धुर्मुसले बेच्न थाले ठेलामा मःम, चाउमिन र फलफूल

चितवन ३ मंसिर । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई सहयोग पुर्‍याउन ठेला पसल सञ्चालनमा ल्याइएको छ । धुर्मुश सुन्तरी फाउण्डेशनले पश्चिम चितवनको रामपुरमा रङ्गशाला बनाउँदै छ । रङ्गशालाको अवलोकन गर्न आउनेलाई लक्षित गरी ठेला पसल सञ्चालनमा ल्याइएको फाउण्डेसनका अध्यक्ष सीतारम कट्टेलले जानकारी दिए । उनका अनुसार ठेलामा फलफूल, बदाम, पानी लगायतका वस्तु विक्री गरिएको छ । […]

लिलामि काठ बिक्रीबाट ७४ लाख राजश्व

झापा, २ पुस । एक दशकदेखि डिभिजन वन कार्यालय झापाको परिसरमा रहेको चोरी तस्करीमा समातिएका तथा बेवारिसे अवस्थामा बरामद गरिएका काठ लिलाम बिक्री गरिएको छ । वन मुद्दामा बरामद गरिएका र पुराना काठ बिक्रीबाट कार्यालयले रु ७४ लाख राजश्व प्राप्त गरेको डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले बताए । उनका अनुसार साल जातको काठ […]

राष्ट्र बैंकले २० करोड बराबरको बैदेशिक रोजगार बचतपत्र निष्काशन गर्दै

nepal-rastra-bank

काठमाडौं १ पुस। नेपाल राष्ट्र बैंकले २० करोड बराबरको वैदेशिक रोजगार बचतपत्र निष्कासन गर्ने भएको छ । मंगलबार एक सूचना जारी गर्दैै बैंकले वैदेशिक रोजगारीमा रहेका र हालसालै रोजगारीबाट स्वदेश फर्किएकाहरुका लागि पाँच वर्षे बचतपत्र निष्कासन गर्न लागेको हो । बचतपत्र आगामी पुस २७ गते निष्काशन हुँदैछ । पाँच वर्षका लागि निष्काशन गरिएको उक्त बचतपत्रमा […]

मालपोत कार्यालय भक्तपुरका सुब्वा मिश्र र कास गौतम उपर अख्तियारद्वारा आरोप पत्र दायर

भक्तपुर, १ पुस । भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरमा कार्यरत नायब सुब्वा नारायणराज मिश्र र कार्यालय सहयोगी भाईकाजी गौतम उपर भ्रष्टाचार अभियोगमा अख्तियारले आरोप पत्र दायर गरेको छ । मंगलवार विशेष अदालतमा उनीहरु उपर आरोप पत्र दायर गरिएको हो । सेवाग्राहीको मोही लगत कट्टा गर्ने प्रयोजनका लागि सोही कार्यालयमा कार्यरत कार्यालय सहयोगी करार भाईकाजी गौतम […]

टुटल र पठाओको पक्षमा उच्च अदालतको फैसला

भक्तपुर, ३० मङ्सिर । पछिल्लो समय विशेषत: शहरीया युवा माझ लोकप्रिय मानिएको टुटल र पठाओले निरन्तरता पाउने भएका छन् । यसलाई रोक्नका लागि परेको रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि यसले निरन्तरता पाएको हो । ट्याक्सी व्यवसायी संघले टुटल र पठाओ अवैधानिक भएको भन्दै रोक्न माग गर्दै उच्च अदालत पुगेका थिए । […]

विद्युत प्राधिकरणका कारण बैंकहरुको खर्ब बढी लगानी जोखिममा

काठमाडौँ २९ मंसिर । नेपाल विद्युत प्राधिकरणका कारण बैंकहरुले हाइड्रोपावर क्षेत्रमा गरेको ठुलो लगानी जोखिममा परेको छ । बैंकहरु स्वयं नै ठुलो लगानी जोखिममा पर्ने अवास्था आएको भन्दै राष्ट्र बैंकमा गुनासो गर्न थालेका छन् । बाणिज्य बैंकहरुले प्राथमिकता प्राप्त क्षेत्र भएकोले उर्जा तथा पर्यटनमा १५ प्रतिशत अनिवार्य लगानी गर्नु पर्ने राष्ट्र बैंकको नीतिको कारण पछिल्लो […]

सुनको भाउ फेरि उकालो कतिमा हुँदैछ कारोबार हेर्नुहोस आजको मुल्य

काठमाडौं, २९ मंसिर । करीब एक साताअघि ओरालो लागेको सुनको भाउ फेरि बढ्दै गएको छ । साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ । साताको कारोबारको अन्तिम दिन तोलामा ७० हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार बढेर ७१ हजार ३०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी […]

बालाजु बसपार्कलाइ राष्ट्रिय गौरवको बसपार्क बनाइदै

काठमाडौं । गोँगबुस्थित नयाँ बसपार्कलाई राष्ट्रिय गौरवको बसपार्क बनाइने भएको छ । नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्देश्यीय प्रालिद्वारा ल्होत्से मलमा स्थापना गरिएको ‘फिल्म हलको शुभारम्भ’ कार्यक्रममा देशकै एकमात्र राष्ट्रिय बसपार्कलाई गौरव गर्नलायक बसपार्क निर्माण गर्न लागिएको बताइएको हो । ल्होत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष दीपक कुँवरले काठमाडौँ महानगरपालिकाको सम्पत्ति नयाँ बसपार्कलाई नमूना बसपार्क बनाउन […]

नेप्सेमा फेरि हरियाली, कारोवार रकम नाघ्यो ५५ करोड

काठमाडौं । धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक १० अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १०.११ अङ्कले बढेर एक हजार १६१.४७ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.६९ अङ्कले बढेर २५५.१९ मा रोकिएको छ । परिसूचक बढेसँगै कारोवार रकममा पनि उल्लेख्य सुधार आएको छ । स्टकका अनुसार आज […]

जलपरि गौरिका सिंहले ५९ लाख पाउने पक्का

काठमाडौं, २६ मंसिर । १३औं दक्षिण एसियाली खेलकुदमा कीर्तिमानी पदक जितेकी गौरिका सिंहले ५९ लाख रुपैयाँ पाउने भएकी छन् । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले स्वर्ण पदक पाउने खेलाडीले ९ लाख, रजतले ६ लाख र कांस्यले ३ लाख दिने घोषणा गरेका थिए । एकभन्दा बढी स्वर्ण जित्नेलाई ११ लाख तथा टिम इभेन्टमा स्वर्ण जित्नेलाई ५ […]