भूकम्पले भत्काएको विद्यालय भवन पुनर्निर्माण गरि हस्तान्तरण

भक्तपुर, १८ साउन । सूर्यविनायक नगरपालिका–५ मा रहेको कटुञ्जे आधारभूत विद्यालय भवन शुक्रबार हस्तान्तरण गरिएको छ । २०७२ सालको विनाशकारी भूकम्पले क्षति भएको उक्त विद्यालय भवन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले निर्माण सम्पन्न गरेपछि शुक्रबार विद्यालयलाई भवन हस्तान्तरण गरेको हो । विद्यालयमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले नयाँ भवनको उद्घाटन गरे । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला […]

साविक उमावि शिक्षकहरुको स्थायित्वको लागि सडक संघर्ष गर्ने चेतावनी

काठमाडौं । एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले साविक उच्च माध्यमिक शिक्षकहरुको न्यायका लागि सडक संघर्ष गर्ने बताएका छन् । कक्षा ११ र १२ मा अध्यापन गर्ने शिक्षकहरुको स्थायी व्यवस्थापन नभएसम्मका लागि आफूहरुले सडक संघर्ष गर्ने अधिकारीले स्पष्ट पारेका हुन् । साविक उच्च माध्यमिक शिक्षक युनियन(हिस्टुन)ले शुक्रवार आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै युएण्टो […]

अनेकाै किचलोको भूमरीमा सुदूरपश्‍चिम विश्‍वविद्यालय

कञ्चनपुर, १७ साउन । कञ्चनपुरको भीमदत्तनगरस्थित सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालयका कर्मचारीले रजिष्ट्रारको सरकारी निवासमा बसेर कार्यालयको अत्यावश्यक काम गर्दै आएका थिए। विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तीन महीनाअघिदेखि तालाबन्दी गरिरहेको नेपाल विद्यार्थी सङ्घले कर्मचारी रजिष्ट्रारको निवासबाट कार्यालयको कामकाज भइरहेको थाहा पाउनासाथ गत सातादेखि निवासमै तालाबन्दी गर्न पुगे। सुदूरपश्चिम विश्वविद्यालयका तत्कालीन उपकुलपति प्रा भूषण श्रेष्ठ र रजिष्ट्रार द्विजराज […]

छात्रवृत्तिमा अध्ययन गरेकालाई कडाइ गर्दै सरकार : परिचालन गर्न गठन गरियो समिति

काठमाडौँ, १७ साउन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छात्रवृत्तिमा उच्च शिक्षा अध्ययन गरेका विद्यार्थीलाई परिचालन गर्ने सम्बन्धमा अध्ययन गर्न समिति गठन गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आज मन्त्रिस्तरीय निर्णय गर्दै विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष डा भीमप्रसाद सुवेदीको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको हो । समितिले आंशिक तथा पूर्ण छात्रवृत्तिमा […]

सम्पत्ति विवरण नबुझाउने शिक्षकलाई कडा जरिवाना गरिँदै

काठमाडौं, १७ साउन । तोकिएको समयमा सम्पत्ति विवरण बुझाउन अटेरी गर्ने नवलपरासीका २१४ शिक्षक जरिवानामा परेका छन् । आर्थिक वर्ष २०७४/७५ को सम्पत्ति विवरण नबुझाउने २१४ शिक्षकलाई कारवाहीस्वरुप जरिवाना तिर्न आग्रह गरिएको शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । कार्यालयले ती शिक्षकहरूलाई प्रतिशिक्षक पाँच हजारका दरले अविलम्ब जरिवाना दाखिला गर्न आग्रह […]

शिक्षक लाईसेन्स : सबै विषयका लागि उपयोगी माध्यामिक तह द्वितीय पत्र ‘पेसागत ज्ञान’ सम्बन्धी प्रश्नोत्तर

काठमाडौँ, १७ साउन । शिक्षक लाईसेन्सको तयारी गरिरहेकाहरुको आवश्यकतालाई मध्यनजर गर्दै हामीले विभिन्न विषयहरुको सम्भावित वस्तुगत विषयगत नमुना पश्नहरुको संगालो ल्याउने गरेका छौँ । शिक्षक सेवा आयोगद्वारा संसोधन तथा परिमार्जन गरिएको शिक्षकको अध्यापन अनुमतिपत्र परिक्षाको नयाँ ढाँचा अनुसार पहिलो पत्र (खण्ड क) विषयगत ज्ञान वस्तुगत (बहुबैकल्पिक)मा ४० अङ्क र (खण्ड ख ) शिक्षण सहजीकरण प्रक्रिया […]

कक्षा १२ को ग्रेड वृद्धि गर्ने सम्बन्धी यस्तो व्यवस्था : हेर्नुस् सूचना

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धिमा सहभागी हुन सूचना प्रकाशन गरेको छ । बढीमा दुई विषयको लागि ग्रेड वृद्धिको अवसरसहित बोर्डले परीक्षा सम्बन्धी सूचना प्रकाशन गरेको हो । बोर्डले ग्रेड वृद्धिको परीक्षामा सामेल हुन चाहने विद्यार्थीले दुई विषयमा मात्र ग्रेड वृद्धिको अवसर प्राप्त गर्ने तर त्यसका लागि पनि अन्य विषयमा आवश्यक ग्रेड प्राप्त […]

शिक्षक लाईसेन्स विज्ञापनको फारम भरेकाले अनलाइनबाटै प्रवेश पत्र प्रिन्ट गर्न पाउने

काठमाडौं । शिक्षक सेवा आयोगले पहिलोपटक अनलाइनबाट फारम भर्ने गरी खुलाएको शिक्षक लाइसेन्सको विज्ञापनको परीक्षाका लागि प्रवेशपत्र पनि अनलाइनबाटै वितरण गर्ने भएको छ । आयोगले अनलाइनबाटै परीक्षार्थीले आफै प्रवेशपत्र निकाल्न मिल्ने गरी तयारी गरिरहेको जनाएको छ । आयोगले परीक्षाका लागि परेका आवेदन सिस्टममा राख्ने काम भइरहेको र त्यसलाई एकपटक परीक्षार्थीलाई रिभ्यु गर्न दिने र ठीक […]

खुला तर्फको निमावि तहको नतिजा केही दिनमै

१६ साउन, काठमाडौं । शिक्षक सेवा आयोगले केहि दिनमै खुला तर्फको निम्न माध्यमिक तहको अन्तिम नतिजा सार्वजनिक गर्ने भएको छ । हाल जिल्लाबाट आएका व्यक्तिगत फाइलहरुको इन्ट्री सकेर रुजु गर्ने काम पनि अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ । रुजुको काम सकिएलगत्तै अन्तिम नतिजा सार्वजनिक हुने आयोगले स्पष्ट पारेको छ । ‘जिल्लाबाट आएका फाइलहरु इन्ट्री […]

शिक्षक लाईसेन्स : निम्न माध्यामिक तहको विज्ञान विषयको वस्तुगत प्रश्न

काठमाडौँ , १६ साउन, काठमाडौँ । शिक्षक लाईसेन्सको तयारी गरिरहेकाहरुको आबश्यकतालाई मध्यनजर गर्दै हामीले विभिन्न विषयहरुको सम्भावित वस्तुगत, विषयगत नमुनापश्नको संगालो ल्याउने गरेका छौँ । पाठ्यक्रम अनुसार पहिलो पत्रको अङ्कभार ६५ कायम गरिएको छ । सम्बन्धित विषयक्षेत्रको पाठ्यवस्तु परीक्षण गर्न ४० नम्बरको ४० वटा (बहुवैकल्पिक) प्रश्न रहनेछन् र शिक्षण सिकाइका तौरतरिका (विधि), सिकाइमा सूचना तथा […]