नेताका बारेमा विवादास्पद समाचार दिएको भन्दै क्याम्पस प्रमुख निलम्वित

इलाम  । महेन्द्ररत्न बहुमुखी क्याम्पसका प्रमुख रामप्रसाद गुरागाईंलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टीबाट निलम्बन गरेको छ । पार्टीको निर्देशन विपरीत क्याम्पस सञ्चालन गरेको भन्दै अन्तरिम विधान २०७५ बमोजिम निष्कासन गरेको पार्टीले जनाएको छ । जिल्ला कार्यालयको बिहीबार बसेको बैठकले गुरागाईंलाई पार्टीबाट निलम्बन गर्ने निर्णय गरेको प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिएको छ । कार्यालय सचिव नवराज शंकरद्वारा जारी विज्ञप्तिमा […]

माध्यमिक विद्यालयमा ठूलो भ्रष्टाचार, अख्तियारले थाल्यो छानविन

विराटनगर । विद्यालय व्यवस्थापन समितिका अध्यक्षविरुद्ध उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थनपथ माविको भवन निर्माणको विषयमा अनुसन्धान सुरु गरेको छ। भवन निर्माणका लागि छुट्याएको रकम हिनामिना भएको भन्दै विराटनगर ११ को जनपथ माविका व्यवस्थापन समिति अध्यक्ष भगवान थापामाथि अनुसन्धान सुरु गरेको हो। संघीय मामिला मन्त्रालयको मातहतमा रहेको तराई मधेस समृद्धि कार्यक्रम अन्तर्गत तीन कोठे […]

शिक्षक सरुवा किन गरेको भन्दै नगरपालिका कार्यालय पूरै तोडफोड

रौतहट । शिक्षक सरुवाको विरोधमा कटहरिया नगरपालिका कार्यालयमा शुक्रबार विद्यार्थीले तोडफोड गरेका छन् । नगरपालिकाको कार्यालयको एक दर्जन कम्युटर, केही ल्यापटप, ५० बढी कुर्सी, दराज, सीसी क्यामरा तोडफोड गरेका हुन्। विद्यार्थीले झ्यालका सिसाहरु पनि तोडफोड गरेका छन्। उनीहरुले पन्जिकरण शाखा प्रमुख कौशल किशोर चौधरी र कार्यलय सहयोगी दिपेन्द्र साहलाई कुटपिटसमेत गरेका छन्। नगर कार्यपालिकाको बिहीबारको […]

गैँडाकोटका सबै विद्यालयमा एउटै पोशाक हुने

नवलपुर, १२ असोज । नवलपरासी बर्दघाट–सुस्ता पूर्व जिल्लाको गैँडाकोट नगरपालिकाले आगामी शैक्षिक सत्रदेखि सबै विद्यालयको पोशाकमा एकरुपता ल्याउने भएको छ । गैँडाकोट नगर शिक्षा समितिको बैठकले शैक्षिकसत्र २०७७ देखि नगरपालिकाभित्रका सबै विद्यालयमा विद्यार्थीको पोशाकमा एकरुपता ल्याउने निर्णय गरेको हो । गैँडाकोट नगरपालिकाको नगर शिक्षा समितिले नगरका १८ वटै वडामा रहेका सामुदायिक र संस्थागत विद्यालयमा एकै […]

भारतीय सहयोगमा कुलेश्वर माविको भवन

काठमाडौँ, १२ असोज । भारतीय सहयोगमा काठमाडौँ महानगरपालिका–१४ स्थित कुलेश्वर आवास माविको नवनिर्मित भवनको उद्घाटन भएको छ । काठमाडौँस्थित भारतीय राजदूतावासका नियोग उप–प्रमुख डा अजय कुमारले जिल्ला समन्वय समितिका अध्यक्ष शिव सुन्दरराज वैद्य र वडाध्यक्ष शोभा सापकोटाको उपस्थितिमा शनिबार भवनको उद्घाटन गरे । भारत सरकारको नेरु तीन करोड ८६ लाख अनुदान सहयोगमा निर्मित यस तीनतले […]

तीन स्थानीय तहमा बाल विकास कार्यक्रम

सुर्खेत, १२ असोज । कर्णाली प्रदेशका तीन स्थानीय तहमा पोषण तथा बाल विकास कार्यक्रम लागू हुने भएको छ । पोषण तथा प्रारम्भिक बाल विकाससम्बन्धी रणनीति कार्ययोजना र बजेट तयार गर्न सहजीकरण गर्ने उद्देश्यले मुगुको मुगुमकार्मारोङ गाउँपालिका, दैलेखको भैरवी गाउँपालिका र सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा कार्यक्रम लागू हुने भएको हो । विश्व बैङ्कको सहयोगमा स्थानीय तहसँग मिलेर […]

सिनेटरी प्याड वितरणको व्यवस्थापन स्थानीय तहलाई

काठमाडौँ, ११ असोज । सरकारले देशभरिका स्थानीय तहलाई सरकारको नीति तथा कार्यक्रम अनुसार सबै सामुदायिक विद्यालयका छात्रालाई सिनेटरी प्याड निःशुल्क बाँड्न व्यवस्था मिलाउन निर्देशन दिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई परिपत्र जारी गर्दै सबै सामुदायिक विद्यालयमा अध्ययरत छात्रालाई प्याड निःशुल्क उपलब्ध गराउने सरकारको निर्णय कार्यन्वयन गराउन निर्देशन दिएको मन्त्रालयका […]

संस्कृत भाषा र पूर्वीय दर्शनबाट ५० जना दीक्षित

काठमाडौँ, ११ असोज । पूर्वीय वाङ्मय प्रतिष्ठानबाट एक वर्षमा ५० जना प्रशिक्षार्थी संस्कृत भाषा र पूर्वीय दर्शनबाट आज दीक्षित भएका छन् । गत वर्ष स्थापित प्रतिष्ठानमा अध्ययन गरेका विद्यार्थीलाई आज सत्रान्त प्रमाणपत्र वितरण गर्दै वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले नेपाललाई वाङ्मय एवं कला, साहित्य, संस्कृतिबाट उच्च र समृद्ध बनाउन आह्वान गरे । प्रतिष्ठानले संस्कृत भाषा, […]

एमबिबिएस र बिडिएस तहको प्रवेश परीक्षा नतिजामा लापरबाहीः २५० जनाको नतिजा परिवर्तन

काठमाडौँ, ११ असोज । काठमाडौँ विश्वविद्यालयले चिकित्सा शिक्षाअन्तर्गत एमबिबिएस र बिडिएस तहको प्रवेश परीक्षा पुनः प्रकाशित गरेको छ । असोज ६ गते प्रकाशित नतिजामा प्राविधिक त्रुटि भएको जनाउँदै विश्वविद्यालयले त्रुटिलाई सच्याउँदै आज पुनः परीक्षाफल प्रकाशित गरेको हो । पहिलो नजिताबाट २५० विद्यार्थीको नतिजामा परिवर्तन देखिएको छ । विश्वविद्यालयका स्कुल अफ मेडिकल साइसेन्सका डीन प्रा रोजेन्द्र […]

कक्षा १२ पूरक परीक्षाको परीक्षाफल प्रकाशित

भक्तपुरको सानोठिमीस्थित राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि (पूरक)परीक्षाको परीक्षाफल प्रकाशन गरेको छ । शुक्रवार परीक्षाफल प्रकाशन गरिएको हो । भदौ २२ र २३ मा संचालित उक्त परीक्षामा ९६ हजार २ सय ३४ परीक्षार्थी सामेल भएका थिए । बोर्डले प्रकाशित परीक्षाफलमा चित्त नबुझे असोज मसान्त भित्र पुनर्योगका लागि निवेदन दिन सक्ने बताएको छ […]