सेयर बजारमा इतिहासकै नयाँ रेकर्ड

Share Market

काठमाडौँ, १२ फागुन । नेपालको सेयर बजार इतिहासमै नयाँ रेकर्ड कायम गर्दै आइतबार साढे तीन अर्ब रुपियाँभन्दा बढीको कारोबार भएको छ । पछिल्ला दिनमा कारोबारमा नयाँ रेकर्ड कायम गरिरहेको सेयर बजारले साताको पहिलो दिन साढे तीन अर्ब रुपियाँभन्दा बढीको कारोबार भएर पछिल्लो नयाँ रेकर्ड कायम गरेको हो । आइतबार १७८ कम्पनीका ८७ लाख ६९ हजार ५२२ कित्ता सेयरको […]

सुनको मूल्यले फेरि राख्यो नयाँ रेकर्ड, ८० हजारसम्म पुग्ने अनुमान

काठमाडौं, ११ फागुन । आज साताको पहिलो दिन बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च मूल्यमा कारेबार भइरहेको छ । शुक्रबार प्रति तोला ७८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज तोलामा सात सय रुपैयाँ बढेर अहिलेसम्मकै उच्च अर्थात् तोलाको ७८ हजार ८ सय रुपैयाँ पुगेको छ । साथै, तेजावी सुनको मूल्य पनि बढेसँगै […]

धितोपत्र बजार : ३० अंकको वृद्धि

  काठमाडौं, ८ फागुन । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज उच्च अंकले वृद्धि भएको छ ।लगातार उकालो लागिरहेको बजारले आज झण्डै ३० अङ्कले वृद्धि भई नयाँ उचाइ कायम गरेको हो । नेपाल स्कटक एक्स्चेन्जका अनुसार २९.३२ अङ्कले बढेर एक हजार ४३४.५७ मा पुगेको छ । नेप्सेको वृद्धि प्रतिशतका आधारमा २.०९ हो । यस्तै […]

सुनको मूल्यमा अहिले सम्मकै नयाँ रेर्कड

काठमाडौँ, ८ फागुन । सुनको भाउ बढेर नयाँ उचाइमा पुगेको छ । नेपाली बजारमा सुनको मूल्यले बिहीबार नयाँ कीर्तिमान मनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा ७७ हजार ६०० रुपैयाँ पुगेको हो । यसअघि बुधबार सुन तोलामा ७७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलामा […]

बजेट कार्यान्वयन गर्न कर्मचारी अभाव

काठमाडौँ, ८ फागुन । सरकारले विकासका लागि बजेट स्थानीय तहमा पठाए पनि बजेट कार्यान्वयन गर्ने कर्मचारी भने सङ्घमा केन्द्रित भएका छन् । कर्मचारी समायोजनका क्रममा अधिकांश कर्मचारीको रोजाइ सङ्घीय कार्यालय हुँदा स्थानीय तहमा गएको बजेट कार्यान्वयन गर्ने जनशक्ति अभाव भएको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार सङ्घमा ४० हजार ७६९, सात प्रदेशमा १४ हजार ६५९ […]

एक लाख घुस सहित इन्जिनियर पक्राउ

बैतडी, ७ फाल्गुन । बैतडीमा एक लाख रुपैयाँ घुससहित एकजना इन्जिनियर पक्राउ परेका छन् । जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय पाटन बैतडीका निमित्त कार्यालय प्रमुखसमेत रहेका इन्जिनियर सुरेशराज भट्ट घुससहित बुधबार पक्राउ परेका हुन्। बुधबार बिहानै उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । चमेलिया नदी नियन्त्रण तथा तटबन्ध आयोजना उपभोक्ता समितिबाट […]

कोरोनाभाइरसका कारण आईफोन आपूर्ति प्रभावित हुने चिन्ता

अमेरिकामा मुख्यालय भएको एपल कम्पनीले चीनमा फैलिएको कोरोनाभाइरस प्रकोपका कारण आफ्नो पूर्वानुमानित आय घट्न सक्ने जनाएको छ । उक्त प्रविधि कम्पनीले चीनमा उत्पन्न परिस्थितिका कारण आफ्ना सामग्रीको उत्पादन तथा विक्री प्रभावित भएको र विश्वभरि आईफोन आपूर्ति अस्थायी रूपमा अवरुद्धू हुने बताएको छ। कोरोनाभाइरस महामारीका कारण आफ्नो अर्थव्यवस्थामा असर पुगेको बताउने एपल पहिलो महत्त्वपूर्ण अमेरिकी कम्पनी […]

घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

काठमाडौँ, ६ फागुन । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटाएको छ । आज राती १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजल र मट्टीतेलको मुल्य प्रतिलिटर २ रुपैयाँका दरले घटेको जानकारी दिएको छ । घटेको मुल्यसूची अनुसार अब काठमाडौ उपत्यकामा पेट्रोलको मुल्य प्रतिलिटर १०८ रुपैयाँ पर्नेछ । यसअघि प्रतिलिटर ११० रुपैयाँ थियो । त्यस्तै […]

सुनको भाउको नयाँ रेर्कड

काठमाडौं, ६ फागुन । सुनको भाउ बढेर नयाँ उचाइमा पुगेको छ । यसअघि सबैभन्दा उच्च बिन्दु तोलाको ७६ हजार ५०० सम्म पुगेको सुनको भाउ नयाँ उचाइमा पुगेको हो । मंगलबार आज छापावाला सुनको भाउ तोलामा २०० रुपैयाँले बढेर ७६ हजार ७०० रुपैयाँ पुगेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ । जबकि सोमबार ७६ हजार ५०० […]

घुससहित सव इञ्जिनियर पक्राउ

भोजपुर, ६ फागुन । भोजपुरमा घुससहित सव इञ्जिनियर पक्राउ परेका छन् । आमचोक गाउँपालिकामा कार्यरत करारका असिस्टेन्ट सवइञ्जिनीयर विष्णुकुमार राईलाई सेवाग्राहीबाट रु पाँच हजार घुस लिँदै गर्दा सोमबर अख्तियारको टोलीले रङ्गेहात पक्राउ गरेको हो । राईले गाउँपालिकामा सञ्चालनमा रहेको हायुखोला खानेपानी आयोजनाको बिल फरफारक गरिदिने भन्दै घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले जनाएको […]