काठमाडौं, २१ भदौ । रक्सौलबाट काठमाडौं आइरहेको नेपाल आयल निगमकाे इन्धन बाेकेकाे एक ट्याङ्कर थानकाेटमा दुर्घटनामा परेकाे छ । निगमको थानकोट डिपो प्रवेश गर्ने मोडमै उक्त ट्याङ्कर दुर्घटनामा परेकाे हाे । दुर्घटनामा परेकाे ट्याङ्करले डिजेल बोकेको बताइएकाे छ । थानकाेट डिपाेमा जाने माेडमै पुगेर माेडिएपछि ट्याङ्कर मूल सडकबाट चिप्लिएर खेतमा खसेको छ । निगमको थानकोट […]
मुख्य विशेष
शनिवार पनि उपत्यकामा चारसय बढी संक्रमित पुष्टि, देशभर भेटिए १०४१ कोरोना पोजिटिभ
काठमाडौं, २० भदौ । शनिवार काठमाडाैं उपत्यकामा चारसय बढी काेराेनाका नयाँ संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा शनिवार ४०८ जना संक्रमित भेटिएकाे बताएकाे छ । उपत्यकामा भेटिएका नयाँ संक्रमित मध्ये सबैभन्दा बढी काठमाडाै जिल्लामा छन् । मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३२६, भक्तपुरमा ४५ र ललितपुरका ३७ जना नयाँ संक्रमित पुष्टि भएकाे छ […]
प्रम ओलीले नसकेपछि अन्ततः अर्थमन्त्री खतिवडाले दिए राजिनामा, ओली पार्टीमा पहिलो पटक असफल
काठमाडौं, १९ भदौ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रिय सभामा फेरि मनाेनित गर्ने बाटाे बन्द गरेपछि अन्तत: अर्थमन्त्री डा. युवराज खतिवडाले आफ्नाे पदबाट राजिनामा दिएका छन् । राष्ट्रियसभा सदस्यको २ वर्षको कार्यकाल २०७६ फागुन २० गते सकिएपछि त्यसै दिन राजीनामा दिएका खतिवडा फागुन २१ गते पुन: मन्त्री नियुक्त भएका थिए । संसदकाे सदस्यकाे […]
साथीलाइ माेटरसाइकलसहित बाढीमा गुमाएका कृष्ण भन्छन: माेटरसाइकल फालेर कान्लामा उक्लेर बालबाल बचेँ
बागलुङ । घरबाट निस्कँदा ढोरपाटन पुग्ने निधो थिएन । घुम्ने रहर न हो–कृष्ण, दिलु खड्का, इन्द्र र नवीन भण्डारी बुधबार मध्यान्ह मोटरसाइलमा हुँइकिए । गलकोटदेखि मध्यपहाडी लोकमार्ग हुँदै बुर्तिबाङ बजार पुगे । खाजा खाइवरी त्यहाँबाट अघि बढ्ने योजना बुने । पहिले ढोरपाटन जाने सल्लाह भयो । सडक बिग्रेको थाहा पाएपछि निसीखोला हुँदै रुकुमसम्म पुग्ने सोच […]
भारतबाट दुई युवतीलाइ उद्दार गरी नेपाल ल्याइयो
परासी । एक बालिकासहित दुई नेपाली महिलालाई भारतबाट उद्दार गरी नेपाल ल्याइएको छ। नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)स्थित आफन्त नेपाल महेशपुर शाखाको पहलमा नेपाल प्रहरी, भारतीय प्रहरी र स्थानीय जनप्रतिनिधिको सहयोगमा भारतको महाराजगञ्जस्थित एक आर्केष्टा कम्पनीबाट एक बालिकासहित दुई नेपाली महिलालाई उद्दार गरिएको हो। उद्दार गरिएकामध्ये चितवनकी चार वर्षीया बालिका, १७ र २२ वर्षीया महिला रहेका छन्। […]
ढोरपाटनमा आएको बाढीले ९ जनाको मृत्यु, ३० बढी बेपत्ता
बागलुङ । बागलुङको ढोरपाटन क्षेत्रमा बाढीले ठूलाे जनधनकाे क्षति पुर्याएकाे छ । ढाेरपाटन नगरपालिका वडा नं ७, ८ र ९ का तटीय बस्तीमा बाढी पस्दा ठूलाे क्षति पुर्याएकाे हाे । सुकुर्दुङस्थित भूजी खोला आएको बाढीमा परी अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ९ पुगेको छ । त्यसैगरी अहिलेसम्म ३० जना भन्दा बढी बेपत्ता भएको प्रहरीले जनाएको छ […]
संक्रमितको संख्या दिनप्रतिदिन बढ्दो, आज थपिए ११२० संक्रमित
काठमाडौं, १७ भदौ । नेपालमा काेराेना भाइरसका संक्रमित दिनप्रतिदिन बढ्दै गएका छन् । मंगलबार एक हजार नाघेकाे संक्रमण बुधवार ११ सयभन्दा बढी देखिएकाे छ । बुधवार देशभरका प्रयाेगशालामा गरिएकाे परिक्षणाबाट ११२० जना कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा ३२० महिला र ८०० पुरुषमा संक्रमण पुष्टि भएको […]
उपत्यकामा एक साता अझै कर्फ्यू जारी राख्ने निर्णय
काठमाडौं । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले संयुक्त बैठकले कर्फ्यूकाे समय थप एक साता लम्ब्याउने निर्णय गरेकाे छ । गृह मन्त्रालयसँगको सल्लाह र सुझावपछि कर्फ्यू लम्ब्याइएकाे बताइएको छ। सुरुमा भदाै ३ गतेदेखि जारी गरिएकाे निषेधाज्ञाको समय यसअघि पनि एक हप्ताका लागि भनेर थप गरिएकाे थियाे । कोरोना भाइरसको संक्रमण नराेकिएकाे भन्दै उपत्यकामा थप एक […]
कोरोनाले आमा गुमाएको चार दिनमै भक्तपुरका ४० वर्षीय छोराको कोरोनाकै कारण मृत्यु
काठमाडौँ । ललितपुरको पाटन अस्पतालमा मंगलबार राति भक्तपुरका ४० वर्षीया पुरुषको कोरोना भाइरसकाे संक्रमणका कारण मृत्यु भएको छ। उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। चार दिनअघि मात्र ती पुरुषकी आमाको पनि कोरोनाकै कारण मृत्यु भएको छ। ६२ वर्षीया ती महिलाले पाटन अस्पतालमै ज्यान गुमाएकी थिइन्। १५ दिनअघि छोरामा कोरोना संक्रमण देखिएको थियो। लगत्तै उनलाई भेन्टिलेटरमा […]
काठमाडौं, ललितपुरसहित १२ जिल्लामा समुदायमस्तरमै कोरोना फैलिएको स्वास्थ्य मन्त्रालयको भनाइ
काठमाडाैं । जनस्वास्थ्य वैज्ञानिक डा. सुरेश तिवारीले १२ वटा जिल्लामा कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलिसकेको बताएका छन्। स्वास्थ्य मन्त्रालयले आयोजना गर्ने दैनिक पत्रकार सम्मेलनमा मन्त्रालयका जनस्वास्थ्य सल्लाहकार तिवारीले हालसम्म फेला परेका संक्रमितमध्ये ७३ प्रतिशत १२ जिल्लाका रहेको बताए। ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेको मोरङ, सुनसरी, धनुषा, महोत्तरी, पर्सा, बारा, रौतहट, सर्लाही, काठमाडौं, ललितपुर, चितवन […]