पार्टी एकताबारे प्रधानमन्त्री ओलीको नयाँ धारणा !

काठमाडौँ, १९ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच समाजवादउन्मुख अर्थतन्त्रको विकासको लक्ष्यसहित पार्टी एकता हुने बताएका छन् । एमाले केन्द्रीय प्रचार विभागद्वारा स्थापित ‘मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार’ प्रदान गर्न आज साेमबार पार्टीको केन्द्रीय कार्यालय धूम्रबाराहीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री एवं एमालेका अध्यक्ष ओलीले आफ्नो भारत भ्रमणअघि वा पछि […]

मुख्यमन्त्री शाहीले ६४ वर्षका बृद्धमाथि गरे यस्तो घोर अपमान

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भेट्न आएका आफ्नै पार्टीका पाका कार्यकर्तालाई मध्यरात कोठाबाट निकालि दिएका छन् । डोल्पा स्थायी घर भएका लोकबहादुर चलाउनेलाई शाहीले राति साढे १० बजे मलाई भेट्न कहिल्यै नआउनु भन्दै झपारेर निकालेका हुन् । चलाउने २०५१ सालबाटै माओवादी पार्टीमा पूर्णकालिन भएका थिए । लामो समयसम्म जेल जीवन हुँदै पार्टीमा क्रियासिल लोकबहादुर माओवादी […]

त्रिवि उपकुलपति खनियालाई क्रान्तिकारीको ५ बुँदे ज्ञापन, यस्ता मागहरु

काठमाडौं,१८ चैत । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) ले ५ बुँदे माग राख्दै त्रिभुवन विश्वविद्यालय उपकुलपति तिर्थराज खनियालाई ज्ञापन पत्र बुझाएको छ । आइतबार क्रान्तिकारीका केन्द्रीय सदस्य द्वय कलम बडुवाल र प्रकाश अधिकारीकाे नेतृत्वमा गएकाे टाेलीले उपकुलपति खनियालाई भेटेर ज्ञापन पत्र बुझाएको हो । बर्षेनी निजी सिक्षण संस्थाहरुले गरिरहेकाे शुल्क वृद्धिका कारण आम जनताहरु मारमा परिरहेको भन्दै […]

कांग्रेस केन्द्रीय समिति बैठक अनिश्चितकालसम्म स्थगित

काठमाडौं, १८ चैत । निर्वाचन समीक्षा गर्न भन्दै यही चैत ९ गतेबाट जारी नेपाली कांग्रेस केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित हुने भएको छ  । कांग्रेस नेता खुमबहादुर खड्काको निधनको शोकमा केन्द्रीय समिति बैठक अनिश्चितकालका स्थगित हुन लागेको हाे । आइतबार बिहान ११ बजे बस्ने बैठकमा खड्काको निधनमा शोक प्रस्ताव मात्र पारित हुनेछ र अर्को सूचना जारी […]

अमेरिकालार्इ रुसको कडा जवाफ, ६० कुटनीतिज्ञ रुसबाट निकालिए, कन्सुलर कार्यालय बन्द

एजेन्सी । अमेरिकाले अाफ्ना कुटनीतज्ञलार्इ देश निकाला गरेकाे केही समय नबित्दै रुसले पनि ६० कुटनीतिज्ञलार्इ देश निकाला गर्ने निर्णय गरेकाे छ । अमेरिकाका ६० कूटनीतिकलाई देश निकाला गर्ने निर्णय गर्दै रुसले अमेरिकाे कार्यकाे जवाफ दिएकाे हाे । रुसले सेन्ट पिटर्सबर्गमा रहेको अमेरिकी कन्सुलर कार्यालय पनि बन्द गर्ने फैसला गरेको छ। ती कूटनीतिक कर्मचारीलाई रुस छाड्न […]

गोली लागेर मृत्यु भएकी सुजातालार्इ जब चट्याङ लागेर मृत्यु भएको भनियो

ललितपुर, १७ चैत । गोली लागेर मृत्यु भएपछि घटना ढाकछेप गर्ने प्रयास गरिएको छ । बागमती गाउँपालिका वडा नम्बर ५ इकुडोलकी ३१ वर्षीया सुजाता तामाङको गोली लागेर मृत्यु भएको प्रहरी अनुसन्धानमा खुलेको छ । शुक्रबार साँझ ६ बजे सुजाताको (देवर) श्रीमानको सानीआमाको छोराले भरुवा बन्दुकले हानेपछि सुजाताको ज्यान गएको चापागाउँ प्रहरी वृत्तका डीएसपी रविन्द्र रेग्मीले […]

शेरधन रार्इका विरुद्ध नेकपाको वारेन्ट जारी, १५ दिनभित्र जनअदालतमा उपस्थित हुन आदेश

काठमाडौं, १७ चैत । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईबिरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल कम्युनिस्ट पार्टीले समानान्तर सत्ताको रुपमा गठन गरेको जनपरिषद् मातहतको केन्द्रीय जनअदालत रोल्पाले १५ दिनभित्र राईलाई उपस्थित हुन भन्दै उनकाे घरमा पुर्जी टाँसेको छ । भोजपुर जिल्ला थिदिंखा गा.वि.स. हाल आमचोक गाउँपालिका वडा नं. ३,पसल भञ्ज्याङमा रहेको निवास र […]

स्थानीयवासीले प्रहरी टोलीमाथि गरे आक्रमण, पाँच घाइते

वीरगञ्ज, १७ चैत । पर्सामा नेपाल प्रहरीको टोलीमाथि आक्रमण भएको छ । केहि व्यक्तिहरु डकैती गरेर लुकेर बसेको सूचनाका आधारमा पर्साको सखुवा प्रसौनी गाँउपालिका–५, महुवन पुगेको प्रहरीमाथि स्थानीयले शुक्रबार आक्रमण गरेका हुन् । स्थानीयको आक्रमणमा परी ५ प्रहरी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पर्साले घटनाको पुष्टि गर्दै सञ्जय कुमार जयसवाल, अनिल यादव, राजेशकुमार यादव, […]

राष्ट्रपति भण्डारी बग्गीमा चढेर सम्मेलन केन्द्र जाने, संघीय संसदलाई पहिलो सम्बोधन !

काठमाडौं, १५ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद लाई आज पहिलो सम्बोधन गर्दै छिन् । सांसद भवन नयाँ बानेश्वरमा दिउँसो ४ बजे सुरु हुने प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई राष्ट्रपति भण्डारीले सम्बोधन गर्न लागेकी हुन् । संघीय संसदको पहिलो अधिवेशनमा दुबै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सोहि व्यवस्थाअनुसार राष्ट्रपतिको […]

उत्तरकोरियाली नेता किमको वेइजिङमा भव्य स्वागत, सी जिन पिङसँग उच्च भेटघाट

काठमाडाैं । संसारकै ध्यान खिचिरहेका उत्तरकाेरियाली सर्वाेच्च नेता किम जाेङ उनले पहिलाे पटक चीनकाे भ्रमण गरेका छन् । राष्ट्रपति भएपछि पहिलाे पटक विदेश यात्रा गरेका उनलार्इ चीनमा भव्य स्वागत गरिएकाे अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । चीनले किम जाेङ उनलार्इ गरेकाे स्वागतसँगै उता अमेरिकाले के प्रतिक्रिया दिन्छ भन्ने धेरैले चासाे राखेका छन् ।  उत्तरकाेरियाली नेता उनसँग […]