पर्यटकको सङ्ख्यासँगै राजश्व बढ्यो

भक्तपुर, १५ कात्तिक । पर्यटन वर्ष २०२० नजिकिँदै गर्दा भक्तपुरमा आउने पर्यटकको सङ्ख्या वृद्धि भएसँगै राजश्व पनि बढेको छ । पर्यटक बढेसँगै भक्तपुर नगरपालिकाले सङ्कलन गर्ने पर्यटन शुल्कसमेत बढेको छ । चालू आवको साउन, भदौ र असोज महिनामा गत वर्षभन्दा यस वर्ष ६०० पर्यटक बढेको छ । आव २०७५/७६ को साउन, भदौ र असोजको तीन […]

अब भारतबाट सिधै चितवनमा पाइपलाइनबाट ग्यास र इन्धन

हेटाैडा । नेपाल आयल निगमले क्रस बोर्डर पाइपलाइन सञ्चालनपछि थप दुई महत्वपूर्ण आयोजनाको निर्माण थालेको छ । अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनलाई चितवन (लोथर) सम्म र भारत बोर्डरदेखि अमलेखगञ्ज हुँदै चितवनसम्मको एलपी ग्यास पाइपलाइन निर्माण थाल्ने भएको हो । केहि दिन अघि आपूर्ति मन्त्री मातृका यादवले दुवै परियोजनाको संयुक्त रुपमा शिल्यान्यास गरेका छन् । चितवनको लोथरसम्म इन्धन […]

तिहार सकिएलगतै ओरालो लाग्यो सुनको मूल्य

काठमाडौं । १४ असोज गते सुनको मूल्य घटेको छ । सुनको मूल्य घटेसँगै आज प्रति तोला ७० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी, आज तेजाबी प्रति तोला ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य प्रति तोला ८ सय ६० रुपैयाँमा कारोबार […]

एडिबीको १९ करोड ५० लाख योगदानमा मुग्लिन–पोखरा सडक चार लेनको बनाइने

काठमाडौँ, १४ कात्तिक । एशियाली विकास बैंक एडिबीले पोखरा–मुग्लिन राजमार्गलाई चार लेनमा विस्तार गर्न रु १९ करोड ५० लाख ऋण सहायता उपलब्ध गराउने भएको छ । विद्यमान दुई लेनको उक्त राजमार्गलाई चार लेनमा रुपान्तरण गर्न सरकारले रु पाँच अर्ब ९० करोड लगानी गर्नेछ । एडिबीको प्रधान कार्यालय मनिलाबाट भर्खरै जारी प्रेस विज्ञप्तिअनुसार नेपालको आर्थिक विकासमा […]

सहकारी बैंकको ३० लाख रुपैयाँ लिएर कर्मचारी टाप

काठमाडाैं । जनकपुर ढल्केबर सडकखण्डअन्तर्गत पर्ने महेन्द्रनगर बजारबाट ५ किलोमिटर पश्चिमतर्फको दुरीमा पर्ने शान्तिपुर गाउँका २५ जना गाउँलेको करिब ३० लाख रुपैयाँ लिएर कर्मचारी नै भागेपछि उनीहरु कंगाल बनेका छन् । बटेश्वर गाउँपालिक–५ स्थित शान्तिपुर मुस्लिम टोलमा करिब ४५ घरधुरी छन् । मुस्लिम टोलका २५ जना महिलाले सहकारी बैंकबाट सुलभ दरमा ऋण लिएर ३६ प्रतिशत […]

हाइब्रिडले दियो धोका, धानमा कालोपोके लागेपछि किसानहरु चिन्तित

पर्वत, ११ कात्तिक । कुस्मा नगरपालिका–९ कटुवाचौपारीका कृषक हरि अधिकारीलाई अहिले हाइब्रिड जातको धान लगाएकोमा पछुतो भएको छ । थोरै जमीनमा पनि धेरै उत्पादन हुने आशामा वर्णशङ्कर जातको धान लगाएका उनको धानका बालामा कालो पोके नामक ढुसीको प्रकोप फैलिएको छ । उनले भने, “धेरै फल्छ भनेर छिमेकीका अरूले झै मैले पनि अघिल्लो वर्षदेखि नै हाइब्रिड […]

सयपत्री आयात रोक्न माग गर्दै युवा किसान

चिप्लेढुङ्गा, १० कात्तिक । सधैँ सामाजिक सञ्जालबाट सरकारलाई गाली गरिरहनुभन्दा देशभित्रै केही गरौँ न भन्ने सोचले प्रेरित दुई युवा यतिबेला तनहुँको फिरफिरेमा सयपत्री फूलको व्यवसायमा व्यस्त छन् । समृद्धि कृषि क्रान्तिबाट सम्भव छ भन्ने सोचेर उनीहरू रु ४० लाखको लागतमा ६० रोपनी जग्गा भाडामा लिएर फूल उत्पादनमा लागेका हुन् । पोखरा सिम्पानीका मानव कल्याण पराजुली […]

काभ्रेमै सुरु गरियो ५३६ मेगावाट विद्युत् आयोजना

काभ्रेपलाञ्चोक, १० कात्तिक । ‘गौरवको आयोजना’को रूपमा लिइएको सुनकोशी–तेस्रो जलाशययुक्त जलविद्युत् आयोजना निर्माण प्रक्रिया शुरु भएको छ । आयोजना निर्माण थाल्नुअघिको प्रक्रियाअन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयद्वारा संयुक्तरूपमा सुनकोशी–३ जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए)का लागि क्षेत्र निर्धारणका लागि प्रक्रिया शुरु गरिएको हो । प्रदेश नं ३ अन्तर्गतका काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, […]

सङ्घीय सांसद कोषको छ करोड विनियोजन

बाजुरा, १० कात्तिक । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको छ करोड बजेट सडक, शिक्षा र सिँचाइमा खर्च गरिने भएको छ । निर्वाचित प्रतिनिधिसभा सदस्यको नेतृत्वमा खर्च हुने बजेटमध्ये दुई करोड ३० लाख सडक निर्माणमै छुट्याइएको छ । रु ५० लाख बराबरका ठूला छ योजनामध्ये चार योजना सडक नै परेका छन् । जसमा गौमुल गाउँपालिकाअन्तर्गत घटमुना […]

अब यस्तो बनाउँदैछ चिनियाँ कम्पनीले बुटवल–नारायणगढ सडक

कावासोती, ९ कात्तिक । पूर्व पश्चिम राजमार्गअन्र्तगत नारायणगढ–बुटवल सडकखण्डको विस्तारको काम शुरु गरिएको छ । निर्माणको जिम्मापाएको चाइना स्टेट कन्सट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले पूर्वी खण्ड नवलपरासीपूर्वको लोकाहा र गैँडाकोटको थुम्सिबाट सडक विस्तारको काम शुरु गरेको हो । नारायणगढ–बुटवल सडक विस्तारको काम शुरु हुन नसकेको भनेर गुनासो बढ्न थालेपछि निर्माणको जिम्मा पाएको कम्पनीले काम शुरु गरेको हो […]