हिमालय एयरलाइन्सले सोमबारदेखि ढाका उडान गर्ने

काठमाडौँ, ५ साउन । निजी क्षेत्रको अन्तरराष्ट्रिय वायु सेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले सोमबारदेखि बङ्गलादेशको राजधानी ढाका उडान गर्ने भएको छ । बङ्गलादेशी पर्यटकको नेपाल आगमन सहजतालाई लक्ष गर्दै कम्पनीले काठमाडौँ–ढाका सिधा उडान थाल्ने जनाएको हो । काठमाडौँ–ढाका साताको तीन दिन उडान गर्ने गरी तालिका बनाइएको हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले राससलाई जानकारी दिए । […]

वडाध्यक्षको तलब ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई

भीमदत्तनगर, ५ साउन । स्थानीय तहको निर्वाचनका बेला सरकारी सेवा सुविधा नलिने घोषणा गरेका कञ्चनपुर भीमदत्तनगरपालिका–१ का वडाध्यक्ष आसेफ कुवँर भुन्टुले आफूलाई आएको तलब भत्ता वडामै वितरण गरेका छन् । आइतबार बिहान वडा नं। १ को वडा कार्यालयमा गाउँका ज्येष्ठ नागरिक ७० वर्ष माथिका र अपाङ्गता भएका व्यक्तिलाई अध्यक्ष कुँवरले आफूलाई आएको रकम हस्तान्तरण गरेका […]

नारायणीमा पानीजहाज संचालनमा ल्याइने

चितवन, ५ साउन । सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै नारायणी नदीमा रिभर क्रुजसिप (मिनी पानीजहाज) सञ्चालनमा आउने भएको छ । क्रुज दशैँअघि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । क्रुज सञ्चालन गर्ने राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले शनिबार यहाँ पत्रकार सम्मेलन आयोजना गरी दशैँ अगाडि क्रुज सञ्चालनमा ल्याइने जानकारी दिएको हो । सम्भाव्यता […]

निर्माण सकेको दुई महीनामै रोशी पुल भासियो

काभे्रपलाञ्चोक, ५ साउन । निर्माण भएको दुई महीनामै काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१० साल्मिटार र वडा नं ११ बल्थली जोड्ने रोशीखोलाको पुल साल्मिटारतर्फ भासिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, जिल्ला कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा पूर्वाधार कार्यालयमार्फत बन्दना भगवती जेभी नामक निर्माण कम्पनीले उक्त पुल बनाएको हो । रु तीन करोडको लागतमा निर्मित उक्त पुल ३५ दशमलव […]

विप्लवका प्रभावशाली नेता माइला लामालाई वेपत्ता पारेको परिवारको दावी

काठमाडौं । गएराति काठमाडौंको काँडाघारीबाट समातिएका भनिएका नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य माइला लामालाइ वेपत्ता पारिएको परिवारका सदस्यले जनाएका छन् । मध्यराति ठूलो संख्यामा प्रहरीले काठमाडौंको काँडाघारीमा उनी बसेको घर घेरा हालेर उनलाइ पक्राउ गरिएको बताइएको छ । तर, अहिलेसम्म उनलाइ कहाँ राखिएको छ भन्ने बारे प्रहरीले कुनै जानकारी दिन नमानेको पारिवारिक स्रोतको दावी छ […]

भक्तपुरमा एकाविहानै भेटियो पहिचान खुल्न नसकेकी महिलाको शव

भक्तपुर, ५ साउन । सूर्यविनायक नगरपालिका स्थित सृजनानगरमा एक महिला मृत अवस्थामा फेला परेकी छन् । सृजनानगर बस स्ट्याण्ड संगैको सडक पेटीमा घाँसले भरिएको झाडीभित्र उनी मृत अवस्थामा फेला परेकी हुन् । आइतवार विहान झाडीमा महिलाको शव देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । यतिबेला प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिएर मुचुल्का उठाउने कार्य गरिरहेको छ । […]

ठूलो वर्षा गराउने मौसम सक्रिय, भोलिदेखि नेपालमा भारी वर्षा हुने मौसमविदको भनाइ

काठमाडौं, ५ साउन । नेपालमा भाेलिदेखि ठूलाे वर्षा हुने माैसमविदले बताएका छन् । भारतबाट नेपालतर्फ अाउने ठूलो वर्षा गराउने मौसमी प्रणाली मनसुनकाे न्यून चापीय रेखा नजिकिँदै गरेकाले वर्षाको मात्रा पुनः बढ्ने क्रममा रहेको मौसमविद्ले भनाइ छ। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीले हाल नेपालदेखि दक्षिण रहेको न्यून चापीय रेखा बिस्तारै उत्तर आउने क्रममा रहेकाे जानकारी […]

विप्लवका उपत्यका ब्यूरो इन्चार्ज तथा चर्चित कलाकार माइला लामा पक्राउ

काठमाडौं, ५ साउन । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका उपत्यका ब्यूरो इन्चार्ज माइला लामा पक्राउ परेका छन् । पछिल्लो समय उपत्यको कमाण्ड गरिरहेका पार्टी केन्द्रीय सदस्य समेत रहेका लामालाई गएराति १ बजे काठमाडौंको काँडाघारीबाट पक्राउ गरिएको हो । काँडाघारीको एक घरमा रहेका लामालाई घर घेरा हालेर समातिएको बताइएको छ । उनको साथमा […]

कर्णाली नदीदेखि शौचालय निर्माणसम्म घुस लिने ३ इन्जिनियर १५ लाख घुससहित रंगेहात फन्दामा

काठमाडौँ, ४ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ लाख रुपैयाँ घुस लिएको अभियोगमा कर्णाली नदी नियन्त्रण आयोजनाका तीन इञ्जिनीयरलाई पक्राउ गरेको छ। बर्दियाको गेरुवा गाउँपालिकाबाट उनीहरुलाई घुसहित शनिबार पक्राउ गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले पुष्टि गरे। उनका अनुसार इञ्जिनीयरत्रय कमल सिटौला, विश्वेश्वरप्रसाद साह र हरिप्रसाद चौधरीलाई पक्राउ गरिएको हो। उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको […]

गुठीको जग्गा हडपेर बनाउन थालिएको भवनको जगै समेत भत्काए स्थानीयले (भिडियो सहित)

काठमाडौं, ४ साउन । काठमाडौंको पचली भैरवमा स्थानीयको गुठी हडपेर बनाउन थालिएको भवन संरचना स्थानीयवासीले भत्काइदिएका छन् । पचली भैरवको बागमती किनारमा रहेको महेन्द्र सरस्वति सामुदायिक विद्यालय अगाडि रहेको निजी गुठीको जग्गा हडपेर केही व्यक्तिले नक्सा नै पास नगरी भवन संरचना बनाउन लागेका थिए । शनिवार बिहान ८ बजे पचली भैरव गुठीका परिवारले नेवार समुदायको […]