साफ च्याम्पियनसिपको उपाधि भारतलाई, नेपाल पराजित

काठमाडौँ, १४ भदौ । भारतले नेपाललाई पराजित गर्दै पाँचौँ संस्करणको साफ यू–१५ (पन्ध्र वर्षमुनि) च्याम्पियनसिपको उपाधि हात पारेको छ । भारतको कोलकातास्थित कल्याणी रङ्गशालामा आज भएको फाइनल खेलमा भारतले नेपाललाई ७–० गोलअन्तरले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो । यू–१५ मा नेपालले अहिलेसम्म च्याम्पियन हुनसकेको छैन । त्यस्तै यससँगै तेस्रोपटक फाइनल पुगेको नेपाललाई उपाधि जित्न […]

छ करोड लगानीमा पोखरामा ‘स्पोर्टस क्यासल’

कास्की, १४ भदौ । पोखरा महानगरपालिका–४ रामकृष्णटोलमा साढे छ रोपनी क्षेत्रफलमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको फुटसल मैदान तथा व्यायामशाला सहितको ‘स्पोर्टस क्यासल’ सञ्चालनमा आएको छ । पूर्वराष्ट्रिय फुटबल खेलाडी ईश्वर गुरुङलगायत छ जना खेल क्षेत्रमा सङ्लग्न युवाको समूहले सञ्चालनमा ल्याएको सो स्पोर्टस क्यासलको आज गण्डकी प्रदेशका कार्यवाहक मुख्यमन्त्री एवं आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले शुभारम्भ […]

ब्याटिंग नचल्दा युवा टिम पराजित : यु-१९ टिम अभ्यास भ्रमण श्रीलंका

सेप्टेम्बर ५ देखि सुरु हुने अन्डर-१९ एसिया कपको तयारीको लागि श्रीलंकामा रहेको नेपाली अन्डर-१९ क्रिकेट टिमले तेश्रो अभ्यास खेलमा हार बेहोरेको छ। अभ्यास भ्रमण अन्तर्गत नेपाली युवा टिमले पहिलो खेलमा सिन्हालिज स्पोर्ट्स क्लबसंग ३ विकेटको हार बेहोरेको थियो भने दोश्रो अभ्यास खेलमा बदुरलिया क्रिकेट क्लबलाई ८० रनले पराजित गरेको थियो। तेश्रो खेलमा टस जितेर नेपालले […]

विश्वकप छनोट खेल्ने नेपाली टोलीको बिदाइ

काठमाडौँ, १३ भदौ । फिफा विश्वकप छनोटको दोस्रो चरणको छनोटअन्तर्गत कुवेतसँगको खेल खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टोलीलाई आज बिदाइ गरिएको छ । कुवेतसँगको खेल खेल्न जाने नेपाली टोलीलाई अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०का अध्यक्ष कर्माछिरिङ शेर्पा, राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्यसचिव रमेश सिलवाललगायतले सफलताको शुभकामना दिँदै बिदाइ गरे । नेपाली टोली आइतबार कुवेत प्रस्थान […]

सुदूरपश्चिम प्रदेशमा खेल संरचना बन्दै

भीमदत्तनगर, १३ भदौ । चालू आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशका पाँच जिल्लामा सात करोडको लागतमा खेल संरचना बन्ने भएका छन् । राष्ट्रिय खेलकूद परिषद्ले यहाँको कञ्चनपुर, कैलाली, डोटी, दार्चुला र बाजुराका लागि खेल संरचना निर्माण गर्न चालू आर्थिक वर्षमा बजेट विनियोजन गरेको सुदूरपश्चिम क्षेत्रीय खेलकूद विकास समितिका कार्यालय प्रमुख प्रेम मल्लले जानकारी दिए । उनका अनुसार […]

विश्वकप छनोट खेल्ने नेपाली टोलीको बिदाइ

काठमाडौँ, १३ भदौ । फिफा विश्वकप छनोटको दोस्रो चरणको छनोटअन्तर्गत कुवेतसँगको खेल खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टोलीलाई आज बिदाइ गरिएको छ । कुवेतसँगको खेल खेल्न जाने नेपाली टोलीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा, राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्यसचिव रमेश सिलवाललगायतले सफलताको शुभकामना दिँदै बिदाइ गरे । नेपाली टोली आइतबार कुवेत प्रस्थान […]

रोनाल्डोभन्दा ३ गुणा बढी अंक ल्याएर मेस्सी भए युरोपका उत्कृष्ट फरवार्ड

काठमाडौं । विश्व फुटबलमा अर्जेन्टिनाका लियोनल मेस्सी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डो यस समयका सबैभन्दा बढी चर्चित खेलाडी हुन् । मैदानमा उनीहरुको प्रदर्शनले फुटबलप्रतिको आकर्षण अझै बढाइदिएको छ । विश्व फुटबलमा उनीहरुबीच को राम्रो खेलाडी भन्नेबारे ठूलो चर्चा हुने गरेको छ । केही समय अघि स्पेनकै रियल म्याड्रिड फुटबल क्लबमा आवद्ध रहेका क्रिस्टियानो रोनाल्डो अहिले इटालीको […]

नेपालले भुटानको पोस्टमा गर्यो आधादर्जन गोलको वर्षा

काठमाडौं, १२ भदौ । नेपाली युवा फुटबल टोलीले अन्तराष्ट्रिय प्रतियोगितामा राम्रो सम्भावना देखाएको छ । दक्षिण एशियाली फुटबल प्रतियोगितामा नेपाली युवा टोलीले गोलको बर्षा लगाएको छ । नेपाली यू–१५ फुटबल टोलीले भुटानलाई गोलको वर्षा लगाएको हो । भुटानको पोस्टमा आधा दर्जन गोल गर्दै नेपाल साफ यू–१५ फुटबल च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ । भारतमा जारी […]

साफ च्याम्पियनसिपको फाइनल नजिक नेपाल

काठमाडौँ, १२ भदौ । भारतमा जारी पाँचौँ संस्करणको साफ यू–१५ ९पन्ध्र वर्षमुनि च्याम्पियनसिप फुटबलमा भूटानलाई पराजित गर्दै नेपाल फाइनल नजिक पुगेको छ ।भारतको कोलकत्तास्थित कल्याणी रङ्गशालामा आज भएको राउन्ड रोविन लिगको अन्तिम खेलमा नेपालले भूटानलाई ६–० गोलअन्तरले पराजित गर्दै फाइनल नजिक पुगेको हो । त्यस्तै राउन्ड रोविनको अन्तिम खेल भारत र बङ्गलादेशबीच आजै हुँदैछ । […]

सागका लागि क्रिकेट खेलाडी छनोट

काठमाडौँ, १२ भदौ । आगामी मङ्सिरमा नेपालमा नै आयोजना हुने १३औँ दक्षिण एसियाली खेलकूद ९साग० का लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको प्रारम्भिक चरणमा ३५ खेलाडी छनोट भएका छन् । मुख्य प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्काको छनोट समितिले प्रारम्भिक चरणमा ३५ खेलाडीको नाम आज सार्वजनिक गरेको हो । नेपाली टोलीको बन्द प्रशिक्षण भने […]