प्रसिद्ध तीर्थस्थल ग्रहौँसुर मन्दिरमा उन्नाइस लाख भेटी सङ्कलन

वालिङ, ४ कात्तिक । स्याङ्जाको प्रसिद्ध तीर्थस्थल ग्रहौँसुर मन्दिरमा बडादशैँको अवधिमा रु १९ लाख ५० हजार भेटी सङ्कलन भएको छ । वालिङ नगरपालिका–८ मा रहेको ग्रहौँसुर मन्दिर परिसरमा प्रहरी पोष्ट निर्माणका लागि रु आठ लाख २० हजार सङ्कलन भएको छ । ग्रहौँसुर धार्मिक एवम पर्यटकीय केन्द्रका अध्यक्ष सुरजप्रताप खाणका अनुसार भेटीस्वरुप रु तीन लाख एक […]

जताततै मापदण्ड विपरित क्रसर, न्यूनतम मापदण्ड तोक्न सिफारिश

काभ्रेपलाञ्चोक, ४ कात्तिक । जिल्लामा वर्षौँदेखि अवैधानिक (मापदण्ड विपरीत) रूपमा सञ्चालनमा रहेका क्रसर तथा रोडा–ढुङ्गा खानीको न्यूनतम मापदण्ड तोकिदिन सिफारिश गरिएको छ । जिल्ला समन्वय समितिले जिल्लामा वर्षौँदेखि मापदण्डविपरीत सञ्चालनमा रहेका क्रसर तथा दर्ता नगरी सञ्चालनमा ल्याइएका रोडा–ढुङ्गा खानीको अनुगमन प्रतिवेदनका आधारमा न्यूनतम मापदण्ड तोकिदिन प्रदेश नं ३ स्थित वन पर्यटन तथा उद्योग मन्त्रालयलाई सिफारिश […]

नेपालमा एशियाभरिका बाख्रा विज्ञहरुको सम्मेलन सुरु

भरतपुर, ४ कात्तिक । चितवनमा आइतबारदेखि एशियन क्षेत्रीय बाख्रा विज्ञ सम्मेलन शुरु भएको छ । कृषि तथा वनविज्ञान विश्वविद्यालय, पशु चिकित्सा तथा मत्स्य विज्ञान सङ्कायको आयोजनामा शुरु भएको सम्मेलनमा विभिन्न १७ देशका बाख्रासम्बन्धी विज्ञहरूको सहभागिता रहेको छ । सम्मेलनको एक कार्यक्रमका बीच राष्ट्रियसभाअन्तर्गतको राष्ट्रिय सरोकार समितिकी सभापति दिलकुमारी रावलले उद्घाटन गरे । कात्तिक ६ गतेसम्म […]

दस अर्ब लगानी भित्र्याउन एनआरएनएको समिति

काठमाडौँ, ३ कात्तिक । गैरआवासीय नेपाली सङ्घ एनआरएनएले श्रमिक कल्याणकारी कोषका लागि रु एक करोड छ लाख सहयोग गर्ने भएको छ । एनआरएनको नवनिर्वाचित अन्तरराष्ट्रिय समन्वय परिषद्को पहिलो बैठकले वैदेशिक रोजगारीमा पीडितलाई सहयोग गर्ने हेतुले कोषका लागि प्रतिबद्धता जनाएको संस्थाले एक विज्ञप्तिमार्फत जनाएको हो । एनआरएनका अध्यक्ष पन्तको प्रस्तावमा नवनिर्वाचित पदाधिकारी एवम् सदस्यले उक्त सहयोग […]

घरमै पुगेर वृद्धभत्ता दिँदै जनप्रतिनिधि

डोटी, ३ कात्तिक । जिल्लाको पूर्वी क्षेत्रमा पर्ने बोगटान फुड्सिल गाउँपालिकाका वडाध्यक्ष वीरेन्द्रबहादुर चन्दसहितको वडा कार्यालयको टोलीले आफनो वडामा भएका सम्पूर्ण वृद्ध तथा एकल महिलालाई घरमै पुगेर वृद्ध तथा एकल महिला भत्ता वितरण गर्न थालेका छन । वडामा रहेका वृद्धवृद्धा तथा एकल महिलालाई वडा कार्यालयसम्म आएर वृद्ध तथा एकल महिला भत्ता लिन गाह्रो भएको भन्ने […]

फेरिए दिन: यसरी सबल बन्दैछन गाउँका महिला

बलेवा, २ कात्तिक । नौ वर्ष पहिलासम्म घरको सामान्य खर्च चलाउनसमेत श्रीमानको भर पर्ने सीता सुवेदीका दिन अहिले फेरिएका छन् । बागलुङ नगरपालिका–१४ नारायणस्थानकी सीता जब गाउँमै खुलेको बचत तथा ऋण सहकारीमा शेयर सदस्य बनिन त्यसयता उनको दैनिक आर्थिक क्रियाकलाप आफ्नै पौरखमा चल्ने गरेको छ । हातमा पैसा हुँदा बचत गर्ने र नहुँदा सरसापटी लिने माध्यम […]

लक्ष्मी स्टिल, सर्वोत्तम, बुटवल र पाल्पा सिमेन्टको रिट खारेज, विद्युत प्राधिकरणले महसुल उठाउने

काठमाडौँ, ३० असोज । ट्रङ्क र डिडिकेटेट लाइनको सम्बन्धमा नेपाल विद्युत् प्राधिकरण र उद्योगी तथा व्यवसायीबीच देखिएको विवादलाई अदालतले नै निरुपण गरिदिएको छ । पाटन उच्च अदालतको फैसलापछि उच्च अदालत तुल्सीपुरको बुटवल इजलासले बुधबार चार उद्योगीको विपक्षमा फैसला सुनाएको छ । ट्रङ्क लाइनबाट लिएको विद्युत् महसुल बढी भएको र प्राधिकरणले गैरकानूनीरुपमा आफूहरुलाई महसुल लगाएको भन्दै […]

धितोपत्र बजारमा झिनो सुधार

काठमाडौँ, ३० असोज । साताको अन्तिम दिन आज धितोपत्र बजारमा सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज शेयर कारोवार मापक नेप्से परिसूचक ०.७१ अङ्कले बढेर एक हजार १३७.७५ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक पनि ०.५४ अङ्कले बढेर २४९.१२ मा पुगेको छ । परिसूचक बढे पनि कारोवार रकम भने सामान्य नै […]

पशुपालन र दुग्ध व्यवसाय बढ्दै गएपछि व्यावसायिक घाँस खेती फस्टाउँदै

परासी, २७ असोज । पश्चिम नवलपरासीमा व्यावसायिक घाँस खेती फस्टाउँदै गएको छ । यहाँका सामुदायिक वन क्षेत्रमा महिला समूहले व्यावसायिक रुपमा घाँस खेती गर्दै आएका छन् । पछिल्लो समय पशुपालन र दुग्ध व्यवसाय बढ्दै गएपछि पोसिलो घाँसको माग बढ्दो छ । घाँसको माग बढ्दै गएपछि यहाँका महिला तथा कृषकहरु घाँस खेतीमा आकर्षित भएका हुन् । […]

दुवै मुलुकको प्राथमिकतामा कर्णाली आर्थिक करिडोर

सुर्खेत, २७ असोज । उत्तरी छिमेकी चीनका राष्ट्रपति सी चिनफिङ र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीच आइतबार सम्पन्न प्रतिनिधिमण्डलस्तरीय भेटवार्तापछि जारी संयुक्त वक्तव्यमा यसपटक पनि समेटियो–कर्णाली करिडोर । सन् २०१८ जुनमा प्रधानमन्त्री ओलीको बेइजिङ भ्रमणका क्रममा दुवै मुलुक कर्णाली करिडोर निर्माण गरी नाका सञ्चालन गर्न सहमत भएका थिए । राष्ट्रपति सीको नेपाल भ्रमणमा पनि ‘कनेक्टिभिटी’लाई […]