अन्तरदेशीय पर्यटन प्रवद्र्धनका लागि सम्झौता

काठमाडौँ, ८ असोज । अन्तरदेशीय पर्यटन प्रवद्र्धन सहकार्यको दायरालाई फराकिलो बनाउँदै दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) क्षेत्रीयस्तरमा पु¥याई पर्यटन प्रवद्र्धन गर्न त्रिदेशीय सम्झौता भएको छ । होटल एशोसिएशन नेपाल (हान), फेडरेशन अफ होटल एण्ड रेस्टुरेन्ट एशोसिएशन अफ इन्डिया र होटल एण्ड रेस्टुरेन्ट एशोसिएशन अफ भुटानकाबीच हालै बैंगलोरमा समझदारी भएको हानले आज विज्ञप्तिमार्फत जनाएको छ […]

कोशी टप्पुबाट चितवन निकुञ्जमा ल्याइएका अर्नाको स्वास्थ्य नाजुक

चितवन, ७ असोज । कोशी टप्पुबाट स्थानान्तरण गरी यहाँ ल्याइएका अर्नाको स्वास्थ्य नाजुक बन्दै गएको छ । गत साउन अन्तिम साता आएको बाढीले घाँसे मैदान र पानी पोखरी पुरिएको, पानी प्रदूषित भएको र आवश्यक खानाको अभावका कारण अर्नाको स्वास्थ्य बिग्रेको हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार बाढीपछि दुई अर्ना मरिसकेका […]

हिमाली क्षेत्रका गतिविधिलाई एउटै छानामुनिबाट अध्ययन गर्न डिजिटल गाइड आयो

पोखरा, ६ असोज । हिमाल र हिमालीको गतिविधिलाई एउटै छानामुनिबाट अध्ययन अवलोकन गर्न सकिने पोखरास्थित अन्तरराष्ट्रिय पर्वतीय संग्रहालयको जानकारी अब मानिसले नभई अत्याधुनिक प्रविधि डिजिटल गाइडले दिने भएको छ । संग्रहालय अवलोकन गर्न आउने प्रत्येक अवलोकनकर्ताले डिजिटल गाइडमार्पmत संग्रहालय परिसरमा प्रदर्शित प्रत्येक सामग्रीको जानकारी लिन सकिने दक्षिण कोरियाको प्रविधि जडान गर्न लागिएको छ । नेपाल […]

बाढीपछि अलपत्र परेका एकसिङ्गे गैँडा खोजिदै

चितवन, ६ असोज । प्राकृतिक प्रकोपका कारण दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडाको बासस्थान खल्बलिएको र कतिपय गैँडाको मृत्युसमेत भएकाले तिनीहरूको अवस्था पत्ता लगाउन चितवन निकुञ्जमा गैँडाको अनुगमन गरिने भएको छ । प्रकोपका कारण गैँडामा परेको असर पत्ता लगाई संरक्षणको नयाँ रणनीति निर्माणका लागि अनुगमन गर्न लागिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक मनबहादुर खड्काले जानकारी दिए […]

पोखरालाई यसरी बनाइने भयो स्मार्टसिटी

पोखरा, ५ असोज । विश्वप्रसिद्ध पर्यटकीय नगरिकारुपमा स्थापित पोखरालाई मुलुककै पहिलो स्मार्ट सिटीका रुपमा विकास गरिने भएको छ । पोखरा लेखनाथ महानगरपालिका र आइटीभेन्चर कर्पोरेसनबीच आज भएको समझदारीअनुसार सार्वजनिक र व्यक्तिगत साझेदारी (पिपिपी) अवधारणाअन्तर्गत पोखरालाई स्मार्ट सिटीका रुपमा विकास गरिने भएको हो । पोखरामा आज आयोजित एक कार्यक्रमकाबीच पोखरा लेखनाथ महानगरपालिकाका कार्यकारी अधिकृत दीर्घनारायण पौडेल […]

नेपालमा पर्यटन प्रचार गर्दै चीन

ललितपुर, ५ असोज । छिमेकी राष्ट्र चीनले नेपालमा आफ्नो पर्यटन प्रचारप्रसार कार्यक्रमअन्तर्गत पाण्डा पेन्टिङ कार्यक्रमको आयोजना ग¥यो । चीन राष्ट्रिय पर्यटन प्रशासन र सिचुवान प्रान्त पर्यटन विकास समितिको आयोजनामा ‘पाण्डा सुन्दर, चीन अझ धेरै सुन्दर’ भन्ने नारासहित यहाँ पाण्डा पेन्टिङ कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा विभिन्न विद्यालयका करिब ४० विद्यार्थीले पाण्डाको आकृतिमा रङ भर्ने […]

टोनी हेगेनका तस्बिर प्रदर्शनमा

काठमाडौँ, ३० भदौ । भू–गर्भविद् टोनी हेगेनले मुलुकका विभिन्न भू–भागमा पुगेर खिचेका तस्वीरको बबरमहलस्थित नेपाल कला परिषद्मा आजदेखि प्रदर्शनी गरिएको छ । नेपाल हेरिटेज सोसाइटीको आयोजनामा आगामी असोज ९ गतेसम्म जारी रहने प्रदर्शनीमा विशेषगरी नेपालको हिमाली भेग तथा दुर्गम भागका प्रकृति, सम्पदालगायत विषयका करिब २०० तस्वीर समावेश गरिएका छन् । नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत जर्ग […]

एनआरएनए जापानले काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलको शौचालय बनाउन सघाउने

टोकियो, ३० भदौ । काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक पूर्वाधार विकासका लागि जापानस्थित गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सघाउने भएको छ । नयाँ कार्यसमिति बनेसँगै बसेको संघको पहिलो बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक पूर्वाधारको विकासअन्तर्गत तत्कालका लागि सार्वजनिक शौचालय निर्माणमा सघाउने भएको हो । नवगठित पदाधिकारीको बैठकले विमानस्थलका जीर्ण र अपुग भएका स्थानमा शौचालय बनाउन […]

बुद्ध एयरबको पोखरा–भरतपुर–भैरहवा उडान सुरु

पोखरा, ३० भदौ । बुद्ध एयरले आजदेखि पोखराबाट भरतपुर र भैरहवामा हवाई उडान शुरु गरेको छ । उक्त कम्पनीले आज बिहान १० बजे पोखराबाट भरतपुरका लागि पहिलो हवाई उडान शुरु गरेको स्टेशन म्यानेजर गौतम बरालले जानकारी दिए । त्यस्तै ११ः२२ बजे अर्को विमान पोखराबाट भैरहवाका लागि उडेको छ । उन्नाइस सिट क्षमताको सो विमान पोखराबाट […]

ठूलो सङ्ख्यामा एक सिंगे गैडा बाढीले बगाएको निकुञ्जको अनुमान

चितवन, ३० भदौ । साउन अन्तिम साता आएको बाढीका कारण चितवन राष्ट्रिय निकुञ्जमा रहेका दुर्लभ वन्यजन्तु एकसिंगे गैँडाका धेरै बच्चा बगाएको अनुमान गरिएको छ । जसका कारण आउँदो वर्ष निकुञ्जमा गैँडा गणना गर्नुपर्ने प्रस्ताव निकुञ्ज कार्यालयले गरेको छ । सन् २०१५ मा चितवन राष्ट्रिय निकुञ्जमा गैँडा गणना गरिएको थियो । चार वर्षको फरकमा गैँडा गणना […]