काठमाडौं उपत्यकामा ४८१, देशभर अहिलेसम्मकै बढी १०६९ नयाँ संक्रमित थपिए

काठमाडौं, १६ भदौ । काठमाडाैं उपत्यकामा पछिल्लाे २४ घन्टामा ४८१ जना नयाँ काेराेना संक्रमित भेटिएका छन् । त्यसमध्ये काठमाडाै जिल्लामा सबैभन्दा बढी काेराेना संक्रमित थपिएका छन् । साथै देशभर मंगलबार सबैभन्दा बढी १०६९ जना काेराेनाका संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मन्त्रालयका उपत्यकामा भेटिएका ४८१ नयाँ संक्रमित मध्ये काठमाडौं जिल्लामा ३९३, ललितपुरमा […]

कोरोना संक्रमणबाट पूर्वन्यायाधीशको मृत्यु

काठमाडौं, १६ भदौ । कोरोना संक्रमणबाट पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको मृत्यु भएको छ । लामो समयदेखि मुटु सम्बन्धी समस्याबाट पीडित चालिसेको काठमाडौंको बाँसबारीस्थित गंगालाल हृदयरोग केन्द्रमा मृत्यु भएको हो । ७० वर्षीय चालिसे पाँच दिनअघि अस्पताल भर्ना भएका थिए । उपचारकै क्रममा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । काठमाडौँ महानगरपालिका वडा नम्बर ३ निवासी चालिसे […]

अनलाइनबाट होम डेलिभरी सेवा फेरि भयो सुचारु

काठमाडौँ । अनलाइनका माध्यमबाट हुने होम डेलिभरी सेवा पुनः सुचारु भएको छ। ई–कमर्स तथा अनलाइन डेलिभरी सेवा सञ्चालकहरुको साझा फोरमले मंगलबार विज्ञप्ति जारी गर्दै अनलाइन सेवा सुचारु भएको जानकारी दिएको हो। फोरमका अनुसार भदौ १६ गतेदेखि बिहान ९ः१५ बजेभित्र सेवा सञ्चालन गर्दा कुनै पनि अवरोध नहुने तथा यसका लागि पूर्वस्वीकृति पनि लिनुपर्नेछ। अनलाइनका माध्यमबाट होम […]

कालिकोटको नग्मा बजारमा पहिरो जाँदा एकै परिवारका ४ सहित १० को मृत्यु

काठमाडौं, १५ भदौ । कालिकोटमा पहिराे जाँदा १० जनाकाे मृत्यु भएकाे छ । कालिकाेटकाे तिलागुफा नगरपालिका वार्ड नं. १ नाग्ममा पहिरोमा पुरिएर एकै परिवारका चार सदस्यसहित १० जनाको मृत्यु भएको हाे । आइतबार दिउँसो गएकाे उक्त पहिराेमा परी २ जना घाइते भएका छन् । घाइते दुबै जनाकाे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेकाे छ […]

बाग्लुङमा न्वारनमा भोज दिने आयोजक नै कोरोना संक्रमित भेटिए

गलकोट । कोरोना महामारीको समयमा अधिकांश सामाजिक कार्य बन्द छन्। बागलुङ नगरपालिकाले भदौ ३ गतेदेखि समुदायमा कोरोना सङ्क्रमण देखिएपछि निषेधाज्ञा जारी गरेको छ। निषेधाज्ञामा अत्यावश्यकबाहेकका सबै क्रियाकलापलाई बन्देज गरिएको छ तर बागलुङ–१० भकुण्डको गलुवामा कोरोना महामारीको अवस्थामा न्यूनतम स्वास्थ्य मापदण्ड नअपनाउँदा समुदायमै कोरोनाले भयावह रूप लिन सक्ने आशङ्का गरिएको छ । कोरोना जोखिमको समयमा छोरी […]

एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु

स्याङ्जा । स्याङ्जाको वालिङमा एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। वालिङ नगरपालिका–५ मजकोटमा बा २ झ ४०११ नम्बरको एम्बुलेन्स आइतबार बिहान करिब ५ बजे दुर्घटना हुँदा घाइते भएका चारमध्ये दुई जनाको मृत्यु भएको हो। गह्रौ प्राथमिक अस्पताल वालिङमा उपचारका क्रममा दुई जनाको मृत्यु भएको वडा प्रहरी कार्यालय वालिङका प्रहरी प्रमुख हरि सुवेदीले जानकारी […]

८१ प्रतिशत नेपालीमा कोरोना संक्रमण हुने र यस वर्ष ४९ हजार मान्छे कोरोनाबाट मर्ने दावी पूरै गलत

काठमाडौं, १३ भदौ । जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले कोरोनाका कारण नेपालमा ४९ हजार जनाको मृत्यु हुन्छ भनेर अक्सफोर्ड पोलिसी म्यानेजमेन्टले गरेको अनुमान शतप्रतिशत गलत भएको दाबी गरेका छन्। यो वर्ष अर्थात् डिसेम्बरसम्म ८१ प्रतिशत नेपाली संक्रमित हुने तथा ४९ हजार २ सय जनाको मृत्यु हुन्छ भन्ने निष्कर्ष निकालेर जनमानसमा त्रास उत्पन्न गराइएको भन्दै उनले खण्डन […]

ग्याङ फाइटमा खुकुरी र बन्चरो प्रहार हुँदा १ को मृत्यु चार गम्भीर घाइते

विराटनगर, १२ भदौ । माेरङकाे बेलवारीमा ग्याङ फाइटमा खुकुरी र बन्चराे प्रहारबाट एक जनाएकाे मृत्यु भएकाे छ भने चार जना गम्भीर घाइते भएका छन् । बेलबारी नगरपालिका– ५ कसेनीस्थित लोहन्द्र पुलमा शुक्रबार दिउँसो दुइ समूहबीच अघिल्लाे दिनकाे भनाभनलाइ लिएर एक समूहले खुकुरी र बन्चराे प्रहार गरी अर्काे समूहलाइ क्षतविक्षत बनाएकाे हाे । जिल्ला प्रहरी कार्यालय […]

गोली हानेर दुईजना लागुऔषध कारोबारी गिरफ्तार

रुकुम । रुकुमपश्चिममा दुई लागुऔषध कारोवारी पक्राउ परेका छन्। जिल्लाको मुसीकोट नगरपालिका–४ ठाराढुङ्गाबाट प्रहरीले गोली प्रहार गरी दुई जनालाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वबाट खटिएको प्रहरी निरीक्षक दिनेश गुरुङ नेतृत्वको टोलीले पक्राउ गर्न खोज्दा कारोवारी भाग्न खोजेपछि गोली प्रहार गर्नुपरेको प्रहरीले जनाएको छ। गोली प्रहारबाट एक घाइते भएका छन् भने उनीसँगै अर्का एक […]

राजधानीमा जारी कर्फ्यू एक साता थप लम्ब्याइने

काठमाडौं, ९ भदौ । राजधानीमा जारी कर्फ्यू एक हप्ता थपिने भएकाे छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा मंगलबार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका केही पदाधिकारी र काठमाडौं मेयरहरुबीच भएको बैठकले यस्ताे निर्णय गरेकाे हाे । बैठकले काठमाडौं, भक्तपुर र ललितपुरमा थप एक साता निषेधाज्ञा जारी राख्न सिफारिस गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज […]