खेवाङ गोलकपको उपाधि लालिगुराँसलाई

ताप्लेजुङ, २१ असोज । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–७ खेवाङमा आयोजित खेवाङ गोलकपको उपाधि लालिगुराँस स्पोर्टिङ क्लब सुरुम्खीमले हात पारेको छ । बडादशैँ तथा शुभ दीपावलीको अवसरमा आयोजित प्रतियोगितामा नालिफुङ्वा स्पोर्टिङ क्लब पेदाङलाई १–० गोल अन्तरले पराजित गर्दै लागिलुराँस स्पोर्टिङ क्लब सुरुम्खीमले उपाधि हात पारेको हो । लालिगुराँसको जीतका लागि अर्जुन लिम्बूले गरेको गोल नै पर्याप्त बन्यो […]

बिनोद र करनको करियरकै उत्कृस्ट प्रदर्शन, हंगकंग ४ विकेटले पराजित

ओमानमा जारि ५ देश सम्मिलित टि-२० सिरिज अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा हंगकंगलाई ४ विकेटले पराजित गरेको छ। खेलमा टस हारेर पहिले ब्याटिंग गर्दै हंगकंगले दिएको १२६ रनको लक्ष्य नेपालले १९ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो। प्रतियोगिता अन्तर्गत नेपालले दोश्रो खेल सोमबार नेदरल्याण्ड बिरुद्ध खेल्नेछ। लक्ष्य पछ्याउने क्रममा नेपालको सुरुवात खराब रहेको थियो। कप्तान […]

ओमानमा ५ देश सम्मिलित टि-२० सुरु, नेपालको पहिलो खेल हंगकंगसंग ( सम्पूर्ण जानकारी )

जिम्बाब्वे र सिंगापुरसंग त्रिकोणात्मक सिरिज खेलेपछि नेपाली राष्ट्रिय क्रिकेट टिमले ओमानमा ५ देश सम्मिलित टि-२० सिरिज खेल्दैछ। आज सुरु भएको प्रतियोगिता अक्टोबर ११ सम्म संचालन हुनेछ। १८ अक्टोबर देखि युएईमा सुरु हुने टि-२० विश्वकप छनौट प्रतियोगिताको तयारीको लागि ओमानले यो सिरिजको आयोजना गरेको हो। सिरिजमा आयोजक ओमान र नेपाल सहित, हंगकंग, नेदरल्याण्ड र आयरल्याण्ड पनि […]

‘मौलाकालिका शान्ति दौड’ को उपाधि राईलाई

भरतपुर, १९ असोज । ‘२०औँ नारायणगढ लायन्स लियो खुला मौलाकालिका शान्ति दौड’ प्रतियोगिताको उपाधि गजेन्द्र राईले जितेका छन् । चितवनको नारायणगढस्थित लायन्सचोकदेखि नवलपुरको गैँडाकोटस्थित मौलाकालिका मन्दिरसम्मको दूरी २५.४० मिनेटमा पार गर्दै सिरहाका गजेन्द्र राईले उपाधि जितेका हुन् । नारायणगढ लायन्स क्लब र लियो क्लब अफ नारायणगढको आयोजनामा भएको प्रतियोगितामा उनले नगद १५ हजार र प्रमाणपत्र […]

चन्दा मागेर अन्तरराष्ट्रिय खेलमा सहभागी हुँदै मङ्गलराज

सिञ्जा, १७ असोज । गोठीचौर गाउँपालिकाका मङ्गलराज कामीले सल्यानमा तेक्वान्दो महासङ्घले आयोजना गरेको खेलमा स्वर्ण जिते । उनी आगामी कात्तिक ६ देखि १२ सम्म थाइल्याण्डमा हुने नवौँ डिरक तेक्वान्दो आन्तरराष्ट्रिय प्रतियोगिता २०१९ मा छनोट भए । तर जानको लागि पैसा थिएन, यसै त दुर्गमको बसाइँ दलित र विपन्न परिवारका मङ्गलराज कसरी जाने चिन्तामा थिए । […]

धनगढी प्रिमियर लिग क्रिकेट फागुनमा

काठमाडौँ, १६ असोज । सर्वाधिक पुरस्कार राशि भएको धनगढी प्रिमियर लिग डिपिएल को चौथो संस्करण आगामी फागुनमा आयोजना हुने भएको छ । धनगढी क्रिकेट एकेडेमीको आयोजना तथा राष्ट्रिय खेलकूद परिषद् राखेप र नेपाल क्रिकेट सङ्घको समन्वयमा हुने उक्त प्रतियोगिता आगामी फागुन ३ देखि १५ गतेसम्म संचालन हुने आयोजकका अध्यक्ष सुवास शाहीले जानकारी दिए । विभिन्न […]

साग कुस्तीः महिलातर्फ सुदूरपश्चिमको वर्चश्व

भीमदत्तनगर, १६ असोज । प्रतिभा देखाउने अवसर र वातावरण मिले थोरै समयमा सफलतातिर महिला पनि लम्किन सक्छन् भन्ने उदाहरण सुदूरपश्चिमका चेलीहरु बनेका छन् । खेलप्रतिको लगाव र रुचिसँगै कडा परिश्रमकै कारण कञ्चनपुरका महिला कुस्ती खेलाडी मुलुककै अब्बल खेलाडीका रुपमा उदाउँदै आगामी दक्षिण एशियाली खेलकूद प्रतियोगिता साग मा प्रतिनिधित्व गर्दैछन् । आगामी मङ्सिरमा नेपालमा हुने १३ […]

लिगलिगे दौड जिते चौथो पटक अनिषले जित्न सफल

गोरखा, १६ असोज । दशौँ लिगलिगे दौड प्रतियोगिता ‘२०७६’ को उपाधि जित्दै पर्वतका अनिष थापामगरले श्रीपेच पहिरिएका छन । गोरखाको पालुङटारमा आज भएको प्रतियोगितामा निर्धारित १३।८ किलोमिटर दूरी ५७ मिनेट ५५ सेकेण्डमा पूरा गर्दै थापामगरले चौथो पटक सो उपाधि जित्न सफल भए । भारतीय सेनामा कार्यरत थापामगर उपाधि जितेसँगै एक दिनका लागि लिगलिगे राजासमेत घोषित […]

विश्व मिलिटरी खेलकूद प्रतियोगिता प्रतिस्पर्धा गर्दै

 काठमाडौँ, १५ असोज । चीनको उहानमा यही कात्तिक १ देखि १० गतेसम्म हुने सातौँ विश्व मिलिटरी खेलकूद प्रतियोगिता सिआइएसएम मा नेपाली सेनाले भाग लिने भएको छ । इन्टरनेशनल मिलिटरी स्पोर्टस् काउन्सिलले प्रत्येक चार वर्षमा आयोजना गर्दै आएको यो प्रतियोगितामा नेपाली सेनाले पहिलोपटक भाग लिन लागेको हो । ओलम्पिकपछिको दोस्रो ठूलो खेलकूद महोत्सवका रुपमा रहने यो […]

भारत–दक्षिण अफ्रिका टेस्ट, रोहित र मयन्कको अर्ध शतक

विशाखापटनम, १५ असोज । भारत र दक्षिण अफ्रिकाबीचको पहिलो टेस्ट क्रिकेट भारतको विशाखापटनममा बुधबार शुरु भएको छ । टस जिती भारतीय कप्तान विराट कोहलीले पहिले व्याटिङ गर्ने निर्णय गरेका छन् । दक्षिण अफ्रिका र भारतबीच तीन वटा टेस्ट खेल हुनेछन् । भारतका लागि एकदिवसीय र टी२० खेलका अनुभवी बिस्फोटक ब्याट्सम्यान रोहित शर्माले यसपटक टेस्टमा पनि […]