण गर्ने

काठमाडौँ, ५ साउन । त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालले पहिलो चरणमा महीनामा एकपटक कलेजो प्रत्यारोपण गर्ने लक्ष्य लिएको छ । अस्पतालका प्रा डा रमेशसिंह भण्डारीको नेतृत्वमा गत जेठ १७ मा पहिलो र यही साउन ३ गते दोस्रो कलेजो प्रत्यारोपण कार्य सम्पन्न भएको थियो । “कलेजो उपचार तथा प्रत्योपणका लागि विदेश जाने बाध्यतालाई अन्त्य गर्ने लक्ष्य रहेको […]

जंगली च्याउ खाँदा तीन परिवारका १२ जना बिरामी

उदयपुर, ५ साउन । जंगली च्याउ खाँदा उदयपुरमा १२ जना विरामी भएका छन् । उदयपुरका २ छुट्टाछुटै स्थानमा जंगली च्याउ खाएर ३ परिवारका १२ जना बिरामी भएका हुन् । त्रियुगा नगरपालिका–९ राजावासमा १ परिवारका ५ जना र कटारी नगरपालिका–४ सिसाघारीका दुई परिवारका ७ जना बिरामी भएका हुन् । शनिबार दिउँसो १ बजेको समयमा जंगली विषालु […]

कतै तपाईलाई गम्भीर रोगले च्याप्दै त छैन: क्लोस्ट्रोल के हो ? क्लोस्ट्रोल भएको कसरी थाहा पाउने ?

काठमाडाैं । पछिल्लो समय हाम्रो खानपीन र जिवनशैलीका कारण हृदयघात जस्ता प्राणघातक रोग बढ्दै छन् । शरीरमा प्रवाह हुने रगतमा देखिने खराब बोसो, जसलाई क्लोस्टोलको नामले चिनिन्छ र यसको मुख्य काम भनेको ह्रृदयघात बनाउनु हो । मानिसको अकालमा ज्यान जान सक्ने रगतमा हुने खराब बोसोलाई बेलैमा पहिचान गराउन सकियो भने हृदयघातबाट बच्न सकिने सम्भावना हुन्छ […]

१०८ जनाले गरे रक्तदान

भक्तपुर, ४ साउन । नेपाल रेडक्रस सोसाइटी दुवाकोट शाखाले आज आकस्मिक रुपमा आयोजना गरेको रक्तदानमा १०८ जनाले रक्तदान गरेका छन् । रेडक्रसको नेतृत्वमा स्थानीय विभिन्न सङ्घसंस्थाको समन्वयमा भएको कार्यक्रममा ७५ पुरुष र ३३ महिलाले रक्तदान गरेको शाखाका सभापति सोम प्रधानले जानकारी दिए । कार्यक्रममा २८ ले मृत्युपर्यन्त अङ्गदान गरेको र १८ ले आँखा दान गरेको […]

एकै दिनमा मन्त्री ज्ञवालीसहित १४ जनाले गरे अङ्गदान

भक्तपुर, ३ साउन । परराष्ट्रमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य प्रदीपकुमार ज्ञवाली दम्पतीले आफ्ना शरीरका विभिन्न अङ्ग मृत्युपपछि जुनसुकै बिरामीलाई प्रत्यारोपण गर्नेगरी अङ्गदानको घोषणा गरेको छ । शहीद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रमा आज आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँहरूले अङ्गदानको घोषणा गर्नुभयो । ज्ञवाली दम्पतीले मृत्युपश्चात् मिर्गौला, मुटु, फोक्सो, कलेजो, प्याङक्रियाज र सानो […]

जुम्लामा परम्परागत सोचाइ, अन्धविश्वास र रूढीवादी परम्परा कारण महिला अझै घरमै सुत्केरी हुन बाध्य

खलङ्गा, ३ साउन । जुम्लाको पातारासी गाउँपालिकाका ४५ प्रतिशत महिला अझै घरमा सुत्केरी हुने गरेका छन् । परम्परागत सोचाइ, अन्धविश्वास र रूढीवादी चिन्तनका कारण महिला अझै घरमै सुत्केरी हुने गरेका हुन् । करीब ५५ प्रतिशत महिला स्वास्थ्य संस्थामै आएर सुत्केरी हुने गरेको उक्त गाउँपालिकाको स्वास्थ्य शाखा सहसंयोजक रतन बुढथापाले बताए। स्वास्थ्य चौकीमा आएर सुत्केरी गराएमा […]