७ चोरीमा सम्लग्न भइ ६ वर्षदेखि फरार गुण्डा पक्रन प्रहरीले चलायो गोली

काठमाडौं । काठमाडौंको टोखामा प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएका छन् । प्रहरीको सार्वधिक खोजीको सूचीमा रहेका सिन्धुपाल्चोकका तामाङ टोखामा रहेको सूचनापछि उनलाई पक्राउ गर्न सोमबार(आज) विहान टोखा पुगेको प्रहरीमाथि उनले आक्रमणको प्रयास गरेपछि प्रहरीले गोली चलाएको थियो । गोली लागेर विष्णु तामाङ घाइते भएका छन् । उनी सातवटा चोरीका घटनामा संलग्न रहेको […]

घाँस काट्न गएकी युवतीमाथि बलात्कार गर्ने प्रहरीमाथि छानविन

नवलपरासी । पश्चिम नवलपरासीको सुनवलमा रहेको दङ्गा नियन्त्रण प्रहरी कार्यालयका बलात्कार गर्ने दोषी प्रहरीद्वयलाई कारवाहीको माग राख्दै स्थानीयले प्रदर्शन गरेका छन् । एक महीनाअघि प्रहरीद्वयले स्थानीय एक १७ वर्षीया किशोरी र २६ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपसहितको घटना बाहिर आएपछि बलात्कारजस्तो घृणित तथा अपराधजन्य कार्य गरेकाले दोषीलाई हदैसम्मको कारवाही माग राख्दै दबाब दिन स्थानीयवासीले प्रदर्शन […]

२३७६ किलोमिटर फाइबर बिच्छ्याउने काम सुरु

काठमाडौ । अप्टिकल फाइबर बिच्छ्याउने अभियानको औपचारिक सुरुवात सोमबार हुँदैछ । सबै जिल्ला तथा स्थानीय तहसम्म ‘नेटवर्क ब्याकबोन’ तयार गर्ने उद्देश्यले नेपाल टेलिकमले प्रदेश १, २ र ३ अन्तर्गत विभिन्न तीनठाउँबाट एकैपटक फाइबर बिच्छ्याउन लागेको हो । डिजीटल नेपाल बनाउने अभियान अन्तर्गत धादिङको गल्छी गाउँपालिकाको मासटारबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दिउँसो १ बजे यसको […]

विश्वकर्माको तमसुक सार्वजनिक

काठमाडौं । अन्तराष्ट्रिय नेपाली साहित्य समाजका निवर्तमान अध्यक्ष पदम विश्वकर्माको कथासंग्रह तमसुक सार्वजनिक भएको छ । काठमाडौंमा विशेष कार्यक्रम गरी ‘तमसुक’ सार्वजनिक गरिएको हो । कथासंग्रह तमसुक विमोचन कार्यक्रममा प्रमुख अतिथिका रुपमा आख्यानकार माया ठकुरी, विशेष अतिथि प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेल, दामोदर पुडासैनी, अनेसासका अध्यक्ष राधेश्याम लेकाली, गोरखापत्रका सम्पादक श्रीओम शर्मा रोदन लगायतका व्यक्तित्वको उपस्थिति रहेको […]

बैतडीमा जीप दुर्घटनामा हुँदा तीनको मृत्यु, तीन घाइते

कैलाली, ५ जेठ । बैतडीको नानीगाडमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका–११ मा आइतबार दिउँसो भएकाे जीप दुर्घटनामा परी तीन जना घाइते भएका छन् । बैतडीकै देहिमाण्डौबाट गिरिगाडा जाँदै गरेको म १ ख ४९२१ नम्बरको जीप सडकबाट करिब दुई सय मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा दशरथचन्द नगरपालिका […]

लडाकु विमान घरभित्र घुस्यो तर पाइलट निस्किए सकुशल

एजेन्सी । दक्षिणी क्यालिफोर्नियाको मार्च एयर रिजर्भ बेसमा आफ्नो नियमित अभ्यासका लागि निक्लिएको एफ–१६ लडाकु विमान एक भवनमा ठोकिएर दुर्घटनाग्रस्त भएको छ । यद्यपि यो दुर्घटनामा पाइलट सुरक्षित रुपमा बाहिर निक्लिएको र उनलाई कुनै चोटपटक नलागेको बेसका प्रवक्ताले बताएका छन् । विमान दुर्घटना भएपछि थोरै आगो लागेको दुर्घटनाका तस्बिर स्थानिय टिभीमा देखाइने बेसका अग्नी अधिकारीलाई […]

त्रिसुलीमा बस खस्दा ५ को मृत्यु ३० घाइते

काठमाडाैं, ५ जेठ । त्रिसुली नदीमा बस दुर्घटना हुँदा ५ यात्रीको ज्यान गएको छ भने ३० जना घाइते भएका छन् । काकडभिट्टाबाट काठमाडौतर्फ आउँदै गरेको बस आइतबार बिहान दुर्घटना भएपछि उक्त हताहती भएको हो । ना ७ ख ४३८७ नम्बरको बस धादिङको गजुरी-६ स्थित सडकबाट ६० मिटर तल त्रिशूली नदीमा खसेको हो। उक्त दुर्घटनामा १ […]

सरकारले मुआब्जा विवाद समाधान नगरेपछि बागमतीबाट एडीबी हट्दै

काठमाडौं, ५ जेठ । मुआब्जा विवादले निकास नपाएपछि बागमती नदी किनारा सौन्दर्य (बागमती ब्युटिफिकेसन परियोजना) अभियान प्रत्यक्ष प्रभावित बन्ने भएको छ । परियोजनाको मुख्य दातृ निकाय एसियाली विकास बैंक (एडीबी) परियोजनाबाट हट्ने भएसँगै ब्युटिफिकेसन योजना अलपत्र पर्ने भएको हो । नारायणटार–गुह्येश्वरी खण्डको १ सय ८८ रोपनी जग्गाको मुआब्जा विवाद किनारा नलागेपछि ३ अर्ब ६० करोड […]

फेरि अर्को यात्रुवाहक बस त्रिशुलीमा खस्यो

काठमाडाैं । धादिङकाे बन्छेटारमा एक यात्रुवाहक बस राजमार्गबाट त्रिशुली नदीमा खसेकाे छ । अाज आइतबार बिहान यात्रुबस धादिङकाे गजुरी गाउँपालिका–६ बन्छेटारमा त्रिशुली नदीमा खसेको हो । प्रहरीका अनुसार उक्त बस झापाकाे काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको थियाे । प्रारम्भिक विवरण अनुसार तीन जनाको मृत्यु भएको खबर अाएकाे छ । ईलाका प्रहरी कार्यालय गजुरीले दुर्घटनास्थलमा उद्धार कार्य […]

सर्लाहीमा स्कार्पियो जीपले लियो बाबुछोराकै ज्यान, चालक फरार

सर्लाही, ४ जेष्ठ । सर्लाहीको हरिपुर-४ हरैयामा स्कारपियो जीपको ठक्कर बाट एकै परिवारका बाबु र छोराको मृत्यु भएको छ । शनिवार साझ करिब पाँच बजेको समयमा नवलपुर मलंगवा सडक अन्तर्गत हरिपुर – ४ हरैयाचौक नजिक उक्त दुर्घटना भएको हो । नवलपुरबाट सर्लाहीको सदरमुकाम मलंगवातर्फ जाँदै गरेको बा १९च २५८८ नम्बरको स्कारपियो जीपको ठक्करबाट भैंसी चराउन […]