धारै नभकाहरू मुलधारमा आऊ रे

धारै नभकाहरू मुलधारमा आऊ रे मलाई ताजुब लाग्छ यार ! मुलधारकालाई चै किनारा लाऊ रे मलाई ताजुब लाग्छ यार ! शासक बर्वराउने, सत्ता धर्मराउने पनि गीत गाउने हाे श्रष्टाले ? बरू काला कर्तुतकाे गुनगान गाऊ रे मलाई ताजुब लाग्छ यार ! जीवन तरकारीकाे मूल्य जस्तै ठानी आत्महत्या गर्दैछ किसान खाेक्छाै, राेजे जति छ बजार भाउ […]

आस्थाको अजम्बरी धराहरा ढल्दैन कमरेड

बादलको हलचलले पत्थर गल्दैन कमरेड उखान टुक्काको भरमा देश चल्दैन कमरेड दुई-चार दिनको रमझममा रमाएर के गर्नु बनमारा रोपेपछि सुन्तला फल्दैन कमरेड बाध्यताको चौतारीमा सन्नटा छाए पनि मसान छेउमा शान्तिको दियो बल्दैन कमरेड आवेग र उत्तेजनाले मात्रै के पो हुन्छ र तातोपानीले कहिल्यै घर जल्दैन कमरेड चाहे धम्की बर्षियोस या त दमन दन्कियोस आस्थाको अजम्बरी […]

भौती माया लाउँदाइनउ क्या

भौती माया लाउँदाइनउ क्या भन्दी क्या बैरालो भयो विचाराउ आम्नाई पछि धाउँदाइनउ क्या भन्दी क्या बैरालो भयो विचाराउ । गाउँ छोड्या बेली टुपुक्कै ग्यार दिन भया म कन साटा घर आउँदाइनउ क्या भन्दी क्या बैरालो भयो विचाराउ । काखथी नबोली ठुस्स पण्या क्या मन्ने आयो भन्दो म सैतै आपी राउँदाइनउ क्या भन्दी क्या बैरालो भयो […]

कसरी भनुँ के सोच्दैछु म, न ससुराली न साली भएपछि

जे सोच्छ होला नि खेतले आली नभएपछि त्यही सोच्छ होला किसानले बाली नभएपछि । हाम्ले जस्तै सोच्छ होला या अलि केही फरक साँच्चै के सोच्छ होला रूखले डाली नभएपछि । सोच्न त सोच्छ होला नसोच्ने पनि पक्कै मनमनै कुनै सुन्दर फुलवारीको माली नभएपछि । जहिल्यै साँझ भरी हुने त्यो भट्टीको गिलासले पनि सोच्नु सोच्छ होला […]

गजल: दूध माथि लाग्ने मिठो तर हुनु है मै साप

एउटा सानो सुन्दर; घर हुनु है मै साप   घर छेउ पिपलसँगै; वर हुनु है मै साप १ भरखर भरखर विश्वासको जग हाल्दैछु म छानो बन्न पिरतिको; खर हुनु है मै साप १ सुन्दर त्यो नाम कति सुन्दर हुन्थ्यो होला झनै  तिम्रो नामको पछि मेरो; थर हुनु है मै साप १ भनेँ भने कतै मैले के […]

लुट् कान्छा लुट जो छ

भो छाडिदेउ गाउन अब हे पशुपति । जति गरे नि सप्रिदैन हाम्रा नेताको मति । बलि चढे बरू पुर्खा तर अहँ झुक्दै नझुकि बनेको छ ईतिहास हाम्रो रगतले लतिपती । त्यही रगतमा होली खेल्दै पन्चे मण्डले सबैले लुट्न थालेको यो देश कति भो कति । अरे लुट्नुको पनि त सिमा हुन्छ महाशय छाती फुलाउँदै खुल्लै […]

खुल्ला प्रेम प्रस्ताव

साँझ पर्याे जिन्दगीमा बास दिने काेही छ ? भाेकाएकाे याे मनलाई गास दिने काेही छ ? रूने रूवाउने त थुप्रै छन् हजुर यहाँ छेउमा मलाई हसाई हासी दिने काेही छ ? खाेजेकाे बेतुककाे क्षणिक माया हाेइन पलपल हरपल खास दिने काेही छ ? भेटिएर-छुट्ने दाेबाटाेमा तमाम भेटिन्छन् धड्कन धड्कुन्जेल सास दिने काेही छ ? अनन्त […]

जीन्दगी

  कतै घाम कतै पानी पर्छ किन हाेला ? घामपानीमै इन्द्रेणी रङ् भर्छ किन हाेला ? भमरा जब भुनभुनाउदै डुल्न थाल्छ कतै बगैचाकाे फूलले वास्ना छर्छ किन हाेला ? भाग्यमा नै नभएका मनमा हुन्छन् भन्थे त्यै पाउन दिल् मरिहत्ते गर्छ किन हाेला ? काेही अाफू रून्छन, काेही अरू रूवाउछन् रूवाउनेलाई सम्झी अासुँ झर्छ किन हाेला […]

शासक, हनुमान र किनाराका साक्षीहरु

शासकहरु सधैं दासहरु खोज्छन् उनीहरु बुख्याँचाहरु तयार गरेर तिनकै टाउकोमा टेक्दै राज्यसत्ताको बार्दलीमा उक्लिन्छन् ‘तिमीहरु बलिदान गर्न जन्मेका हौ’ ‘तिमीहरू सहिद हुन जन्मेका हौ’ ‘र शहीदभन्दा महान् अरु कोही हुँदैन ‘ ‘युगलाई हाँक्ने चक्का हौ तिमीहरू’ इतिहासको प्रत्येक कुइनेटोमा शासकहरु यसरी नै ब्रेनवास गर्छन् वायुपंखी ऊर्जाधारी युवाहरूको र घोडा बनाएर सत्ताको यात्रा गर्छन् हट् घोडा […]

अलिकति लाज हुने हो भने

एसल्ट ग्रुपका योध्दाहरू चुडिएका हात-खुट्टा घिसार्दै तिम्रो राजधानीमा अनसनमा छन एक मुठ्ठी गणतन्त्र माग्दै ती तिमीलाई सत्तामा चढाउँनेहरू यसरी अलपत्र भएको वेला तिमी भने बुलेट प्रुफ गाडी भित्र हिजोका दुश्मनको सुरक्षामा छौ अलिकति लाज हुने हो भने यो तिमीले लाज मान्नु पर्ने समाचार हो ! जसले काँखका नानीहरू गुमाए ती अझै अपमानित छन जसले अँगालाका […]