भूकम्प प्रविधिमैत्री विद्यालय निर्माणमा जोड

सुर्खेत, ८ भदौ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नयाँ बन्ने हरेक संरचना भूकम्प प्रतिरोधी बनाइने बताएका छन । ‘वृहत् विद्यालय सुरक्षासम्बन्धी विद्यार्थीमैत्री भेला’ को आज वीरेन्द्रनगरमा उद्घाटन गर्दै उनले भूकम्पीय जोखिम न्यूनीकरण गर्न प्रदेश सरकार प्रतिबद्ध छ भने । मुख्यमन्त्री शाहीले भूकम्पको जोखिममा विद्यार्थी नै बढी हुने हुँदा विद्यालयलाई भूकम्प प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिए […]

‘बेटी बचाऔँ बेटी पढाऔँ’तर्फ आकर्षण

वीरगञ्ज, ८ भदौ । सात वर्षीया चन्द्रज्योतिकुमारी रामको दैनिक जीवन बाख्रा चराउन, घाँस दाउरा तथा मेलापात गर्नेमा बित्थ्यो तर प्रदेश नं २ सरकारले ‘बेटी बचाऔँ बेटी पढाऔँ’ कार्यक्रम ल्याएपछि उनको आकर्षण पढाइतर्फ बढेको छ । अन्य विद्यार्थीजस्तै उनीपनि छिपहरमाई गाउँपालिका–१ मिर्जापुरस्थित श्रीदेवीस्थान नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा कक्षा १ मा भर्ना भइन् । प्रदेश नं २ […]

पोखरा विश्वविद्यालयमा नमूना युवा संसद्

पोखरा, ८ भदौ । पोखरा विश्वविद्यालय, मानविकी तथा सामाजिकशास्त्र सङ्काय र टोनी हागन फाउण्डेशन, काठमाडौँको संयुक्त आयोजनामा पोखरा विश्वविद्यालयमा एक दिवसीय नमूना युवा संसद् अभ्यास गरिएको छ ।गण्डकी प्रदेशका लागि प्रभावकारी पर्यटन नीति र कार्यक्रमहरूमा संसदीय प्रस्ताव विषयक नमूना संसद्मा पोखरा क्षेत्रका ११ महाविद्यालय तथा कलेजमा अध्ययनरत ३२ महिला र २४ पुरुष गरी जम्मा ५६ […]

अब कक्षाकोठामा नै पूरा संसार अटाउँने

काठमाडौं । शिक्षा तथा मानव स्रोत विकाश केन्द्रका महानिर्देशक बाबुराम पौडेलले पुरानो सिकाउने शैली बदल्नुपर्ने बताएका छन् । कक्षाकोठामा शिक्षकले हिजो मात्रै पढाउँदा शैक्षिक गुणस्तर सुधार हुन नसकेको भन्दै पौडेलले अब आज र भोलि पढाउनुपर्ने बताए । शनिवार शिक्षा मन्त्रालय र रातो बङ्गला फाउण्डेसनको संयुक्त आयोजनामा शुरु भएको ३ दिने ‘दोस्रो अन्तर्राष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलन’को […]

देशभरका प्रत्येक जिल्लाबाट उत्कृष्ट शिक्षक छानेर पुरस्कृत गरिँदै

काठमाडौं, ७ भदौ । विगतका अन्तर्राष्ट्रिय साक्षरता तथा राष्ट्रिय शिक्षा दिवसका अवसरमा विनाआधार शिक्षक तथा शिक्षासेवीलाई पुरस्कार दिइएकामा यस वर्षदेखि वैज्ञानिक मापदण्ड तय गरिएको छ । राजनीतिक पहुँच र नातागोताका आधारमा पुरस्कार दिइने प्रवृत्तिमा सुधार ल्याउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गत २९ गते बसेको ४०औँ राष्ट्रिय शिक्षक दिवस, मूल समारोह समितिको बैठकले […]

शिक्षक बन्न अब परीक्षामा ५० अंक ल्याउनुपर्ने

काठमाडौं । शिक्षक सेवा आयोगको परीक्षा उत्तीर्ण गर्न अब ५० प्रतिशत अंक ल्याउनुपर्ने भएको छ । यस अघि ४० अंक ल्याउने उत्तीर्ण हुने व्यवस्था थियो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बुधबार बसेको मन्त्रिपरिषद् बैठकले शिक्षक सेवा आयोग नियमावली १० औँ संशोधन गर्दै शिक्षकको उत्तीर्णांक परिवर्तन गरेको बताए । शिक्षक प्रतिस्पर्धा बढाउन र योग्य […]

शिक्षामा क्रान्तिको आवस्यकता : मन्त्री पोखरेल, लाइसेन्सको उतीर्णाङ्क बढाइयो

ललितपुर, ७ भदौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपालको शिक्षा र सिकाइ स्तर सुधारका लागि शैक्षिक क्रान्ति आवश्यक भएको बताएका छन् । शनिवार मन्त्रालय र रातो बङ्गला फाउण्डेसनको संयुक्त आयोजनामा शुरु भएको ३ दिने ‘दोस्रो अन्तर्राष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलन’ को उद्घाटन गर्दै उनले शिक्षाको वर्तमान अवस्थालाई रुपान्तरण गर्नका लागि क्रान्तिको आवश्यकता औल्याएका हुन् […]

शिक्षा दिवस तयारी : जिल्लागत उत्कृष्ट शिक्षक छानिँदै

काठमाडौँ, ७ भदौ । विगतका अन्तर्राष्ट्रिय साक्षरता तथा राष्ट्रिय शिक्षा दिवसका अवसरमा विनाआधार शिक्षक तथा शिक्षासेवीलाई पुरस्कार दिइएकामा यस वर्षदेखि वैज्ञानिक मापदण्ड तय गरिएको छ । राजनीतिक पहुँच र नातागोताका आधारमा पुरस्कार दिइने प्रवृत्तिमा सुधार ल्याउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गत २९ गते बसेको ४०औँ राष्ट्रिय शिक्षक दिवस, मूल समारोह समितिको बैठकले […]

अब शिक्षक परीक्षामा गलत उत्तरको नम्बर काटिने

काठमाडौं, ७ भदौ । अब शिक्षक सेवा आयाेगकाे परीक्षा लाेकसेवा अायाेगकै जस्ताे हुने भएकाे छ । लाेकसेवा आयाेगकाे जस्तै शिक्षक सेवा आयाेगले लिने परीक्षामा पनि गलत उत्तर दिइएमा त्यसकाे नम्बर काटिने भएकाे छ ।  स्थायी शिक्षक हुन सुरुमा प्रारम्भिक परीक्षा उत्तीर्ण गर्नु पर्ने भएको छ । प्रारम्भिक परीक्षामा ५० प्रतिशत अंक ल्याएर पास भएकाहरुमात्र अर्को […]

कक्षा ११ र १२ को लागि वोर्डले गर्यो वार्षिक कार्यतालिका सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को लागि शैक्षिक सत्र २०७६/०७७ का लागि वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । यस्ताे छ शैक्षिक सत्र २०७६/०७७ को वार्षिक कार्यतालिका रजिष्ट्रेशन आवेदन फाराम वितरण : कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूको लागि २०७६ भाद्र मसान्तभित्र रजिष्ट्रेशन आवेदन फाराम वितरण गर्ने । रजिष्ट्रेशन आवेदन फाराम भर्ने […]