विदेशबाट उद्धार गरिएकालाई राख्ने भनिएका होटेल क्वारेन्टाइन सबै काठमाडौ बाहिर

काठमाडौँ । सरकारले विभिन्न देशमा अलपत्र परेका नेपालीहरुलाई शुक्रबारदेखि स्वदेश फर्काउँदै छ। त्यसरी अाउनेमध्ये २ किसिमका क्वारेन्टाइनमा राख्न सकिने सरकारले तयारी गरेकाे छ । सरकारले विदेशबाट उद्धार गरेर ल्याइएकाहरुलाइ राख्न विभिन्न ठाउँमा क्वारेन्टाइनकाे तयारी पनि गरेकाे छ भने यदि कसैले ती क्वारेन्टाइनमा नबसेर हाेटल क्वारेन्टाइनमा बस्न चाहेमा त्यसकाे तयारी पनि गरिएकाे छ । तर, हाेटल […]

भारतबाट आएकी एक महिलाको गाउँको क्वारेन्टिनमा मृत्यु

कैलाली, २१ जेठ । क्वारेन्टिनमा एक महिलाको मृृत्यु भएको छ । डडेल्धुराको गन्यापधुरा गाउँपालिका वार्ड नं १ असिग्राम आधारभूत विद्यालय रौनाकोटमा रहेकाे क्वारेन्टिनमा रहेकी ३० वर्षीया महिलाको मृत्यु भएको हाे । भारतबाट ४ दिन पहिले आएर उक्त क्वारेन्टिनमा रहेकी महिलाकाे मृत्यु भएकाे डडेल्धुरा प्रहरीले जनाएकाे छ । मृतक महिला ४ दिन अघि मात्र अाफ्ना श्रीमानसँगै […]

यसवर्ष समयमै मनसुन सुरु हुने अनुमान, फेरि अर्को चक्रबातको सम्भावना

काठमाडौं । यसवर्ष नेपालमा समयमै मनुसन सुरु हुने माैसमविदहरुले अनुमान गरेका छन् । अहिले दक्षिण-पूर्वी अरब सागरमा रहेको न्युन चापीय प्रणाली उत्तर तर्फ सर्दै गरेको र त्यसको प्रभावले नेपालमा जेठ २२ गतेदेखि २४ गतेसम्म वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपात हुनेसक्ने बताइएकाे छ । यसअघि बंगालको खाडीमा विकसित अम्पुन चक्रवातको कारण नेपालमा मनसुन कम्तिमा एक […]

लकडाउनको समय १२ दिन थप, सेना परिचालन गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं, १७ जेठ । काेराेनाकाे संक्रमण नराेकिएकाे भन्दै सरकारले लकडाउनकाे समय अझै थप गरेकाे छ । शनिवार बसेकाे मन्त्रिपरिषदकाे बैठकले थप १२ दिन लकडाउन थपेर लकडाउनलाई ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको हाे । मन्त्रिपरिषदले लकडाउनकाे माेडालिटीमा केही परिवर्तन हुन सक्ने बताएकाे छ । त्यसका लागि कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिमा छलफल गरी मन्त्रिपरिषद्लाई सिफारिस गर्न […]

सवारी पास छ भन्दैमा जथाभाबी नहाकाैं, राडार गनले समात्ला

        काठमाडौँ, १६ जेठ ।  लकडाउनको समयमा सवारी पास लिएका सवारी साधनामाथि ट्राफिक प्रहरीले सडकमा निगरानी बढाएको छ । लकडाउनले सडकमा सवारी साधन निकै कम संचालन भएर तीब्र गतिमा सवारी चलाउने गरिएको र त्यसबाट सम्भावित दुर्घटनालाइ रोक्न भन्दै ट्राफिक प्रहरी महाशाखाले निगरानी बढाएकाे हाे । तीब्र गतिमा चलाइएका सवारीकाे गति कति छ […]

ललितपुरमा कोरोना संक्रमण भइ एक जनाको मृत्यु

काठमाडौं, १४ जेठ । राजधानीमा पनि काेराेना संक्रमण भइ एक जनाकाे मृत्यु भएकाे छ । ललितपुरकाे ग्वार्काेमा रहेकाे किस्ट अस्पतालमा ती काेराेना संक्रमितकाे मृत्यु भएकाे हाे । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । मृत्यु हुने व्यक्ति ललितपुर महानगरपालिका-२२ भरु भएका ५७ वर्षीय पुरुष हुन । उनको बुधबार साँझ किष्ट अस्पतालमा कोरोना […]

क्वारेन्टाइनस्थलमा पुगेका डाक्टरहरुबीच एकाएक कुटाकुट

काठमाडौं, १३ जेठ । विरगञ्जका दुइ अस्पतालमा कार्यरत डाक्टरहरुबीच कुटाकुट भएकाे छ । नारायणी उपक्षेत्रीय अस्पतालमा र नेशनल मेडिकल कलेजमा कार्यरत डाक्टरहरुबीच अरु कारणले नभइ सामाजिक सञ्जालका कारण कुटाकुट भएकाे हाे । सामाजिक सञ्जालमा लेखेको स्टाटस र म्यासेजको विषयलाई लिएर दुइ डाक्टरहरुबीच विवाद भएकाे र विवाद बढ्दै गएपछि दुबैले अाअाफ्ना समूह बनाएर कुटाकुटमा उत्रेकाे बुझिएकाे […]

नेपालमा कोरोना संक्रमितको संख्या पुग्यो २७८

काठमाडौं, ३ जेठ । नेपालमा काेराेना संक्रमितकाे संख्या २७८ पुगेकाे छ । शनिबार दिउँसो थप दुई जनामा कोरोना संक्रमण भेटिएसँगै कूल संख्या २७८ पुगेकाे हाे ।  शनिवार २६ वर्ष र ५२ वर्षका २ पुरुषमा काेराेनाकाे संक्रमण भेटिएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे थियाे । हाल महोत्तरीमा रहेका उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार मात्र ११ जना कोरोना […]

सरकारको नपुसकताका कारण नेपालमा भारतको हस्तक्षेप निरन्तर गर्दै गएको विद्रोही नेकपाको आरोप

काठमाडौँ । बिद्रोही नेपाल कम्युनिस्ट पार्टीले नेपालली भूमि लिपुलेकमाथि भारतीय हस्तक्षेप नेपाल सरकारकाे नपुसकताका कारण भएकाे बताएकाे छ । नेकपा सचिवालय सदस्य एवम् अन्तर्राष्ट्रिय ब्युरो इन्चार्ज कञ्चनले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाली भूमि मिचेर भारतले बाटो बनाउन खोज्दा, नेपालको भूभाग भारतीय नक्सामा सामेल गर्दा र नेपालका सीमाहरू मिचिँदा पनि संसदवादी सत्ता मूकदर्शक देखिएकाे […]