जेसिबि, स्कोर्पियो र प्रशासन शाखामा आगजनी, जिल्ला अध्यक्षको घरमा बम

बैतडी, ८ माघ । बैतडीको डिलाशैनी गाउँपालिकाको सम्पर्क कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । बुधवार बिहान ३ बजे गाउँपालिकाको वडा नं ३ पन्सेरामा रहेको सम्पर्क कार्यालयको प्रशासन शाखामा आगजनी गरिएको हो। यस्तै गाउँपालिकाको म १ च ४८८ नम्बरको स्कोर्पियोमा पनि आजगनी गरिएको छ। गाउँपालिकाले भाडामा लिएको सो स्कार्पियो गाडी नेकपाका अध्यक्ष सुरेन्द्र पालले चढ्दै […]

सरकारमा सहभागी हुने विषयमा राजपाभित्र फेरि चर्कियो विवाद

काठमाडौं, ०८ माघ । राष्ट्रिय जनता पार्टी राजपाभित्र सरकारमा सहभागी हुने विषयमा विवाद उत्पन्न भएको छ । चार जना उपाध्यक्ष र एक जना महासचिवले मंगलबार अध्यक्ष मण्डलका संयोजक महेन्द्र यादवलाई पत्र लेख्दै सरकारमा जाने विषयमा पार्टीभित्र संस्थागत निर्णय हुनुपर्ने माग गरेका छन्। समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि राजपा सरकारमा सहभागी हुने चर्चा चल्न थालेको छ। तर […]

कक्षा ११ र १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक, हेर्नुहोस् तालिका

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११  र १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ ।  तालिका अनुसार कक्षा १२ को परीक्षा २०७७ बैशाख ८ गते देखि सुरु हुने भएको छ भने  कक्षा ११ को परीक्षा २०७७ बैशाख २१ गते देखि सुरु हुने भएको छ । परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुने […]

नेप्सेमा मंगलबार लाग्यो उकालो

काठमाडौं, ७ माघ । साताको तेस्रो दिन मंगलबार शेयर बजार सामान्य उकालो लागेको छ । नेप्से परिसूचक ३.३६ अंकले बढेर १३२०.४७ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.२६ प्रतिशतले बढी हो । सामान्य अंकले बढेको बजारमा कूल एक अर्ब ५१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ४६ […]

विशेष सूचनाको आधारमा विप्लव समूहका सिन्धुपाल्चोक सेक्रेटरी भक्तपुरमा पक्राउ

भक्तपुर, ७ माघ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका सिन्धुपाल्चोक सेक्रेटरी भुवनसिंह तामाङ भक्तपुरमा पक्राउ परेका छन। तामाङलाई मध्यपुर थिमि ४ चारदोवाटोबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। चारदोबाटोमा अपरिचित व्यक्तिले स्थानीय व्यापारीहरूलाई धाकधम्की दिई जवरजस्ती चन्दा असुली गरी हिँडिरहेको भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त थिमिको प्रहरी टोलीले तामाङलाई पक्राउ […]

अरु कसैले उम्मेदवारी नै नदिएपछि अग्नि सापकोटा सभामुखमा निर्विरोध

काठमाडौं, ७ माघ । संघीय प्रतिनिधि सभाको सभामुखमा सत्तारुढ नेकपाका नेता अग्नि सापकोटा निर्विरोध चयन हुने भएका छन् । निर्धारित समयमा अन्य दलबाट कसैको पनि उम्मेदवारी नपरेपछि उनी निर्विरोध चयन हुने निश्चित भएको हो। तर, यसको औपचारिक घोषणा भने माघ १२ गते बस्ने संसद् बैठकबाट गरिने बताइएको छ । संसद् सचिवालयले मंगलबार ११ देखि २ […]

मोदीले भने यसै वर्ष नेपाल भ्रमणमा आउँछु

काठमाडौं, ७ माघ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसै वर्ष नेपाल भ्रमण गर्ने बताएका छन्। मंगलबार विराटनगरको एकीकृत जाँच चौकीको भिडियो कन्स्फ्रेन्समार्फत गरिएको उद्‍घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमणको लागि दिएको निम्तोलाई मोदीले स्वीकार गरेका हुन्। नरेन्द्र मोदी दोस्रोपटक प्रधानमन्त्री भएपछि नेपाल आएका छैनन् भने नेपालमा पनि केपी शर्मा ओली दोस्रोपटक प्रधानमन्त्री भएका […]

अचेत अवस्थामा उद्धार गरिएका ८ भारतीय पर्यटकको मृत्यु

काठमाडौं । मकवानपुरको सिमभञ्ज्याङस्थित होटल एभरेष्ट पानोरमाबाट अचेत अवस्थामा उद्धार गरी काठमाडौं ल्याइएका आठ जना भारतीय नागरिकको मृत्यु भएको छ। होटलमा बेहोस अवस्थामा भेटिएका उनीहरुलाई मंगलबार बिहान हेलिकोप्टरबाट उद्धार गरी काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा ल्याइएको थियो। अस्पतालमा ल्याइएका आठैजनाको मृत्यु भएको अस्पतालका मार्केटिङ एक्ज्युकेटिभ रोशन अधिकारीले जानकारी दिए। मकवानपुरमा आठ भारतीय अचेत, हेलिकप्टरबाट काठमाडौं लगियो […]

बाग्मती प्रदेशभरि विद्युतीय बस

भक्तपुर, ७ माघ । बाग्मती प्रदेशभरि विद्युतीय बस चलाउने योजना अगाडि सारिएको छ । काठमाडौँ, धुलिखेल, हेटौँडासहित बाग्मती प्रदेशभरि नै विद्युतीय सवारीसाधन सञ्चालन गर्न प्रदेश सरकार, काठमाडौँ, ललितपुर र भरतपुर महानगरपालिका तथा टोखा नगरपालिकाका नगर प्रमुखबीच सोमबार हेटौँडा सहमतिसँगै यो योजना अगाडि बढ्ने भएको हो । त्यसैगरी, बाग्मती प्रदेश सरकारले अगाडि बढाउने विकास योजनामा प्रदेशका […]

बेहोस अवस्थामा भेटिएका ८ भारतीय पर्यटकको मृत्यु

  काठमाडौं, ७ माघ। मकवानपुरको एक होटलमा बेहोस अवस्थामा भेटिएका ८ भारतीय पर्यटकको मृत्यु भएको छ । मंगलबार बेहोस भेटिएपछिकर्मचारीले इलाका प्रहरी कार्यालय, पालुङलाई खबर गरेका थिए । अचेत भएका ४ पुरुष र ४ महिलासहित ८ जना भारतीय पर्यटकलाई कैलाश एयरको हेलिकप्टरमार्फत आकस्मिक उद्धार गरी काठमाडौं पठाइएको पालुङका प्रहरी निरीक्षक विकास तामाङले अनलाइनखबरलाई बताए । […]