साफ च्याम्पियनसिपको फाइनलमा बङ्गलादेश

काठमाडौँ, १० असोज । नेपालमा जारी तेस्रो संस्करणको दक्षिण एशियाली खेलकूद साफ यु–१८ फुटबल प्रतियोगिताअन्तर्गत अन्तिम चारणको प्रतिस्पर्धामा बङ्गलादेश पुगेको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बल एपिएफ को मैदानमा आज भएको पहिलो सेमिफाइनलमा बङ्गलादेशले भूटानलाई ४–० गोलअन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो । खेलको दोस्रो मिनेटमा नै बङ्गलादेशले अग्रता लियो । बङ्गलादेशका कप्तान यासिन अराफातले […]

आइसिसी वरियतामा पारस, सोमपाल र वसन्त

काठमाडौँ, ९ असोज । अन्तरराष्ट्रिय क्रिकेट परिषद् आइसिसीले सार्वजनिक गरेको टी ट्वान्टी क्रिकेटको नयाँ वरियतामा नेपालका कप्तान पारस खड्का २७ औँ स्थानमा छन् ।आइसिसीले आज सार्वजनिक गरेको नयाँ वरियतामा कप्तान खड्कासँगै वसन्त रेग्मी र सोमपाल कामी पनि परेका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रहेका उनी अलराउन्डरतर्फ २७ औँ स्थानमा यथावत् रहेका हुन् । […]

टेनिसमा कमल थापालाई दोहोरो उपाधि

कास्की, ८ असोज । नेपालका भेट्रान राष्ट्रिय टेनिस खेलाडी कमल थापाले ‘एनआइसी एशिया बैंक नेपाल आइटिएफ विश्व बरियता सिनियर्स ग्रेड ४’ टेनिस च्याम्पियनसीपमा दोहोरो उपाधि जित्नु भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएका थापाले पोखरा रङ्गशालाको टेनिस कोर्टमा आज भएको ५५ वर्ष माथिको उमेर समूहको प्रतिस्पर्धामा भारतका सञ्जय कुमारलाई ६–४ र […]

न्यून दृष्टियुक्त क्रिकेट खेलाडीको पीडा : दिनमा क्याम्पस, राति होटलमा मजदूरी

भीमदत्तनगर, ५ असोज । न्यून दृष्टियुक्त क्रिकेट खेलाडी नरेन्द्र विष्ट गरीबी र कष्टकर दैनिकीबीच अध्ययन र खेलकूदलाई निरन्तरता दिँदै आएका छन् । बैतडीको सुर्नया गाउँपालिका–२ ग्वानीका १८ वर्षीय यतिबेला कञ्चनपुरको भीमदत्तनगरस्थित कभर्ड हलमा क्रिकेट सिकिरहेका छन् । विष्टसँगै सुदूरपश्चिम प्रदेशका ३१ महिला तथा पुरुष क्रिकेट खेलाडी अभ्यासमा जुटेका छन् । कैलालीको धनगढीस्थित ‘कैलाली बहुमुखी क्याम्पस’मा […]

नेपालले श्रीलङ्कासँग खेल्ने

काठमाडौँ, ५ असोज । जोर्डनमा जारी एएफसी यु–१६ च्याम्पियनसिप छनोटको चौथो तथा अन्तिम खेलमा नेपालले आज श्रीलङ्कासँग खेल्दैछ । जोर्डनको प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रङ्गशालामा नेपाल श्रीलङ्कासँग भिड्ने छ । श्रीलङ्का विरुद्ध मैदानमा उत्रदा नेपाल पहिलो जितको खोजीमा हुनेछ । नेपालले यसअघि खेलेका तीन खेलमध्ये एउटामा बराबरी र दुई खेलमा पराजय भोगेको थियो । नेपाल जोर्डनसँग […]

प्रथम अन्तर्राष्ट्रिय भेट्रान कप शुरु

चितवन, ४ असोज । प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेट्रान कप फुटबल प्रतियोगिता आजबाट शुरु भएको छ । प्रतियोगिताको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गरिन् । सो अवसरमा उनले खेल क्षेत्रको विकास गर्न महानगरपालिका लागि परेको बताईन् । उनले भनिन्, “महानगरका हरेक वडामा खेल मैदान निर्माण गर्ने प्रक्रियामा हामी रहेका छौँ । यसले खेल क्षेत्रको […]

फुटबलमा राष्ट्रसेवक टोली विजयी

सुर्खेत, २ असोज । चौथो संविधान दिवसको अवसरमा आयोजित मैत्रीपूर्ण फुटबल प्रतियोगितामा राष्ट्रसेवक टोली विजयी भएको छ ।आज दिउँसो ३ः०० बजे एसओएस सुर्खेतको मैदानमा सञ्चालन भएको जनप्रतिनिधि र राष्ट्रसेवकबीचको खेलमा राष्ट्रसेवक टोली विजयी भएको हो । जनप्रतिनिधिहरुको नेतृत्व गर्नुभएका कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेतृत्वको टोलीलाई राष्ट्रसेवकहरुको नेतृत्व गरेका प्रदेश सरकारका प्रमुख सचिव केवलप्रसाद […]

विश्वकप फुटबल २०२२: कतारलाई श्रम शोषणको ‘लाज ढाक्न’ एमनेस्टीको आग्रह

तस्वीर  अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था एमनेस्टी इन्टरन्याशनलले कतारमा कामदारहरूमाथि निरन्तर रूपमा गलत व्यवहार जारी राखिएको जनाएको छ। सन् २०२२ को विश्वकप फुटबल आयोजक कतारले प्रतियोगिताअघि कामदारहरूको अधिकारमा सुधार गरिने प्रतिबद्धता जनाएको थियो। एमनेस्टीले आफ्नो एउटा नयाँ प्रतिवेदनमा कतारमा सयौँ कामदारहरूले बिना तलब काम गरिरहेको जनाएको छ। कामदारहरूको हितका लागि सघाउन भनेर स्थापना गरिएको नयाँ संयन्त्रले […]

सिङ्गापुरमा हुने टी ट्वान्टी क्रिकेटका लागि नेपाली खेलाडी छनोट

काठमाडौँ, २ असोज । सिङ्गापुरमा आयोजना हुने तीन राष्ट्रबीचको त्रिकोणात्मक टी–ट्वान्टी र ओमानमा हुने टी ट्वेन्टी सिरिजका लागि आज नेपालले १५ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ । आइसिसीका प्रतिनिधि अमिनुल इस्लाम, प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्का सम्मिलित टोलीले पारस खड्काको कप्तानीमा १५ सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको नाम सार्वजनिक गरेको हो […]

फिफा वरियतामा नेपालको सुधार

काठमाडौँ, २ असोज । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) वरियतामा नेपालले पाँच स्थान सुधार गरेको छ । फिफाले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले पाँच स्थान सुधार गर्दै १६१औँ स्थानमा उक्लिएको हो । यसअघि नेपाल १६६औँ स्थानमा रहेको थियो । दक्षिण एशियाको वरियतामा भने नेपाल तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा माथि रहेको भारत १०४औँ […]