महर्जनलाई पाए विश्व शारीरिक सुगठनमा स्वर्ण पदक

काठमाडौँ, १ पुस । विश्व शारीरिक सुगठनमा नेपालका महेश्वर महर्जनले स्वर्ण पदक जित्न सफल भएका छन् । थाइल्याण्डको चाङमईमा भइरहेको १० औँ विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनशिपमा महेश्वरले शनिबार साँझ पुरुष ७५ केजी स्वर्ण जितेका हुन् । १२ खेलाडी सहभागी उक्त स्पर्धामा भारतीय खेलाडी दोस्रो र सिङ्गापुरका खेलाडी तेस्रो भएको नेपाल शारीरिक सुगठन […]

च्याम्पियन्स लिगमा रियल म्याड्रिडको लज्जाजनक हार, बार्यन समूह विजेता

काठमाडौ, २७ मंसिर । च्याम्पियन्स लिगमा चर्चित फुटबल क्लब बार्यन म्युनिख समूह ‘ई’ बाट विजेता बनेका बेला अर्काे क्लब रियल म्याड्रिडले भने लज्जाजनक हार व्यहाेरेकाे छ । बुधबार राति भएको खेलमा बायर्नले अजाक्ससँग ३–३ गोलको बराबरी खेल्दै समूह विजेता बनेको हो । निकै तनाबग्रस्त खेलमा दुई क्लबका खेलाडीले फरक फरक समयमा रातो कार्ड खादै मैदान […]

बिहीबारदेखि ए डिभिजन लिग आठौ चरणका खेलहरु हुँदै

काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आठौँ चरणका खेलहरू बिहीबारदेखि हुनेछन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार आठौँ चरणका खेलहरु बिहीबार, शुक्रबार र शनिबार हुनेछन् । बिहीबार दुई, शुक्रबार तीन र शनिबार दुईवटा खेल हुने लिग निर्देशक सञ्जिव मिश्रले जानकारी दिए । बिहीबार हुने पहिलो खेलमा न्युरोड टीम (एनआरटी) र सरस्वती […]

साफ महिला फुटबलका लागि नेपाली राष्ट्रिय महिला टोली आजदेखि प्रशिक्षणमा

काठमाडौँ, २६ मङ्सिर । पाँचौं संस्करणको साफ महिला फुटबलको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला टोलीले आजदेखि प्रशिक्षण शुरु गर्दैछ । प्रतियोगिता आउन तीन महिना बाँकी छँदै अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले महिला टोलीको तयारी अघि बढाएको प्रवक्ता किरण राईले जानकारी दिए । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने प्रशिक्षणका लागि ३३ खेलाडीलाई प्रशिक्षणमा बोलाइएको छ । राष्ट्रिय […]

मेसीको दुर्इ गोलसँगै ला लिगामा बार्सिलोनाको ४–० को महत्वपूर्ण जित

काठमाडाैं । स्पेनिस ला लिगामा बार्सिलाेनाले अर्काे जित हात पार्दै अाफ्नाे शीर्ष स्थानलार्इ कायम राखेकाे छ । शनिवार राती भएकाे खेलमा बार्सिलाेनाले इस्पानियाेललार्इ ४–० पराजित गरेकाे हाे । फराकिलाे जित निकाल्ने क्रममा बार्सिलाेनाका लागि कप्तान लियोनल मेस्सी दुर्इ गाेल गरे । त्यसैगरी उसमान डेम्बेले र लुइस स्वारेजले एक एक गोल गरे । १७ औँ मिनेटमा […]

नेपालमा अन्तर्राष्ट्रिय बडिबिल्डिङ च्याम्पियनसिप हुँदै

काठमाडौँ, २१ मङ्सिर । अन्तर्राष्ट्रिय फिटनेश फर बडिबिल्डिङ (आइएफबिबी) लिग नेपालको आयोजनामा अन्तर्राष्ट्रिय बडिबिल्डिङका हस्ती सम्मिलित ‘प्रोफेसनल लिग बडिबिल्डिङ च्याम्पियनसिप–२०१९’ हुने भएको छ । नेपालमा पहिलो पटक उक्त च्याम्पियनसिप फागुन ३ र ४ गते हुन लागेको हो । च्याम्यिनसिपमा २० भन्दा बढी राष्ट्रका खेलाडीको सहभागिता रहने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक सङ्घका अध्यक्ष सानु […]

विमल घर्तीमगरले ए डिभिजन लिगका खेल नखेल्ने

काठमाडौँ, १८ मङ्सिर । यसै वर्षदेखि ए डिभिजन लिगमा डेब्यु गरेका नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्ती मगरले लिगका बाँकी खेल नखेल्ने भएका छन् । च्यासल युथ क्लबका स्ट्राइकर विमल ट्रायल दिन बेल्जियम जाने भएपछि लिगका बाँकी खेल नखेल्ने भएका हुन् । विमल ट्रायलका लागि बुधबार बेल्जियम जानेछन् । बेल्जियम जाने भएपछि विमलले च्यासलसँगको […]

हलचोकमा अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता शुरु

काठमाडौँ, १८ मङ्सिर । अन्तर्राष्ट्रिय ब्याटमिन्टन महासङ्घको सहयोग तथा नेपाल ब्याडमिन्टन सङ्घको आयोजनामा आजदेखि ब्याटमिन्टन प्रतियोगिता शुरु भएको छ । हलचोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ)को ब्याडमिन्टन हलमा भएको पहिलो खेलमा विकास श्रेष्ठले माल्दिभ्सका सरिम मोहमदलाई २१–१५, २१–७ को सोझो सेटमा पराजित गर्दै विजयी भएका हुन् । त्यसैगरी आजै भएका अन्य खेलमा नेपालका विजित थापामगर, प्रफुल […]

लुका मोड्रिचले पाए बालोन डि’ओर २०१८ को उपाधि

काठमाडौँ । क्रोएसिया र रियल मड्रिड स्टार मिडफिल्डर लुका मोड्रिचले बालोन डि’ओर २०१८ जित्न सफल भएका छन् । बालोन डि’ओर जित्ने क्रममा मोड्रिचले बार्सिलोनाका अर्जेनटाइन स्ट्राइकर लियोनेल मेसी र युभेन्ट्सका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको १० वर्ष लामो दबदबा पनि तोडेका छन् । क्रोएसियालाई रसिया विश्वकपको फाइनलसम्म पुर्याउन निर्णायक भूमिका खेलेका यही वर्ष फिफा वर्ष खेलाडी […]

ला लिगाको शिर्ष स्थानमा फेरि उक्लियो बार्सिलोना, टुंगियो पिएसजीको कीर्तिमानी विजयी यात्रा

काठमाडाैं । बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा भिल्लारियलमाथि जित निकाल्दै बार्सिलोना पुनः शीर्ष स्थानमा फर्किएको हो । लियोनल मेस्सी कप्तानीको बार्सिलोनाले भिल्लारियललाई २–० ले हराएको हो । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाको जितमा जेरार्ड पिके र कार्लस एलेनाले गोल गरे । उसमान डेम्बेलेको सहयोगमा […]