भोजमा अचार खाँदा ३१ जना बिरामी

सुर्खेत, २३ असोज । वीरेन्द्रनगर नगरपालिका–११, पिपिरामा दशैँ भोजका लागि बनाइएको अचार खाँदा ३१ जना बिरामी परेका छन् । स्थानीयवासी रामप्रसाद लामिछानेको घरमा बनाइएको अचार खाँदा उहाँका परिवारका सदस्यसहित टीका थाप्न आएका पाहुनासमेत बिरामी परेका हुन् । स्थानीयवासी हिमप्रसाद पौडेलले बुधबार बिहान आलु र काँक्राको अचार खाएलगत्तै बिरामी पर्न थालेको बताए । बिरामीहरुको बुधबार दिउँसोदेखि […]

महाकाली अस्पतालमा चिकित्सक अभाव

कञ्चनपुर, २० असोज । कञ्चनपुरको भीमदत्त नगरपालिका १८ मा रहेको महाकाली अस्पतालमा चिकित्सकको अभाव भएको छ । दरबन्दीका चिकित्सकको पदपूर्ति नहुँदा बिरामीलाई अन्यत्र ‘रिफर’ गरिदैँ आएको छ । चिकित्सककै अभावमा बिरामीले भारतीय निजी अस्पतालमा चर्को मूल्य तिरेर उपचार गराउनु परेको छ । अस्पतालमा २८ जना चिकित्सकको दरबन्दी भएपनि प्रसूति रोग विशेषज्ञ हरिकुमार श्रेष्ठ र छाला […]

स्वास्थ्यचौकीको भवन निर्माणले स्थानीयलाई राहत

म्याग्दी, २० असोज । दश वर्षसम्म एउटा कोठाबाट सञ्चालन भएको अन्नपूर्ण गाउँपालिका–६ घारको स्वास्थ्यचौकीको सुविधा सम्पन्न भवन निर्माण भएको छ । शहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ कास्कीले एक करोड ५६ लाख लागतमा भूकम्प प्रतिरोधी क्षमताको दुई तले भवन निर्माण गरेको हो । भवन निर्माणपछि सेवा प्रवाहमा सहज भएको स्वास्थ्यचौकीका प्रमुख […]

बजेट अभावमा आयुर्वेद औषधालयका सेवा बन्द

बैतडी, १९ असोज । बाथरोगका बिरामीलाई मध्यनजर गरेर आयुर्वेद औषधालय मुस्याचोर र शाहीलेक सञ्चालन गरिएको पञ्चकर्म सेवाअन्तर्गत स्वदेन र स्नेहन सेवा बन्द भएको छ । कार्यक्रम ढिला आएकाले साउन १ गतेदेखि सो सेवा बन्द भएको आयुर्वेद औषधालयका वरिष्ठ वैद्य नरेन्द्र कलौनीले बताए । बजेटको अभावमा सेवा बन्द भएपछि सेवाग्राही मार्कामा परेका छन् । गाउँ नजिकैको […]

अस्पतालमा भाइरलका बिरामी बढे

पर्वत, १९ असोज । गर्मी मौसम सकिएर विस्तारै जाडो मौसम शुरु हुनै लाग्दा पर्वत जिल्लामा मौसम परिवर्तनका कारण हुने सिजनल भाइरलफ्लूबाट सङ्क्रमित हुनेहरूको सङ्ख्या उच्च बनेको छ । जिल्ला अस्पताल पर्वतका मेडिकल सुपरिटेन्डेन्ट डा शिशिर देवकोटाका अनुसार सामान्य अवस्थामा अस्पतालको ओपिडी कक्षमा दैनिक २० सम्म बिरामी आउने गरेको भए पनि पछिल्ला केही दिनयता एक सयभन्दा […]

कार्यविधि नबन्दा पशुसेवा भ्यान सञ्चालनमा समस्या

बनेपा, १७ असोज । पशु सेवा भ्यान सञ्चालन कार्यविधि नबनेका कारण भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धुलिखेललाई प्राप्त भएको भ्यान सञ्चालनमा समस्या भएको छ । करीब दुई महीनाअगाडि प्रदेश सरकारबाट प्राप्त सो भ्यान जिल्लामा नै पहिलो पशु उपचार सेवाका लागि प्राप्त भएको भ्यान हो । तर सञ्चालन कार्यविधि नबनेकै कारण सेवाप्रवाहमा भने समस्या […]

स्वास्थ्य केन्द्रको ‘भवन भव्य, उपचार छैन’

बाँके, १७ असोज । एक दशक लगाएर निर्माण गरिएको नरैनापुर गाउँपालिकास्थित लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्र अहिले पनि समस्यै समस्याग्रस्त बनिरहेको छ । १८ महीनामा निर्माण पूरा गर्नुपर्ने सम्झौताका साथ काम शुरु गरिएको उक्त तीनतले भवन १० वर्षमा भर्खरै मात्र पूरा भएको छ । केन्द्रमा खानेपानी, बिजुलीका साथै चिकित्सक र औषधिको व्यवस्थापनमा कसैको ध्यान जान सकेको […]

सुत्केरीलाई ‘रातो भाले’

गलकोट, १७ असोज । बागलुङ जिल्लाको बरेङ गाउँपालिकाले सुत्केरीलाई ‘रातो भाले’ दिने भएको छ । गाउँपालिकाले पाँचाँै गाउँसभामार्फत स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई घरमै पुगेर रातो भाले उपलब्ध गराउने नीति लिएको छ । गर्भवती भएपछि नियमित स्वास्थ्य जाँच गर्ने, जाँच गर्दा पोषण झोलासमेत उपलब्ध गराउने गाउँपालिकाले जनाएको छ । घरमा हुने सुत्केरीलाई स्वास्थ्य संस्थामा सुरक्षितरूपमा सुत्केरी […]

बिरामीलाई निःशुल्क रगत उपलब्ध गराइने

कञ्चनपुर, १७ असोज । नेपाल रेडक्रस सोसाइटी शाखा कार्यालय कञ्चनपुरले सञ्चालन गर्दै आएको रक्तसञ्चार सेवा केन्द्रले बिरामीलाई निःशुल्करूपमा रगत उपलब्ध गराउने व्यवस्था गरेको छ । सुदूरपश्चिम क्षेत्रमा निःशुल्करुपमा रगत उपलब्ध गराउने रक्त सञ्चार केन्द्र पहिलो हो । बिरामीलाई रगत परीक्षण र अन्य सेवा उपलब्ध गराएवापत विगतमा रु ७७० प्रतिपिन्ट शुल्क लिँदै आएकामा स्थानीय तहले रक्त […]

सुत्केरी भत्ता दिँदै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान

तुलसीपुर, १७ असोज । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सुत्केरी भत्ता प्रदान गर्ने भएको छ । यस अघि बन्द गरिएको सुत्केरी भत्तालाई पुनः दिन शुरु गर्ने निर्णय भएको प्रतिष्ठानका रजिष्ट्रार रामप्रसाद प्याकुरेलले जानकारी दिए । तत्कालीन राप्ती उपक्षेत्रीय अस्पताल प्रतिष्ठानमा परिणत भएपछि बजेट रोकिएका कारण सुत्केरी भत्ता वितरण हुनसकेको थिएन । स्वास्थ्य मन्त्रालयले बजेट दिएपछि प्रतिष्ठानले […]