पारसको कीर्तिमानी शतकसँगै नेपालको शानदार जित

काठमाडौं,११ असोज। पारस खड्काको कीर्तिमानी शतकसँगै नेपालले सिंगापुरलाई ९ विकेटले हराएको छ र त्रिकोणात्मक सिरिजमा पहिलो जित हात पारेको छ । सिंगापुरले दिएको १५२ रनको लक्ष्य नेपालले १६ ओभरमा मात्र एक विकेट गुमाएर भेट्टायो । नेपालले पहिलो विकेट भने यस्तैमा गुमाएको थियो । इशान पाण्डे मात्र ५ रनमा आउट भए, जतिबेला टिमको स्कोर ९ रन […]

दुर्घटनामा प्रहरी नायब निरीक्षकको मृत्यु

फिक्कल, ११ असोज । सवारी दुर्घटनामा परी इलाममा एक प्रहरीको मृत्यु भएको छ । आज दिउँसो इलामको बरबोटे–सुम्बेक सडकखण्डकोे छाँगेमा को १ ब २२८८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा इलाम नगरपालिका–५ बरबोटेमा कार्यरत प्रहरी नायब निरीक्षक रवि मगरको मृत्यु भएको हो । इटहरी उपमहानगरपालिका–१ सुनसरी स्थायी घर भएका प्रहरी नायब निरीक्षक मगर आफैंले चलाएको मोटरसाइकल दुर्घटना […]

मिडियाले नेताको हालत बनाएको भन्दै प्रचण्डले मिडियासँग मागे न्याय, टिभी हेर्नै छाडेको जानकारी

काठमाडौं, ११ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिडिया न्यायाधिश बनेको टिप्पणी गरेका छन् । पछिल्लो समय नेपाली मिडियाले समाजमा ठूलो प्रभाव पारेको उल्लेख गर्दै मिडियासँग उनले न्याय पनि मागेका छन् । राजधानीको दरवारमार्गस्थित होटल अन्नपूर्णमा दैनिक अनलाइनको सुभारम्भ कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सो टिप्पणी गरेका हुन् । नेकपाका महासचिव बिष्णु […]

ज्ञानेन्द्र शाहीमाथि निर्घात कुटपिट, गाडी समेत तोडफोड

चितवन, ११ असोज । भ्रष्टाचारविरोधी अभियन्ताका रुपमा देखिएका ज्ञानेन्द्र शाहीमाथि निर्घात कुटपिट भएको छ । चितवनमा आयोजना गरिएको एक कार्यक्रममा गएका शाहीमाथि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ताहरुले शाहीमाथि निर्घात कुटपिट गरेका हुन । शाही ‘नेपालका लागि नेपाली’ अभियानमा सक्रिए छन । उनले पछिल्लो समय सरकारका विभिन्न तहमा भएका भ्रष्टाचार र बेरुजुहरुको भण्डाफोर गर्दै […]

प्रदेश ३ मा रु २० अर्ब खर्च

हेटौँडा, ११ असोज । प्रदेश ३ सरकारले आर्थिक वर्ष २०७५÷७६ मा विनियोजन गरेको ३४ अर्बमध्ये २० अर्ब छ करोड खर्च भएको जनाएको छ । प्रदेश ३ को आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार खर्च भएको रकममध्ये ८०.६९ प्रतिशत चालु खर्च र ४७.७७ प्रतिशत पूँजीगत खर्च रहेको बताइएको छ । साथै प्रमुख आर्थिक वृद्धिसँगै सम्बन्धित मन्त्रालयको […]

असुरक्षित गर्भपतन गराउने बढे

रुपन्देही, ११ असोज । सरकारले सुरक्षित गर्भपतनलाई कानूनी मान्यता दिएपनि असुरक्षित गर्भपतन रोकिएको छैन । प्रदेश नं ५ मा आर्थिक वर्ष २०७५÷७६ मा १७ हजार १३५ महिलाले गर्भपतन गराएको तथ्याङ्क छ । तिमध्ये ५८ प्रतिशत महिलाले असुरक्षित गर्भपतन गराएको प्रदेशका स्वास्थ्य निर्देशनालयका नर्सिङ अधिकृत थुमा पुनले बताइन् । उनका अनुसार गत आवमा सबैभन्दा बढी कपिलबस्तुमा […]

नेकपाले अनौठो काम गरेको छ–अध्यक्ष राणा

काठमाडौँ, ११ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी(संयुक्त)ले मुलुकको राजनीतिक परिदृश्य निराशाजनक र आर्थिक परिसूूचक कहालीलाग्दो दिशातर्फ उन्मुख रहेको आरोप लगाएको छ । विजया दशमी, दिपावली र छठ पर्वको उपलक्ष्यमा सञ्चारकर्मीका लागि आयोजित शुुभकामना आदानप्रदान कार्यक्रममा पार्टी अध्यक्ष पशुुपतिशम्शेर जबराले अध्यधिक मूूल्यवृद्धिले हर्षोल्लाषका साथ पर्व मनाउने वातावरणसमेत नरहेको टिप्पणी गरे । उनले भने, “सिँहदरबारको अधिकार गाउँगाउँमा […]

‘खुला सिमानाका कारण शान्ति सुरक्षामा चुनौती’

धनुषा, ११ असोज । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले भारतसँगको खुला सिमानाका कारण शान्ति सुरक्षा कायम गर्न चुनौती रहेको बताएका छन् । शुक्रबारदेखि जनकपुरमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई आज दोस्रो दिन सम्बोधन गर्दै उनले प्रदेशका सबै जिल्ला भारतसँग जोडिएर रहेका र सीमाक्षेत्र खुल्ला हुँदा शान्तिसुरक्षा कायम गर्न चुनौती रहेको बताए । उनले भने, […]

ठूलो परिमाणमा तयारी कपडा बरामद

काठमाडौँ, ११ असोज । काठमाडौँको बूढानीलकण्ठबाट आज प्रहरीले भन्सार छलेर ल्याइएको ठूलो परिमाणको तयारी कपडा बरामद गरेको छ । विशेष सूचनाका आधारमा महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको प्रहरी टोलीले बिहान अन्दाजी १०ः०० बजे गाडीको हुटमुनी फल्सबटमभित्र लुकाएर ल्याएको अवस्थामा कपडा बरामद गरिएको महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले जानकारी दिए । उनका […]

मनै लोभ्याउने झरना, आन्तरिक पर्यटक बढ्न थाले

जाजरकोट, ११ असोज । आहा, कति सुन्दर झरना  देख्ने सबले यसै भन्छन् । सबैले मोबाइल निकालेर तस्बिर र सेल्फी खिच्न थाल्छन् । बारेकोट गाउँपालिका–८, लैखम गाउँनजिकै रहेको झरनाले धेरैको मन लोभ्याएको छ । बारेकोट पदमार्ग नजिकै रहेको रापानी झरनाको प्रर्वद्धन गर्न सके जिल्लाकै आकर्षक गन्तव्य बन्न सक्ने सम्भावना रहेको छ । बारेकोटको लैखम गाउँबाट करीब ७०० मिटर […]